१. नेपालमा समावेशीकरणको नीति अवलम्बन गरेको करीव डेड दशकको अवधिमा यसका मिश्रित नतीजाहरु प्राप्त भएका छन्। समावेशीकरणबाट सामाजिक र राजनैतिक रुपमा हजारौ नागरिकहरुलाइ राज्यको शक्ति संरचनाको पहुँचमा पुर्याएका उत्साहजनक अवस्था देखिएको छ । यस अवस्थामा सम्मानित सर्वोच्च अदालतबाट यसमा हुनेखानेले कब्जा जमाएकोले अझै लक्ष्यित वर्गमा पुर्याउनुपर्ने आवश्यकता औल्याएको छ भने राष्ट्रिय समावेशी आयोगले गरेको अध्ययनले रनेपाल सोसल इन्क्ल्युजन सर्भे–२०१८ का अनुसार पनि समावेशीकरणले अझै लक्ष्यित वर्गसम्म पुग्न सकेको छैन भन्ने निष्कर्ष निकालेका छन् । तर उपरोक्त अध्ययनहरुका सम्बन्धमा तीखो आलोचना हुने गरेको छ । यी निष्कर्षहरु प्रायोजित र समावेशीकरणको मर्मविपरीत भए भन्ने तर्कहरु पनि नउठेका होइनन् । यसै प्रसंगमा नेपालमा समावेशीकरणको नीतिको प्रभावलाइ संक्षेपमा प्रश्तुत गर्नुहोस् । समावेशीकरणका सम्बन्धमा नेपालको संवैधानिक ब्यवस्थाको मर्म आत्मसात भएको पाउनुहुन्छ कि हुँदैन तर्कसहित प्रश्तुत गर्दै समावेशीकरणको नीतिलाइ लक्ष्यित वर्गमा पुर्याउन अपनाउनुपर्ने सुझावहरु प्रश्तुत गर्नुहोस्। २०
| पृष्ठभूमिः
मूल मुध्दाः समावेशीकरणको मूल्य अनुभूत हुन नसक्दा तथा समावेशीकरण नीति लाभ लक्ष्यित वर्गमा पुग्न नसक्दा यसको वैधतामाथि उठेको प्रश्न मूख्य प्रवृत्तिःसमावेशीकरणबाट प्राप्त नतीजाले किनारीकृत समूहहरुलाइ गुणात्मक रुपमा समावेश गर्न नसकेको¸उच्चवर्गीय पहुँच¸ समावेशीकरणको लाभ प्राप्त गर्नेले प्रदर्शन गरेको कमजोर मूल्य¸सार्वजनिक सेवा प्रणालीमा गुणात्मक सुधार हुन नसकेको तथ्य ग्यापः समावेशीकरणलाइ वास्तविक लक्ष्यित बर्गमा पुर्याइ यसको मूल्यको संवर्धनमार्फत राष्ट्र निर्माण गर्नु पर्ने । |
राजनैतिक¸शासकीय र सामाजिक समावेशीकरणको विगत १४ वर्षको अनुभवको विश्लेषण
राष्ट्रिय समावेशी आयोगले हालै प्रकाशित गरेको सरकारी सेवामा आरक्षण प्रणालीको प्रभाव विश्लेषण सम्बन्धी अध्ययन प्रतिवेदनको शिफारिसः
हाल सरकारी सेवामा कायम रहेको आरक्षण व्यवस्थाले नेपालको शासकीय संरचना र आर्थिक सामाजिक विकासमा छुटेका समूहको सहभागिता अभिवृद्धि गरी महत्त्वपूर्ण योगदान गरेको छ,’ ‘यो नीति सानो समुदायका लागि ठूलो समुदायको विरुद्ध गरिने भेदभावमा आधारित छ ।अर्थात्योभेदभावसच्याउनगरिनेभेदभावहो, बहुसंख्यकविरुद्धको असमान व्यवहार हो ।यस्तोअसमानताअन्तर्राष्ट्रियमानवअधिकारसम्बन्धीअभिसन्धिकोसमेतप्रतिकूलरहेको हुन्छ ।’आरक्षण व्यवस्थाले निजामती सेवाको गुणस्तरमा दीर्घकालीन प्रभाव पार्ने भएकाले लक्षित वर्ग र समुदायलाई विशेष कार्यक्रमबाट सम्बोधन हुनुपर्ने देखिन्छ ।
‘नेपाल सोसल इन्क्ल्युजन सर्भे–२०१८ का अनुसारः
राजनीतिक प्रतिनिधित्वतर्फ संघीय व्यवस्थापिकामा महिलाहरूको एकतिहाइ प्रतिनिधित्व छ र अन्य आरक्षित समूहतर्फ पनि तोकिएको प्रतिशत पुर्याउनैपर्ने निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाले प्राप्त आरक्षणको कोटा पूरा भएकै छ ।स्थानीयनिकायहरूमाअहिले४१प्रतिशतमहिलाप्रतिनिधिहरूरहेको सो अध्ययनले देखाएको छ ।तर, यो राजनीतिक प्रतिनिधित्वको आरक्षण अर्थपूर्ण नभई संवैधानिक र कानुनी औपचारिकता पूरा गर्न मात्र भएको उक्त सर्वेक्षणले औंल्याएको छ ।
सकरात्मक पक्ष
नकरात्मक पक्षहरु मुध्दाहरु
समावेशीता र यसको मूल्यलाइ वेवास्ता गरी छनौट परीक्षालाइ मात्र मेरिट मानिएको छ भने योग्यता निकै कम भएकाहरुलाइ नातागत आधारमा राजनैतिक समावेशीकरण गरिंदा मेरिट कमजोर भएको छ । समावेशीकरणबाट अवसर प्राप्त गरेकाहरुको कमजोर प्रश्तुतिः उदाहरण भर्खरै प्रकाशित समावेशी कोटामा अध्ययन गरेको डाक्टर सम्बध्द लेख
