1. समुह I र समुह II जोडा मिलाउनुहोस् ।
a. विश्व वातावरण दिवस मनाउन शुरु 1. सन् १९७२
b. वातावरण सम्बन्धी स्टकहोम सम्मेलन 2. सन् १९७४
c. पृथ्वी शिखर सम्मेलन 3. सन् १९४८
d. विश्व संरक्षण संघको स्थापना 4. सन् १९९२
A) a2,b1,c4,d3 B) a1,b2,c3,d4
C) a2,b3,c5,d1 D) a3,b2,c1,d4
2.मदरसा कुन जातिको शैक्षिक तथा धार्मिक संस्था हो ?
A. झाँगड B. सतार C. मुसलमान D. थारु
3.मानव भूगोलका पिता भनेर कसलाई चिनिन्छ ?
A. इरेटस्थनिज B. फ्रेडरिक रजेल C. सेमफेन D. जियोराफेन
4. निम्न भनाईहरु मध्ये कुन गलत छ ?
A. विश्वमा सर्वप्रथम ओजन तहको सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन १९८५ मा स्पेनको मेड्रिडमा भएको हो ।
B. नेपालको संविधान २०७२ को धारा ५१ म वातावरण संरक्षण सम्बन्धी नीतिको व्यवस्था गरिएको हो ।
C. वातावरण सम्बन्धी ग्लोबल ५०० पुरस्कार पाउने प्रथम नेपाली कृष्ण कुमार पाण्डे हुन ।
D. वातावरण सम्बन्धी नोबेल पुरस्कार भनेर गोल्डम्यान पुरस्कारलाई चिनिन्छ ।
5. प्रधानमन्त्री पदको उत्तराधिकारी छोरालाई नबनाई आफ्ना भाईहरुलाई बनाएपछि छोरामा जाने प्रथालाई के भनिन्छ ?
A. एग्नेटा प्रथा B. राजकाज प्रथा C. भाइभारदार प्रथा D. राजकीय प्रथा
6. तलकामध्ये दोस्रो विश्वयुद्धको परिणाम कुन हो ?
A. साभ्यवादको प्रसार भयो ।
B. सैनिक गृहबन्धी र शीतयुद्धको स्थिति सिर्जना भयो ।
C. अमेरिका र रुस विश्वका प्रमुख शक्ति मुलुकको रुपमा उदय भयो ।
D. माथिका सबै
7. अफ्रिका महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ?
A. अल्जेरिया B. क्यामरोन C. एङ्गोला D. बुर्किनाफासो
8. तलका भनाई विचार गर्नुहोस् र गलतभनाई छान्नुहोस् ।
१) Engine of Growth भन्नाले कृषि क्षेत्रलाई बुझिन्छ ।
२) नेपालमा पहिलो पटक Tissue Culture गरी आलु उत्पादन गरिएको थियो ।
३) उखु Grass Family अन्तर्गत पर्ने विरुवाहो भने चिया Camellia Family अन्तर्गत पर्दछ ।
A. १ र २ गलत B. २ र ३ सहि C. २ मात्र गलत D. सबै सहि
9. नेपालमा अभ्यासमा आएका संविधानमध्ये सबैभन्दा छोटो समयसम्म चलेको संविधान कुन हो ?
A. नेपालको अन्तरिम संविधान, २००७ B. नेपाल अधिराज्यको संविधान, २०१५
C. नेपालको संविधान, २०१९ D. नेपाल अधिराज्यको संविधान, २०४७
10. तलका राष्ट्रिय निकुञ्जको अवस्थितिका आधारमा पूर्वबाट पश्चिम क्रम मिलाउनुहोस् ।
A. मकालु बरुण, लामटाङ, सगरमाथा, रारा B. मकालु बरुण, सगरमाथा, लामटाङ, रारा
C. लामटाङ, सगरमाथा, मकालु बरुण, रारा D. सगरमाथा, मकालु बरुण, लामटाङ, रारा
11. संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सन् २०२५ र २०२६ को लागि निर्वाचित अस्थायी सदस्य राष्ट्रहरु कुन–कुन हुन् ?
