काठमाडौं– नेकपा एमालेको उपाध्यक्ष पदको मतपरिणाम सार्वजनिक भएको छ। जसअनुसार उपाध्यक्षमा सबैभन्दा धेरै मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन्। उनले १७३७ मत प्राप्त गरेका छन्।
उनीपछि विष्णुप्रसाद पौडेलले १६७५ मत प्राप्त गरेका छन् । त्यस्तै रामबहादुर थापा ‘बादल’ले १५१६ मत ल्याउँदा, गोकर्णराज विष्टले १३६८ मत प्राप्त गरे। अहिलेका उपाध्यक्ष समेत रहेका गुरु बराल भने पराजित भएका छन्। उनी पराजित हुँदा रघुजी पन्त भने निर्वाचित भएका छन्। बरालले ११३७ मत ल्याउँदा पन्तले १२५८ मत ल्याएका छन्।
एमालेमा यसपटक विधान संशोधन गरेर ५ जना उपाध्यक्ष कायम गरिएको छ।