समावेशीकरणका सूचकहरु उत्कृष्ट देखिएतापनि समावेशीकरणले लक्ष्यित व्यक्ति र वर्गलाइ समेट्न सकेन । तोकिएको समूहभित्रकै संभ्रान्तवर्गीय पहुँच छः मधेशी कोटामाः मूख्य ५ जात मात्र छन्¸दलितमाः पहाडे उच्च दलितहरु¸जनजातिः नेवार¸राइ¸तामाङ¸लिम्बु मगर आदि¸महिलाः पहाडे ब्राम्हण क्षेत्री र नेवार अपाङ्गः सामान्य अपाङ्गवाला
यो यस्तो बाधा हो, जसले आरक्षितहरूलाई उच्च वा निर्णायक तहमा पुग्नबाट रोक्दछ ।अहिलेस्थानीयतहकोप्रमुखपदमा३प्रतिशतमात्रमहिलाहुनु, सातै प्रदेशमा एक जना पनि महिला मुख्यमन्त्री नहुनु यसका उदाहरण हुन् ।
नपाउनेले पाउने¸पाउनुपर्नेले नपाउने त्रुटि हो । लोक सेवा आयोगबाट धेरै संख्यामा सिफारिस हुने पाँच जातिमा ब्राह्मण, क्षत्री, नेवार, मगर र थारू छन् ।सोनारडोम, बादी, दुसाध, पासवान, पासी, मारवाडी, माली, मल्लाह, भेडियार, गडेरी, कानू, कायस्थ, हजाम–ठाकुर र हलुवाई जातजातिबाट नागण्य मात्र सिफारिस भएका छन् ।आदिवासीजनजातिभित्रपर्ने५९जातिमध्ये९वटामात्रसिफारिसहुनसकेकाछन् ।योचित्रलेनेपालकोसमावेशीकरणकोनीतित्यतिसफलनभएकोस्पष्टपार्छ ।
समावेशीकरण स्वयंमा पितृसत्तात्मक मूल्यहरु¸भ्रष्टाचार¸सामन्ती मूल्यहरु र एकात्मक सोचविरुध्दको अभियान हो र तर स्वयं लक्ष्यित समूहहरु नै गलत मूल्यको भासमा परेका छन् ।
उपायहरु
२. सार्वजनिक सेवा प्रवाहमार्फत जनताले सरकारको अनुभुति गर्ने गर्दछन् । सुशासनको प्रमुख सुचकका रुपमा नागरिक सन्तुष्टिलाइ पनि लिने गरिन्छ। नेपाल संघीय संरचनामा प्रवेश गरिसकेपश्चात पनि नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहमा सुधार भएको देखिएको छैन । सेवा प्रवाहलाइ प्रभावकारी बनाउनका लागि निर्माण गरिएका कानून¸कार्यविधि र सुधारहरुको ब्यवाहरिक कार्यान्वयन समेत हुन सकेको देखिंदैन । यस प्रसंगमा तीनै तहमा सार्वजनिक सेवाको ब्यवस्थापनमा अन्तरनिहित समस्या र चुनौतिहरु केलाउँदै सार्वजनिक सेवामा नवप्रवर्तनको सन्दर्भ र यसका लागि गर्नुपर्ने कार्यहरु तथा जनतालाइ सन्तुष्ट बनाइ सुशासनको प्रत्याभूति गर्ने नवीनतम र कार्यान्वयनयोग्य उपायहरु प्रस्ताव गर्नुहोस । २५
चरहरुः variables of public service delivery
सोच¸कानूनी प्रबन्ध¸जवाफदेहिता¸संरचनागत र संस्थागत प्रबन्ध¸सरोकारवालाको सहभागिता र बैधता¸प्रविधि र नवप्रवर्तन¸कार्यसंस्कृति रुपान्तरण¸नागरिक शसक्तीकरण¸आन्तरिक र वाह्य नियन्त्रण¸दण्ड र पुरस्कार, नैतिकता र आचरण
तीनै तहमा सार्वजनिक सेवाको ब्यवस्थापनमा अन्तरनिहित समस्या र चुनौतिहरु
समस्याहरुः
सेवा प्रवाहको supply नीतिगत¸संरचनागत र प्रक्रियागत समस्याहरु
Cross cutting issues हरुमा कार्यालयहरुवीच vertical and horizontal समन्वयको अभाव छ
सेवा प्रापक demand side पक्षमा रहेका समस्याहरु
Right man in Right Place, misinterpretation of Performance appraisal, Poor motivational aspects, poor professionalism
चुनौतिहरुः
प्रविधिमैत्री बनाउनु¸ नतीजा बढाउने¸ प्रक्रिया¸लागत र समय घटाउने चुनौति¸सेवा प्रवाहमा नागरिक सहभागिता र अपनत्व स्थापित गर्ने चुनौति¸मूल्य सहितको सेवाको निर्माण गर्ने चुनौति¸कर्मचारी र संगठनको केन्द्रीकृत सोचलाइ रुपान्तरण गर्ने चुनौति लगायत ।
सार्वजनिक सेवामा नवप्रवर्तनः
गर्नुपर्ने कामः
सरकारले लिने नीतिगत निर्णयहरु
जनतालाइ सन्तुष्ट बनाइ सुशासनको प्रत्याभूति गर्ने नवीनतम र कार्यान्वयनयोग्य उपायहरु
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100