दुई सचिवको सरुवा - Chaitanya News
  • 2026-05-24
  • 09:14:59
  • आइतबार,जेठ १०, २०८३
  • काठमाडौँ– सरकारले दुई जना विशिष्ट श्रेणीका सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को गत सोमबारको बसेको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिवको फेरबदल गरेको हो।

    वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय९पशुपन्छी० मा सरुवा गरिएको छ भने पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रलाई वन तथा वातावरण मन्त्रालयमा ल्याइएको छ।

    यसअघि पनि सरुवा भइसकेका खराललाई कर्मचारीहरूले अस्थिर र निर्णय गर्न नसक्ने सचिवका रूपमा चित्रण गर्छन् भने मिश्रको कार्यक्षमता पनि कमजोर रहेको कर्मचारीहरूको बुझाइ छ।