1. विभिन्न देश र तिनको भौगोलिक उपनामबारे जोडा मिलाउँनुहोस् ।
a. यूरोपको बिरामी 1. भूटान
b. चट्याङको देश 2. अष्ट्रेलिया
c. किवीको देश 3. टर्की
d. पाताल कुवाको देश 4. न्यूजिल्याण्ड
A) a4,b2,c1,d3 B) a3,b4,c1,d3 C) a3,b1,c4,d2 D) a4,b1,c3,d2
2. सबैभन्दा बढी ज्वालामुखीहरु रहेको महासागर कुन हो ?
A. आन्ध्र महासागर B. हिन्द महासागर C. कुमेरु महासागर D. प्रशान्त महासागर
3. नेपाली साहित्यका पहिलो सहिद कसलाई भनिन्छ ?
A. कृष्णलाल अधिकारी B. मोतीराम भट्ट C. विरेन्द्र केशरी एडिसन D. भरत जैगम
4. विभिन्न किराँति र तिनीहरुको पालामा भएका विभिन्न घटनाहरु बारे जोडा मिलाउँनुहोस् ।
a. स्थुंको 1. महाभारतको युद्ध
b. हूम्ती 2. अन्तिम किँराती राजा
c. गस्ती 3. सम्राट अशोक नेपाल आएका
d. जीतेदास्ती 4. गौतम बुद्ध नेपाल आएका
A) a4,b1,c2,d3 B) a3,b4,c2,d1 C) a2,b3,c4,d1 D) a3,b1,c2,d4
5. शक्ति पृथकीकरणको सिद्धान्तको प्रतिपादक को हुन् ?
A. निकोलस द्धितिय B. मन्टेस्क्यु C. वोल्सेभिक D. रुसो
6. शनिग्रह पत्ता लगाउने वैज्ञानिक को हुन् ?
A. निकोस B. ग्यालेलियो C. विलियम हार्सेल D. ग्रेगर मेण्डल
7. कुन जोडा गलत छ ?
A. चमेलिया जलविद्युत आयोजना दार्चुला जिल्लामा रहेको छ ।
B. नेपालको पहिलो विशेष आर्थिक क्षेत्र रुपेन्दही जिल्लामा सञ्चालित छ ।
C. मध्यमस्र्याङ्दी जलविद्युत आयोजना भारतको सहयोगमा निर्माण भएको हो ।
D. नेपाललाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने राष्ट्र जापान हो ।
8. गणतन्त्र पछि नेपालको पहिलो दौत्य सम्बन्ध कुन देशसँग भएको थियो ?
A. लासोओ b. सोलोमान आईसल्याण्ड C. मोन्टेनेग्रो D. माली
9.तल दिइएका मध्ये संयुक्त राष्ट्रसंघको विशिष्टिकृत संस्था होईन् ?
A) WHO B) IMF C) ICAO D) WTO
10. उधौली र उभौली कुन जातिको महत्वपूर्ण सांस्कृतिक पर्व हो ?
A. थारु जाति B. राजवंशी जाति C. किँरात जाति D. माझि जाति
11.जोडा मिलाई सहि कोड छान्नुहोस् ।
समूह I समूह II कोडः
a. बाँदरको उत्पत्ति1. मध्यजीव महाकल्पको ट्रायोसिक कालA) a-4,b-3,c-2,d-1
b. घस्रने जीवको उत्पत्ति 2. मध्यजीव महाकल्पको जुरासिक काल B) a-4,b-1,c-3,d-2
c. माछाको उत्पत्ति 3. पूराजीव महाकल्पको सिलुरियन काल C) a-4,b-1,c-2,d-3
d. डाइनोसरको प्रभुत्व 4. नवजीव महाकल्पको अल्पनूतन युग D) a-1,b-2,c-3,d-4
12. दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजन भएको कुन मुलुक शीत युद्धको अन्तसँगै पुनः एकीकरण भयो ?
A. फ्रान्स B. इटाली C. बेल्जियम D. जर्मनी
13. लिच्छवीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?
A. बलाध्यक्ष B. दण्डनायक C. भट्टनायक D. सर्वदण्डनायक
14. एन्जियोप्लाष्टिक उपचार कुन रोगसँग सम्बन्धित रहेको छ ?
A. मृगौला B. मुटु C. छाला D. जन्डिस
15. जोडा मिलाउँनुहोस् ।
ग्रह उपनाम कोडः
a. पृथ्वी 1. रातो ग्रह A) a-2,b-4,c-3,d-1
b. मंगल 2. निलो ग्रह B) a-1,b-2,c-4,d-3
c. शनि 3. हरियो ग्रह C) a-2,b-1,c-4,d-3
d. अरुण 4. पहेंलो ग्रह D) a-1,b-2,c-3,d-4
16. ग्रामोफोनको आविष्कारक को हुन् ?
A) थोमस एल्भा एडिसन B) लुई पाश्चर (C) माईकल फाराडे (D) मार्कोनी
17. नारायणीहिटी संङग्रहालय कहिले देखि सर्वसाधारणका लागि खुला गरिएको हो ?
A) 2064/11/15 B) 2065/11/15 C) 2066/11/17 D) 2065/11/20
18. सार्वजनिक निजी साझेदारी (PPP) अवधारणामा सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रम कुन देशबाट शुरु भएको हो ?
A. अमेरिका B. जापान C. चीन D. जर्मनी
19. नेपालले हाल सम्म द्यक्ष्एएब् सम्झौता गरेका ६ मूलुकहरुको सहि क्रम कुन हो ?
A. बेलायत, फ्रान्स, जर्मनी, फिनल्याड, मौरिसस र भारत B. फ्रान्स, जर्मनी, बेलायत, मौरिसस, फिनल्याण्ड र भारत
C. फ्रान्स, बेलायत, जर्मनी, मौरिसस, फिनल्याण्ड र भारत D. फ्रान्स, जर्मनी, बेलायत, फिनल्याण्ड, मौरिसस र भारत
20. तल दिइएका घटनाहरुलाई सम्पन्न भएको सहि क्रम पत्ता लगाउनुहोस् ।
A. सैन्यबादको उदय, औद्योगिक क्रान्ति, साम्यवाद, बौद्धिक जागरण
B. बौद्धिक जागरण, औद्योगिक क्रान्ति, सैन्यवादको उदय, साम्यवाद
C. साम्यवाद, बौद्धिक जागरण, सैन्यबादको उदय, औद्योगिक क्रान्ति
D. औद्योगिक क्रान्ति, बौद्धिक जागरण, सैन्यबादको उदय, साम्यबाद
उत्तरः
1. C 11. B
2. D 12. D
3. A 13. C
4. A 14. B
5. B 15. C
6. B 16. A
7. C 17. B
8. D 18. B
9. D 19. B
10. C 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 1,232