९ जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस - Chaitanya News
  • 2026-05-23
  • 20:34:52
  • शनिबार,जेठ ०९, २०८३
  • ९ जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

    ९ जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले ९ जना उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ।

    सचिवालयले नेपाल कृषि सेवाका विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा ९ जना शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

    बढुवा समितिले २०८१ पुस २१ गतेको निर्णयानुसार नेपाल कृषि सेवा, बाली विकास (एग्रोनोनोमी)समूहतर्फ रिक्त उपसचिव पदमा १ जना, बाली संरक्षण समूहमा ४ जना र एगृ.इको. मर्केटिंग एण्ड स्टाटिष्टिक्स समूहतर्फ ४ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरिएको छ।