वली केन्द्रीय सदस्यमा विजयी - Chaitanya News
  • 2026-05-07
  • 19:25:25
  • बिहिबार,बैशाख २४, २०८३
  • वली केन्द्रीय सदस्यमा विजयी

    वली केन्द्रीय सदस्यमा विजयी

    काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनमा कोमल वली केन्द्रीय सदस्यमा विजयी भएकी छन्।

    आज (बिहीबार) एमालेको सम्पन्न निर्वाचनमा ओली महिला खुला महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

    उनले १७७८ मत प्राप्त गरिन्। एमालेकै कोटाबाट यसअघि राष्ट्रिय सभा सदस्यमा समेत निर्वाचित उनी पार्टीको १०औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य थिइन्।

    गायिका समेत रहेकी उनी राप्रपा हुँदै एमालेमा प्रवेश गरेकी हुन्।