रामहरि खतिवडाले भने: निजामती विधेयकमा व्यक्तिगत फाइदा हेरेका छैनौँ - Chaitanya News
  • 2026-05-24
  • 09:18:58
  • आइतबार,जेठ १०, २०८३
  • रामहरि खतिवडाले भने: निजामती विधेयकमा व्यक्तिगत फाइदा हेरेका छैनौँ

    रामहरि खतिवडाले भने: निजामती विधेयकमा व्यक्तिगत फाइदा हेरेका छैनौँ

    काठमाडौँ– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती ऐनलाई आगामी अधिवेशनमा संसद्‌मा लैजाने गरी काम भइरहेको बताएका छन्।

    आज (शुक्रबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले विधेयकमा छलफल गर्दा कोही पनि सांसद पार्टीगत रूपमा प्रस्तुत नभएको र नहुने प्रतिबद्धता समेत जनाए।

    उनले सांसदहरुले स्वतन्त्रतापूर्वक विधेयकमाथि धारणा राखेको उल्लेख गर्दै व्यक्तिगत फाइदा नहेरी काम भइरहेको दाबी गरे। उनले मुलुकको हितका लागि कानुन बन्ने बताए।

    उनले भने, ‘हामी यहाँ पार्टीगत रूपमा प्रस्तुत भएका छैनौँ। जातिगत रूपमा प्रस्तुत भएका छैनौँ। माननीय सदस्यहरूले इन्डिपेण्डेट रूपमा आफ्ना कुराहरु राख्नुभएको छ, स्वतन्त्रतापूर्वक। मुलुक सुहाउँदो रूपमा कानून बनोस्। हामी व्यक्तिगत कसलाई फाइदा र कसलाई बेफाइदा नहुने गरी मुलुकको हितका लागि कानून आउनेछ। हामी जतिसक्दो चाँडो आगामी अधिवेशनमा यो विधेयक लैजाने तयारीका साथ लागेका छौँ।