नेपाल प्रहरीका दुई जना एआईजीको सरुवा - Chaitanya News
  • 2026-05-17
  • 09:41:40
  • आइतबार,जेठ ०३, २०८३
  • नेपाल प्रहरीका दुई जना एआईजीको सरुवा

    नेपाल प्रहरीका दुई जना एआईजीको सरुवा

    काठमाडौँ– नेपाल प्रहरीका दुईजना एआईजीको सरुवा भएको छ। केही दिनअघि बसेको मन्त्रिपरिषद्ले एआईजीहरुको जिम्मेवारी हेरफेर गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले जानकारी दिए।

    अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ।

    कार्य विभागका प्रमुखको रूपमा कार्यरत अर्का एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ।

    जेनजी प्रदर्शन नियन्त्रण बाहिर जानसक्ने आकलन गरेर मानवश्रोत विकास विभागका तत्कालीन एआईजी दान बहादुर कार्कीलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो। भदौ २४ मा कार्की रानपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए।