संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारी संगठनद्धारा आन्दोलनको चेतावनी - Chaitanya News
  • 2026-05-24
  • 08:15:55
  • आइतबार,जेठ १०, २०८३
  • संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारी संगठनद्धारा आन्दोलनको चेतावनी

    संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारी संगठनद्धारा आन्दोलनको चेतावनी

    काठमाडौँ– संघीय निजामती कर्मचारी ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारी संगठनहरूले आन्दोलनको चेतावनी दिएका छन्।

    नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनको चेतावनी दिएका हुन्।

    लामो समय बितिसक्दा पनि संघीय शासन प्रणाली कार्यान्वयनका लागि आवश्यक ऐन जारी नहुँदा सार्वजनिक प्रशासन अन्योल बनेको निष्कर्षसहित कर्मचारी संगठनले अब पनि ढिला गरे आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

    संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषदबाट निर्णय भएको करिब छ महिनापछि संघीय संसदमा पेस भएको थियो।