Chaitanyakhabar
काठमाडौँ – आज बिहीवार) बिहान ११ बजे राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ।
बैठक सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
धनगढीमा ४४औँ हाइमास्ट लाइट सञ्चालनमा
ग्यास, चिनी र मासुमा सरकारको नजर, बजारमा निगरानी कडा
दशैँको रौनक गाउँतिर, २४ घण्टामै ५६ हजारभन्दा बढीले छाडे उपत्यका
पुरानो त्रिवि, नयाँ योजना : सुधार कि घोषणा मात्रै?
धनगढीः धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिका–१२ स्थित शिव तथा हनुमान मन्दिर धाममा ४४औँ हाइमास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ। मन्दिर धाममा जडान गरिएको हाइमास्ट लाइटको वडा नम्बर १२ का अध्यक्ष शेरबहादुर महराले उद्घाटन गरेका हुन्। धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत नगरका विभिन्न स्थानमा हाइमास्ट लाइट जडान गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ।…
काठमाडौँ– दशैँ, तिहार र छठलाई लक्षित गर्दै सरकारले बजार अनुगमन तीव्र पारेको छ। चाडपर्वमा उपभोग्य वस्तुको माग बढ्ने र यही मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्य बढाउने तथा गुणस्तरहीन वस्तु बिक्री गर्ने सम्भावनालाई ध्यानमा राख्दै सरकारले बजारको आपूर्ति, मौज्दात, मूल्य र गुणस्तरमाथि निगरानी बढाएको हो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित अनुगमनलाई…
काठमाडौँ– बडादशैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेको छ। परिवार र आफन्तसँग दशैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम घर फर्किन थालेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ५६ हजार ८०९ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार…
काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदको मतगणनामा वासना थापाले अग्रता कायम राखेकी छन् । पछिल्लो मतपरिणामअनुसार थापाले ३ हजार ४८४ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारेकी हुन् । मतपरिणाममा उर्मिला थपलिया २ हजार ६४७ मतसहित दोस्रो स्थानमा छिन् भने निमा गिरी २ हजार ६२० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छन्…
काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । अल अमेरतस्थित अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा क्यानडालाई पराजित गर्दै शृङ्खलामा…
काठमाडौँ– आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ…