मधेसमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै - Chaitanya News
  • 2026-06-23
  • 14:47:23
  • मंगलबार,आषाढ ०९, २०८३
  • मधेसमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै

    मधेसमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै

    काठमाडौँ– मधेस प्रदेशमा सभामुख चयनका लागि आज (आइतबार) निर्वाचन हुँदै छ। प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेकामा आज निर्वाचन हुन लागेको हो।

    नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन्। सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेश सभा बैठकमा सभामुख निर्वाचनसम्बन्धि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ।