सचिव बढुवाका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस - Chaitanya News
  • 2026-06-13
  • 11:14:33
  • शनिबार,जेठ ३०, २०८३
  • सचिव बढुवाका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस

    सचिव बढुवाका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस

    काठमाडौँ– लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले सचिव बढुवाका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरिएको छ ।

    रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि सहसचिव त्रय राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम बढुवाका लागि सिफारिस गरेको हो।

    पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन्। उनी आयोगका प्रवक्तासमेत हुन्। भट्टराई वैदेशिक रोजगार विभागको महानिर्देशक र घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव हुन्।