सचिव बढुवाका लागि एक वरिष्ठ सहसचिवको नाम सिफारिस - Chaitanya News
  • 2026-04-29
  • 21:22:01
  • बुधबार,बैशाख १६, २०८३
  • सचिव बढुवाका लागि एक वरिष्ठ सहसचिवको नाम सिफारिस

    सचिव बढुवाका लागि एक वरिष्ठ सहसचिवको नाम सिफारिस

    काठमाडौँ– सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव–विशिष्ट श्रेणी– पदका लागि वरिष्ठ सहसचिव वैकुण्ठप्रसाद अर्यालको नाम सिफारिस गरेको छ।

    लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा अघिल्लो साता सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले अर्यालको नाम सिफारिस गरेको हो। अर्याल का.मु.प्रदेश प्रमुख सचिव पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलालीमा कार्यरत छन्।

    निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन–८० प्रतिशत०का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता–(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव शर्माको नाम मात्रै सिफारिस भएको हो।

    मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गएसँगै दुई सचिव पद रिक्त भएको थियो। जसमा पहिलो नम्बरमा रहेका तथा कायम मुकायम नै बनाई सुदूर पश्चिम पठाई सकिएका अर्याल स्वतः एकल बढुवा हुनेछन् भने अर्को पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस हुनेछ।

    जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव तथा प्रवक्ता राजेन्द्रकुमार पौडेल पहिलो नम्बरमा रहेका छन्।