कृषि विकास बैंक लिमिटेडले माग्यो विभिन्न पदका लागि११८ कर्मचारी (विज्ञापनसहित) - Chaitanya News
  • 2026-05-24
  • 05:02:23
  • शनिबार,जेठ ०९, २०८३
  • कृषि विकास बैंक लिमिटेडले माग्यो विभिन्न पदका लागि११८ कर्मचारी (विज्ञापनसहित)

    कृषि विकास बैंक लिमिटेडले माग्यो विभिन्न पदका लागि११८ कर्मचारी (विज्ञापनसहित)

    काठमाडौँ– कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ। आज (शुक्रबार) बैंकले एक सूचना जारी गर्दै शाखा अधिकृतदेखि लेखापालसम्म खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि ११८ जना कर्मचारी माग गरेको हो।

    बैंकले १ जना शाखा प्रमुख, ४८ जना व्यवसाय अधिकृत, ३ जना सूचना प्रणाली अधिकृत, १ जना कानून अधिकृत, १ जना कम्प्युटर अधिकृत, ५ जना कर्जा अधिकृत र लेखापाल ५९ जना माग गरेको छ।

    योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि वैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।