A. पाकिस्तान, इक्वेटोरियाल, कुवेत, इथोपिया, बोलिभिया
B. आइभरी कोष्ट, इक्वेटोरियाल,कुवेत, पोल्याण्ड, बोलिभिया
C. पाकिस्तान, पनामा, डेनमार्क, ग्रिस, सोमालिया
D. इथोपिया, आइभरी कोष्ट, इक्वेटोरियाल,कुवेत, सोमालिया
12. हिमशिखर र तिनको उचाई मध्ये कुनजोडा गलत छ ?
A. मकालु – ८,४६३ मि. B. मनास्लु – ८,१६३ मि.
C. सैपाल – ७,०३६ मि. D. काञ्जिरोवा – ६,८१२ मि.
13. उच्चस्तरीय प्रशासन सुधार आयोगको गठन कहिले गरिएको थियो ?
A. २०४७असार १७ B. २०७४ असोज १७
C. २०४८ असोज १७ D. २०४८ माघ १७
14. जोडा मिलाउनुहोस्
a. जंगबहादुर, 1. द्वितीय विश्वयुद्ध, A. a,3/b,2/c,4/d,1
b. वीर शमसेर, 2. नारायणहिटी दरबार, B. a,3/b,4/c,2/d,1
c. चन्द्रशमसेर, 3. मुलुकी ऐन, C. a,2/b,3/c,4/d,1
d. जुद्ध शमसेर , 4. मकै पर्व, D. a,1/b,2/c,4/d,2
15.नेपालको संविधान, २०१९ मा क्रषिकेश शाहसहित कति जना संविधान मस्यौदा समितिमा रहेका थिए ?
A. ५ जना B. ६ जना C. ७ जना D. ८ जना
16. नेपालमा सुख्खा बन्दरगाहाहरु मध्ये कुन जोडी गलत छ ?
A. काँकडभित्ता ड्राइपोर्ट – झापा B. विराटनगर ड्राइपार्ट – मोरङ
C. भैरवा ड्राइपोर्ट – कपिलवस्तु D. नेपालगञ्ज ड्राइपोर्ट – बाँके
17.संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा प्रक्रियागत विषयमा कसरी निर्णय हुन्छ ?
A. परिषद्का सम्पूर्ण सदस्यको दुई तिहाई सकारात्मक मतबाट
B. परिषद्का सदस्यमध्ये कुनै ९ सदस्यको सकारात्मक मतबाट
C. सुरक्षा परिषद्का स्थायी सदस्य सहितको सकारात्मक बहुमतबाट
D. सर्वसम्मतीबाट
18. संघ, प्रदेश र स्थानीय तहले अ–आफ्नो तहको बजेट बनाउने तथा प्रदेश र स्थानीय तहले बजेट पेश गर्ने समय संघीय कानून बमोजिम हुने कुरा संविधानको कुन धारामा उल्लेख छ ?
A. धारा ५१ (३) B. धारा ५७ (३) C. धारा ५९ (३) D. धारा ५५ (१)
19. तलको भनाई अध्ययन गर्नुहोस् र सहि भनाई छान्नुहोस् ।
१) क्लारोफ्लोरो कार्बनको अणुसुत्र ऋँऋीघ हो ।
२) गोबर ग्याँसमा मिथेनको मात्रा ५०–७० प्रतिशत हुन्छ ।
३) डा.थोमस मिजले ऋँऋ ग्याँसको उत्पादन सन् १९३० मा गरेका थिए ।
४) वि.सं. २०५१ देखि नेपालमा सवारी प्रदुषण जाँच सुरु गर्न थालिएको ।
A. १ र ४ मात्र सहि B. १, ३ र ४ मात्र सहि
C. २ र ४ मात्र सहि D. माथिका सबै सहि
20.नेपालको संविधानमा कति प्रकारका संवैधानिक निकायको व्यवस्था गरिएको छ ?
A. ९ वटा B. १० वटा C. १३ वटा D. १५ वटा
1. A. 11. C
2. C 12. D
3. B 13. C
4. A 14. A
5. A 15. B
6. D 16. C
7. A 17. B
8. D 18. C
9. B 19. D
10. B 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100