झापा–३ मा राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी सिफारिस - Chaitanya News
  • 2026-05-07
  • 18:39:53
  • बिहिबार,बैशाख २४, २०८३
  • झापा–३ मा राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी सिफारिस

    झापा–३ मा राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी सिफारिस

    झापा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने भएका छन्।

    पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको आज सम्पन्न बैठकले उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो।

    यसअघि उनी सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए। बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम भने टुंगो लगाएको छैन। पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले यही पुस १२ गतेसम्म झापाका पाँच वटै क्षेत्रीय समितिले जिल्ला समितिसमक्ष उम्मेदवारको नाम सिफारिस गरिसक्ने जानकारी दिए।