प्रमुख प्रशासकीय अधिकृत आर्थिक अधिकार र आर्थिक नियम तथा प्रशाशनिक कामकाज गर्ने गराउने स्थानीय तहको कार्यलयको कार्यलय प्रमुख हुन्। पालिकाभत्र भइरहेको कामलाई जनतासमक्ष पुर्याउने र केही पालिकाहरुमा भौगलिक विकटताका र सिमित स्रोत साधनका बीच काम गर्न असहज भईरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन? त्यहाँका जनताको अपेक्षा के छ? यिनै कुरालाई मध्यनजर गर्दै चैतन्य खबरले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गर्दे आइरहेको छ । चैतन्य खबरका लागी निर्मला कडायतले आज मुगु सोरु गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत तिर्थराज शाहीसँग गरेको संवादको सम्पादित अंश:
1. तपाईँ हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको कति भयो ?
मैले सोरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको एक वर्ष भन्दा बढी भयो ।
2. यो अवधिमा यहाँका जनप्रतिनिधिको व्यवहार र माहोल कस्तो पाउनु भयो ?
जनप्रतिनिधिहरुको राम्रो साथ र सहयोग पाइरहेको छु। मैले आएको दिनबाट नै यहाँका कर्मचारीसँग बस्ने, छलफल गर्ने, वडा सचिवहरुसँग बस्ने र आएका सेवाग्रहीसँग उहाँहरुले चाहिँ रहनु भएको सेवाका बारेमा बुझ्ने गरेको छु। हाम्रो चाहाना भनेकै जनपक्षीय सेवा प्रवाह गर्नु हो। त्यसमा सजग छु। र सोही अनुरुप हामी कर्मचारी र जनप्रतिनिधि मिलेर काम गरिरहेका छौं।
3. पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनु भएको छ ?
जनअपेक्षा त धेरै नै छन। पालिकामा जनताको अपेक्षा चाहिँ कुनै पनि सेवाहरु गुणस्तरीय र समयमै पाउनुपर्छ भन्ने छ, र जनअपेक्षा अनुसार हामीले सेवाहरु पनि दिइरहेका छौं।
4. तपाईँले पालिकामा प्रशासकीय कार्यशक्तिको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
विभिन्न शाखा छन्। विभिन्न तहका अधिकृत स्तरमा जिम्मेवारी बाँडफाँड गरेका छौं। शाखामार्फत हुने सेवा प्रवाहलाई चेस्तता पार्नेलगायत त्यहाँकासमस्याको पहिचान गरेर समाधान हुनेगरि कामहरु गर्नेछा
5. कर्मचारीको प्रायाप्तता, सहजता, असहजता के छ?
हाम्रो पालिकामा कर्मचारीको अभाव नै छ। यसले गर्दा हामीले जनताले अपेक्षा गरे अनुसार सेवा प्रवाहा गर्न सकिरहेका छैनौं। यधवी हामी जति कर्मचारी छौं, जनतालाई राम्रोसँग सेवा दिइरहेका छौं।
6. के भइदिएमा अझै गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ जस्तो लाग्छ?
जनशक्ति प्रयाप्त छैन्। भएको जनशक्ति पनि सबै किसिमको तालिम लगाएर स्थानीय सरकारका अधिकारहरु कार्यन्वयन गर्न सिकीसकेको छ भने् यसमा पौयाप्त रुपमा सँस्थागत र क्षमतागत दुवै विकास गर्न सकेका छैनौं। यो भइदिएको भए स्थानीय तहबाट हुने सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन सकिने थियो।
7. अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहेका परिक्षार्थीलाई के भन्न चाहानु हुन्छ?
नेपालमा नै बसेर केहि गर्छु भन्ने सोचमा हुनुहुन्छ भने सबै भन्दा उत्तम विकल्प नै लोकसेवा हो युवाहरु, बालबालिकाहरु भविष्यका कर्णधार हुँन भन्ने मान्यता छ। यो मान्यतालाई पुरा गर्नका लागि सबै भन्दा उत्तम विकल्प भनेकै लोकसेवा हो। यदि तपाईहरु लोकसेवा तयारी गरिरहनु भएको छ भने, नआत्तीएर, अन्त मन नडुलाइर, मेहेनतकासाथ लोकसेवा तयारी गर्नुहोस् । साच्चैकै युवाहरु, बालबालिकाहरु भविष्यका कर्णधार हुँन भन्ने प्रमाण्ीत हुन्छ।
8. कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई?
तयारी गर्दा अन्त कतै मन नडुलाउने, लोकसेवाका कलासहरु लिने, स्कुल, कलेजमा पढेजस्तो हदेन लोकसेवामा चाहि सिरीयस भएर पढ्नु पर्छ। हरेक विषयबस्तुलाई पढ्न सकेउ, बुझ्न सकेउ र त्यसलाई प्रस्तुत गर्न सकेउ भने अबश्य पनि लोकसेवामा सफलता प्राप्ता हुन्छ।