काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक होल्ड गरेर राजनीतिक नखेल्न आग्रह गरेकी छन्।
आज (सोमबार) शिक्षा, विज्ञान तथा प्रविधि समितिको छलफलमा बोल्दै उनले सो आग्रह गरेकी हुन् । यस्तै सांसद श्रेष्ठले विधेयक संसदमा पेस गर्न रोकेर समितिलाई दोषी नदेखाउन खोजिएको आरोप समेत लगाइन्।
सोमबार शिक्षक पदपूर्तिको कोटामा नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको छलफल निष्कर्षविहीन भएको थियो।
महासंघसँग सहमति गरेर समितिबाट पास गराइ प्रतिनिधि सभामा पेश गर्ने तयारी थियो।
तर, विधेयक समितिमै अड्काउन खोजिएको भन्दै सांसद श्रेष्ठले शिक्षकहरुलाई दलीय स्वार्थ र भोट बैंक बनाउन खोजिएको आरोप लगाइन्। कानुन सांसदले निर्माण गर्ने भन्दै उनले स्वार्थ समूह सक्रिय भएको संकेत गरिन्।
उनले भनिन्, सांसदले कानून बनाउने हो, इन्ट्रेस्ट ग्रुपले बनाउने होइन।’ शिक्षक महासंघले समेत शिक्षकहरुका एजेन्डा छाड्दै मुद्दालाई कमजोर बनाएको उनको तर्क थियो।
‘इसीडी कर्मचारीको कुरा महासंघले छोडेको छ, कसको लागि काम गरिरहेको छ रु कार्य सम्पन्न मुल्लाकंन ९० प्रतिशत राखेको छ, निजामतीको ९५ प्रतिशत छ’ उनल भनिन्, ‘सहमति भइसकेको यो विषयमा उल्टाउदै जाने हो भने, जे सहमति भएको छ त्यो फुल हाउसमा लैजाउ। ’
समितिलाई दोष दिने प्रपन्च भएको आरोप लगाउँदै उनले विधेयक होल्ड गरेर ‘पोलिटिकल गेम’ नखेल्न भन्दै आक्रोश पोखिन्।