एमालेमा गुरुङ र पौडेलले जिते ओलीभन्दा बढी प्रतिनिधिको मन - Chaitanya News
  • 2026-05-07
  • 19:24:44
  • बिहिबार,बैशाख २४, २०८३
  • एमालेमा गुरुङ र पौडेलले जिते ओलीभन्दा बढी प्रतिनिधिको मन

    एमालेमा गुरुङ र पौडेलले जिते ओलीभन्दा बढी प्रतिनिधिको मन

    काठमाडौँ– एमालेको निर्वाचनले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीमा थप वर्चस्वशाली बनाएको छ। अध्यक्षको प्रतिस्पर्धामा उनले आफ्नो प्रतिस्पर्धी ईश्वर पोखरेललाई निकै पछाडि छोडेका छन्।

    ओलीले १६६३ मत ल्याएर विजयी हुँदा पोखरेल ५६४ मतमै रोकिएका छन्। ओलीले पाएको मत दुई तिहाइभन्दा बढी हो । यद्यपि दुईजना नेताले ओलीभन्दा बढी प्रतिनिधिको मन जितेका छन्।

    उपाध्यक्षका उम्मेदवारहरू पृथ्वीसुब्बा गुरुङ र विष्णु पौडेलले ओलीभन्दा ज्यादा मत ल्याएका हुन्। एमाले पदाधिकारी सर्वाधिक लोकप्रिय मत गुरुङलाई मिलेको छ । उनले १७३७ मत प्राप्त गरेका छन्। यस्तै पौडेललाई १६७५ मत खसेको छ।

    अध्यक्ष ओली १६६३ मतसहित लोकप्रिय मतमा तेस्रो स्थानमा रहे। उनीपछि महेश बस्नेत छन्। सचिवका उम्मेदवार बस्नेतले १५३४ मत प्राप्त गरेका छन्।

    त्यसपछि टप टेनमा क्रमशः पद्मकुमारी अर्याल (१५३०), रामबहादुर थापा बादल (१५१६), छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३) लेखराज भट्ट (१४५२) र गोकर्ण विष्ट (१३६८) रहेका छन्।