निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोकुेवा आयोगका अध्यक्ष रेग्मीसहितका पदाधिकारीको सुझाव - Chaitanya News
  • 2026-05-23
  • 22:41:36
  • शनिबार,जेठ ०९, २०८३
  • निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोकुेवा आयोगका अध्यक्ष रेग्मीसहितका पदाधिकारीको सुझाव

    निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोकुेवा आयोगका अध्यक्ष रेग्मीसहितका पदाधिकारीको सुझाव

    काठमाडौं– लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीसहितका पदाधिकारीले संघीय निजामती सेवामा अतिरिक्त सचिवको पद ब्युँताउन सुझाव दिएका छन् । आयोगका पदाधिकारीसँग संसदीय उपसमितिले गरेको छलफलमा यस्तो राय व्यक्त भएको हुन् ।

    संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा छ। विधेयकमा सहमति जुटाउन राज्य व्यवस्था समितिले नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूको संयोजकत्वमा संसदीय उपसमिति बनाएको छ।

    उपसमितिका संयोजक बडूका अनुसार निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोक सेवा आयोगका अधिकारीहरूले सुझाएका हुन् । ‘अतिरिक्त सचिव राख्ने कुरा आइराखेको छ। यसको बारेमा पनि छलफल भइराखेको छ। उहाँहरु (लोक सेवा आयोगका अधिकारीहरू) को राय राख्ने भन्ने नै आएको छ। हाम्रो छलफल पनि त्यसरी नै गइराखेको छ’, बडूले भने।

    निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताएपछि कहाँ कहाँ यस्तो पद राख्ने भनेर छलफल चलिरहेको बडूले जानकारी दिए। ‘तर त्यसलाई कहाँ कहाँ राख्ने कुन कुन ठाउँमा राख्न आवश्यक हो त्यो पदहरु कहाँ सिर्जना गर्ने भन्ने जस्ता कुराहरु देखि लिएर पदावधि कसरी राख्ने भन्ने कुरामा छलफल गरिरहेका छौं।’

    अर्थात, निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन संसदीय उपसमिति पनि सहमत भएको छ। अतिरिक्त सचिवको पद कहाँ र कुन ठाउँमा राख्ने, अतिरिक्त सचिवको पदावधि कति वर्ष हुने जस्ता विषय टुंगिन बाँकी छ।