निजामती विधेयकमाथि छलफल अघि बढाउँदै संसदीय समित - Chaitanya News
  • 2026-07-09
  • 03:25:34
  • बुधबार,आषाढ २४, २०८३
  • निजामती विधेयकमाथि छलफल अघि बढाउँदै संसदीय समित

    निजामती विधेयकमाथि छलफल अघि बढाउँदै संसदीय समित

    काठमाडौं– संसदीय समितिले निजामती विधेयकमाथि छलफल अघि बढाउँदैछ।संघीय निजामती सेवा विधेयकमा सहमति जुटाउन गठित उपसमितिले आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाइसकेको छ। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले गत चैत २० गते आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाएको थियो।

    त्यसको १७ दिनपछि मूल समितिले विधेयकमाथि छलफल गर्ने गरी बैठक राखेको छ। बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ।

    उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल अगाडि नबढेको भनेर कर्मचारीहरूले सार्वजनिक रुपमा समेत प्रश्न उठाउन थालेपछि समितिले विधेयकमाथिको छलफल अगाडि बढाउन लागेको हो।