1. अन्तर्राष्ट्रिय ओलम्पिक दिवस कहिले मनाईन्छ ?
A. जुन २३ B. जुन २२ C. जुन २४ D. जुन १०
2. पुरुष एशियन हकी च्याम्पियन ट्रफी द्दण्द्दघ को उपाधि हासिल गर्ने देश कुन हो ?
A. ईरान B. भारत C. फ्रान्स D. जर्मनी
3.प्रथम विश्व युद्ध कहिले देखि कहिले सम्म चलेको थियो ?
A. सन् १९१४ जुलाई २८ देखि सन् १९१८ नोभेम्बर ११ सम्म
B. सन् १८१४ जुलाई २४ देखि सन् १८१८ नोभेम्बर ११ सम्म
C. सन् १९१६ जुलाई २४ देखि सन् १९१८ नोभेम्बर ११ सम्म
D. सन् १९१४ जुलाई २४ देखि सन् १९१६ नोभेम्बर ११ सम्म
4. उपत्यकाको विभाजनपछि काठमाण्डौँका पहिलो मल्ल राजा को थिए ?
A. जयस्थित मल्ल B. जयप्रकाश मल्ल C. रणजित मल्ल D. रत्न मल्ल
5. नेपालमा विभिन्न स्थानमा रहेको कालिका भगवतीका मन्दिरहरु र सम्बन्धित जिल्लाहरु बीचको जोडा मिलाउनुहोस् ।
मन्दिरको नाम अवस्थित जिल्ला
a. सुलुङ कालिका 1. नवलपरासी
b. कालिकाभगवती 2. बाग्लुङ
c. मौलाकालिका 3. स्याङ्जा
d. तुर्लुङ कालिका 4. लमजुङ
A) a-1, b-2, c-3, d-4 B) a-3, b-2, c-1, d-4 C) a-4, b-2, c-3, d-1 D) a-2, b-4, c-1, d-3
6. नेपालमा कुन आवधिक योजनादेखि वैदेशिक सहायतालाई विकास वजेटको स्रोतको रुपमा लिइएको हो ?
A. चौथो योजना B. तेस्रो योजना C. दोस्रो योजना D. प्रथम योजना
7. नाग र वाँसुकी पूँजा गर्ने चलन कसले चलाएका हुन ?
A. अंशुवर्मा B. महेन्द्र मल्ल C. मानदेव D. लक्ष्मिनरसिंह मल्ल
8.महाकाली नाँच नेपालको कुन जातिसँग सम्बन्धित छ ?
A. ज्यापु B. थारु C. लिम्बु D. चेपे
9.Word Wide Web (WWW) विकास कसले गरेका हुन ?
A)Mark Zuckerberg B) Tim Berners Lee C) Larry Page D) Eric Yuan
10. तलका मध्ये कुन हरित गृह ग्यास (Green house gas) होईन ?
A) Methane B) Nitrous C) Carbon dioxide D) Hydrogen
11. रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने काम कुन हर्मोनले गर्दछ ?
A. थाईरोक्सिन B. ईन्सुलिन C. पाराथर्मोन D. एड्रिनालिन
12. तलका कथनहरु बारे विचार गर्नुहोस् ।
१. जैविक विविधता २. एजेण्डा – २१ ३. मौसम परिवर्तन ४. क्वोटो प्रोटोकल
उपरोक्त कथनहरु मध्ये पृथ्वी शिखर सम्मेलन १९९२ ले पारित गरेको विषय कुन कुन हुन ?
A. १,३ र ४ B. १,२ र ३ C. २,३ र ४ D. सबै
13. विभिन्न मुलुकमा भएका क्रान्ति वीच जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a. भेल्भेट 1. लेवनान
b. सेन्डर 2. इजिप्ट
c. अरेन्ज 3. चेकोस्लोभाकिया
d. लोटस 4. युक्रेन
A) a3,b1,c4,d2 B) a2,b1,c4,d3 C) a2,b3,c4,d1 D) a4,b3,c2,d1
14. नेपालको करिब ३३५१ मिटरदेखि ५००० मिटर उचाई सम्मको भू-भाग मा पाईने वनलाई के भनिन्छ ?
A. टुन्ड्रा वन B. सदावहार वन C. लेकाली वन D. पतझर वन
15.ओजोन तहको क्षयीकरणलाई रोक्ने सम्बन्धमा जापानको क्योटो शहरमा कहिले सम्मेलनको आयोजना गरिएको हो ?
A. सन् १९९७ B. सन् १९९९ C. सन् १९८७ D. सन् १९९६
16. सन् २०२३ जनवरी १ देखि सन् २०२४ डिसेम्बर ३१ सम्म कार्यकाल भएका संयुक्त राष्ट्रसंघ सुरक्षा पषिद्का ५ अस्थायी सदस्य राष्ट्रहरु कुन कुन हुन ?
A. मोजाम्बिक, जापान, रसिया, स्वीट्जरल्याण्ड, ईक्वेडर B. मोजाम्बिक, जापान, माल्टा, स्वीट्जरल्याण्ड, ईक्वेडर
C. मोजाम्बिक, जापान, माल्टा, स्वीट्जरल्याण्ड, कारिया D. मोजाम्बिक, अल्जेरिया, माल्टा, स्वीट्जरल्याण्ड, ईक्वेडर
17.UNO आर्थिक तथा सामाजिक परिषद्मा एशियाबाट कति सदस्य राष्ट्रहरुको प्रतिनिधित्व रहन्छ ?
A. ११ B. ७ C. १० D. ३
18. निम्न भनाई विचार गर्नुहोस् ।
१. ILO ले संयुक्त राष्ट्रसंघको पहिलो विशिष्ट निकायको रुपमा सन् १९४६ डिसेम्बर १४ मा मान्यता प्राप्त ग¥यो ।
२. अन्तर्राष्ट्रिय श्रम संगठनले सन् १९६९ मा नोबेल पुरस्कार प्राप्त गरेको थियो ।
A. १ मात्र ठिक B. २ मात्र ठिक C. दुबै ठिक D. दुबै बेठिक
19. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
सार्क संघ स्थापना मिति
a. सार्क सभामुख तथा सांसद संघ 1. सन् १९९५
b. दक्षिण एशियाली खेलकुद संघ 2. सन् १९८१
c. सार्क आर्थिक संघ 3. सन् १९९४
d. सार्क उद्योग वाणिज्य महासंघ 4. सन् १९९२
A) a3,b1,c2,d4 B) a4,b2,c1,d3 C) a1,b2,c3,d4 D) a4,b2,c3,d1
20. सबैभन्दा ठूलो भूपरिवेष्ठित सार्क राष्ट्र कुन हो ?
A. भूटान B. अफगानिस्तान C. पाकिस्तान D. भारत
उत्तरहरुः
1. A 11. B
2. B 12. B
3. A 13. A
4. D 14. C
5. B 15. A
6. D 16. B
7. C 17. A
8. A 18. C
9. B 19. B
10. D 20. B
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100