1. सुर्ती खेतीको लागी कुन माटो उपयुक्त हुन्छ ?
A. बलौटे B. रातो फुस्रो C. पाँगो D. तलैया
2.एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत धनुषा जिल्ला पर्दछ । जिल्ला के उत्पादनको लागी तोकीएको छ ?
A. आँप B. बेसार C. माछा D. केरा
3. 70 मेगावाटको मध्यमर्स्याङ्गी जलिविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
A. लमजुङ B. तनहुँ C. स्याङ्गजा D. जाजरकोट
4.राष्ट्रिय जनगणना 2078 नतिजा अनुसार तलका जोडा विचार गर्नुहोस् ।
प्रदेश लैंगिक अनुपात
१. मधेश – 100.55
२. बागमती – 99.36
३. कर्णाली – 95.27
४. कोशी – 95.02
माथि दिइएका जोडाहरु मध्ये कुन कुन ठीक छ ।
A.१ र २ ठीक B. २ र ३ ठीक C. सबै ठीक D. १ र ३ ठीक
5.कार्यालय समय 10 बजे देखि 5 बजेसम्म बनाउने ब्यक्ति देव शमशेर हुन भने कार्यालय समय 10-4 गराउने चलन कुन प्रधानमन्त्रीले गरेका हुन ?
A. जुद्ध शंसेर B. भीम शंसेर C. पद्म शंसेर D. बीर शंसेर
6.रेबीज रोग बिरुद्धको खोपका आविष्कारक को हुन् ?
A. लुई पाश्चर B. चार्ल्स डार्बिन C. माइकल फाराडे D. न्युटन
7. सार्क बिश्वबिद्यालय भारतमा रहेको छ भने संयुक्त राष्ट्रसंघिय बिश्वबिद्यालय कहाँ रहेको छ ?
A.स्वीजरल्याण्ड B. बेलायत C. क्यानडा D. जापान
8. साइटिस (CITES) सँग सम्बन्ध राख्ने तथ्यहरु तलका मध्ये कुन / कुन हुन् ?
1.लोप हुन लागेका खतरामा परेका बन्यजन्तुको संरक्षण सम्बन्धी महासन्धी
2.सन् 1964 देखि “रेड डाटा बुक” प्रकाशन
3.प्रधान कार्यालय स्वीजरल्याण्डको ग्ल्याडमा रहेको
A. 1 B. 1 र 2 C. 2 र 3 D. माथिका सबै
9. अन्तर्राष्ट्रिय ओजन तह संरक्षण दिवस २०२४ को नारा के रहेको थियो ?
A) “Keep both the food and vaccine at the correct temperature
B) ”Montreal Protocol : Advancing Climate Action.”
C) ”Montreal Protocol: fixing the ozone layer and reducing climate change.”
D)”Global Cooperation Protecting Life on Earth”
10. वि.सं. २०८१ मा प्रदान गरिने बैकुण्ठ लाकौल पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन ?
A. शिवप्रसाद ढकाल B. खेमराज निरौला C. अभय श्रेष्ठ D. प्रा.प्रेम शान्ति तुलाधार
11.क्यास्पियन ताल कहाँ पर्दछ ?
A. भारत र चीनको बीचमा B. इरान र रुसको बीचमा
C. अमेरिका र क्यानडाको बिचमा D. रुस र चीनको बीचमा
12.धरान-धनकुटा राजमार्गको निर्माणमा बेलायतले सहयोग गरेको हो, पोखरा देखि सुनौली जोड्ने सिद्धार्थ राजमार्ग को निर्माणमा भारतले सहयोग गरेको हो भने नौबिसे – पोखरा (पृथ्वी राजमार्ग) कुन देशको सहयोगमा बनेको हो ?
A. अमेरिका B. चिन C. भारत D. रुस
13. तलका कथनहरु अध्ययन गर्नुहोस् ?
1.सुर्य ग्रहण लाग्दा सर्वप्रथम सुर्यको पुर्वी भाग ढाकिन्छ।
2.सुर्य ग्रहण पूर्णिमाको दिन मात्र लाग्दछ।
3.औशींको दिनमा चन्द्रमालाई New Moon भनेर चिनिन्छ।
माथिको कुन भनाई सहि छैन् / छैनन् ?
A. 1 र २ B. २ र ३ C. 1 र 3 D. माथिका सबै
14.प्रकाशले १ बर्षमा पार गर्ने दुरीलाई प्रकाश बर्ष भनिन्छ भने प्रकाशले प्रति सेकेन्ड कति दुरी पार गर्छ ?
A. 1 लाख कि.मि. B. 2 लाख कि.मि. C. 3 लाख कि.मि. D. 4 लाख कि.मि.
15.नेपालको प्रमाणिक समय निर्धारण गर्नुभन्दा अघि झापा र कन्चनपुरको समयमा 32 मिनेटको समय फरक थियो भने नेपालको समय देश भरी एउटै हुने गरी प्रमाणीक समय कहिले निर्धारण गरिएको हो ?
A. 2043।1।1 B. 2040।1।1 C. 2046।1।1 D. 2042।1।1
16.रामसार सूचीमा सुचिकृत नेपालका 10 स्थान मध्ये क्षेत्रफलको हिसाबमा कास्कीका 9 तालले सबैभन्दा धेरै क्षेत्रफल 26,106 हेक्टर ओगट्दछन भने सबैभन्दा कम क्षेत्रफल ओगट्ने स्थान कुन हो ?
A.जगदीशपुर ताल B. माई पोखरी C. शे-फोक्सुन्डो ताल D. घोडाघोडी ताल
17. राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धमा गलत भनाई छनौट गर्नुहोस् ।
A. राष्ट्रिय सुरक्षा परिषद्मा रक्षा सचिव सदस्य हुनेछ ।
B. राष्ट्रिय सुरक्षा परिषद्मा मुख्य सचिव सदस्य हुनेछ ।
C. राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानसेनापति सदस्य हुनेछ ।
D. राष्ट्रिय सुरक्षा परिषद ७ सदस्य हुनेछन ।
18. दोस्रो बिश्वयुद्धमा सबैभन्दा अन्तिममा आत्मसमर्पण गर्ने देश कुन हो ?
A.जर्मनी B. बेलायत C. जापान D. अष्ट्रिया
19. सर्वप्रथम भिक्टोरिया क्रस पाउने नेपाली को हुन ?
A.करण बहादुर राना मगर B. कुलवीर थापा
C.तुलबहादुर पुन D. शेयर बहादुर थापा
20.बिभिन्न पर्वमा पोल खोल्ने ब्यक्तिहरु को – को हुन ? जोडा मिलाउनुहोस्।
a.लाइब्रेरी पर्व 1. लक्ष्मणराज
b.भण्डारखाल पर्व 2. रामचन्द्र अधिकारी
c.प्रचण्ड गोर्खा पर्व 3. पण्डित बिजयराज
d.38 सालको पर्व 4. उत्तरध्वज खवास
A. a-2, b-3,c-1,d-4 B. a-4,b-3,c-1,d-2
C. a-4,b-3,c-2,d-1 D. a-3,b-1,c-2,d-4
उत्तरहरुः
1. D 11. B
2. C 12. B
3. A 13. A
4. C 14. C
5. B 15. D
6. A 16. B
7. D 17. A
8. A 18. C
9. B 19. B
10. D 20. A
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610