परराष्ट्रतर्फ शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक - Chaitanya News
  • 2026-05-02
  • 21:07:07
  • शनिबार,बैशाख १९, २०८३
  • परराष्ट्रतर्फ शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

    परराष्ट्रतर्फ शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

    काठमाडौँ– परराष्ट्र सेवातर्फ राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को अन्तिम नतिजा प्रकाशन भएको छ ।

    हिजो (शनिबार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै लिखित परीक्षा, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्तामा प्राप्त अंकका आधारमा उम्मेदवारहरूको योग्यता क्रम निर्धारण गरी नामावली प्रकाशन गरेको हो।

    सोही आधारमा छनोट भएका उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि परराष्ट्र मन्त्रालयमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरिने निर्णय भएको छ।