काठमाडौं– युगाण्डामा सुरु भएको चार देश सम्मिलित वुमन्स डे कपमा आज दोस्रो दिन नेपालले युगाण्डासँग भिड्ने भएको छ।नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ।
शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। युगाण्डाले भने शनिबार हङकङलाई हराएको थियो।
आईसीसीको महिला टी–२०आई वरियतामा नेपाल २१औं, हङकङ २२औं, युगाण्डा १८औं र नामिबिया १७औं स्थानमा छन्।
नेपालले यसपछि भोलि फागुन २६ मा हङकङसँग खेल्ने छ। त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ।
यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्।