लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 17:32:45
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. क्षेत्रफलका आधारमा सानोबाट ठुलो सार्क राष्ट्रको क्रम कुन ठीक हो ?
    A. बंगलादेश, श्रीलंका, अफगानिस्तान, नेपाल       B. बंगलादेश, अफगानिस्तान, श्रीलंका, नेपाल
    C. श्रीलंका, बंगलादेश, नेपाल, अफगानिस्तान       D. श्रीलंका, नेपाल, अफगानिस्तान, बंगलादेश

    2. विश्वको सबैभन्दा ठूलो प्रायद्धिप कुन हो ?
    A. जापान प्रायद्धिप        B. ग्रीनल्याण्ड प्रायद्धीप          C. वेष्टण्डिज प्रायद्धिप       D. अरव प्रायद्धिप

    3. देहायका भनाई विचार गर्नुहोस् ।
    I. नेपालमा सूचीकृत आदिवासी जनजातिको संख्या ६१ रहेको छ ।
    II.रानाथारु नेपालको ६० औ सूचीकृत आदिवासी जनजाति हो ।
    III. हुम्लु नेपालको ६१ औ सूचीकृत आदिवासी जनजाति हो ।
    A. I र II मात्र सहि                         B. I II र III सबै सही
    C.I र III मात्र सही                         D. II र III मात्र सही

    4. सावर छालाको लागि प्रसिद्ध स्थान कुन हो ?
    A. डोल्पा                        B. भक्तपुर                      C. दोलखा                         D. दैलेख

    5. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    महादेश                                   नदी
    a. एशिया                              1. भोल्गा
    b. दक्षिण अफ्रिका                2. अमेजन
    c. अष्ट्रेलिया                           3. याङ्जे
    d. युरोप                                4. मर्रे डार्लिङ
    A) a1,b2,c3,d4           B) a3,b2,c1,d4       C) a4,b1,c3,d2           D) a3,b2,c4,d1

    6. नेपालमा राहदानी प्रथाको सुरुवात कसले गरेका हुन ?
    a. वीरशमशेर               B. चन्द्रशमशेर               C. भीमशमशेर            D. खडग्शमशेर

    7. पशुपतिका पाँच मुख पूर्व, पश्चिम, उत्तर, दक्षिण र ईशान क्रमशः कुन कुन हुन् ?
    A. तत्पुरुष, सद्योजात, बामदेव, अघोर, उध्र्व          B. तत्पुरुष, बामदेव, सद्योजात, अघोर, उध्र्व
    C. सद्योजात, तत्पुरुष, बामदेव, अघोर, उध्र्व           D. बामदेव, अघोर, तत्पुरुष, उध्र्व, सद्योजात

    8. यदी रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति हुँदैन्थ्यो भन्ने शासक को हुन् ?
    A. मन्टेस्क्यु                 B. माईकल एन्जेलो          C. नेपोलियन बोनापार्ट           D. कार्ल माक्र्स

    9. सिद्धार्थ गौतमको सारथीको नाम के हो ?
    A. विजय                  B. अनुमती                    C. छन्दक                   D. द्धौपायन

    10. दिइएका मध्ये कुन जोडा गलत छ ?
    नेपाल नाम (नदी) भारत प्रवेश नाम(नदी)
    क) महाकाली – सरयु
    ख) कन्काई – विरिङ्ग
    ग) मेची – महानन्दा
    घ) कर्णाली – दामोदर
    A. ख र ग                  B. क र घ                         C. ख र घ                            D. क र ग

    11. देहायका मध्ये संवैधानिक परिषद्मा सदस्यको रुपमा नरहने पद कुन हो ?
    A. प्रधानन्यायधीश                              B. राष्ट्रिय सभाको उपाध्यक्ष
    C. प्रतिनिधिसभाका उपसभामुख        D. प्रतिनिधि सभाको विपक्षी दलको नेता

    12. निजामती सेवाको परिभाषा संविधानको धारा कतिमा उल्लेख गरिएको छ ?
    A. धारा २४२                         B. धारा २४३                   C. धारा २४४                  D. धारा २४५

    13. नेपालको वर्तमान संविधानको भाग-३३ मा के व्यवस्था गरिएको छ ?
    A. संकटकालीन व्यवस्था           B. संक्रमणकालिन व्यवस्था
    C. संविधान संशोधन                  D. विविध

    14. नेपालमा सर्वप्रथम प्रतिनिधि सभाको बैठक कहिले बसेको थियो ?
    A. वि.सं.२०१६ असार १६             B. वि.सं. २०६३ जेठ ४
    C. वि.सं. २०३६ माघ २४               D. वि.सं. २०५० असार २२

    15. लम्बाईको आधारमा बढ्दो क्रममा कुन सही छ् ?
    A. मध्यपहाडी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजपथ
    B. मध्यपहाडी राजमार्ग, महेन्द्र राजमार्ग, त्रिभूवन राजपथ, सिद्धार्थ राजमार्ग
    C. महेन्द्र राजमार्ग, मध्यपहाडी राजमार्ग, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजपथ
    D. सिद्धार्थ राजमार्ग, त्रिभुवन राजपथ, महेन्द्र राजमार्ग, मध्यपहाडी राजमार्ग

    16. नेपाल सन् २०२४ मा आर्थिक स्वतन्त्रता सूचकांकमा कति औ स्थानमा रहेको छ ?
    A. १३० औ                    B. ९५ औ              C. १४२ औ                     D. १०३ औ

    17. आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सबै भन्दा धेरै नाफामा रहेको सार्वजनिक संस्थान कुन हो ?
    A. नेपाल दुरसञ्चार                               B. नागरिक लगानी कोष
    C. नेपाल विद्युत प्राधिकरण                 D. नेपाल आयल निगम

    18. तलका भाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. भण्डारखाल पर्व रानी राज्यलक्ष्मीको निर्देशनमा जगं बहादुरको हत्या गर्न रचिएको थियो ।
    २. भण्डारखाल पर्व वि.सं. १९०३ कार्तिक १२ गते घटेको थियो ।
    ३. कान्तिपुरमा मानव बस्ती बसाल्ने राजा गुणकामदेव हुन ।
    A. १ र ३ सहि ३ गलत            B. १ र २ मात्र सहि            C. सबै सहि               D. २ मात्र सहि

    19. १६ औ योजनाले योजनाको अन्त्य सम्म भ्रष्टचार न्यूनीकरण अनुभूति सूचकांक कति पु¥याउने लक्ष्य राखेको छ ?
    A. ६५                                   B. ७०                           C. ३५                             D. ४०

    20.स्थापनाका आधारमा औद्योगिक क्षेत्रको अघिल्लो देखि पछिल्लो क्रम छान्नुहोस् ।
    A. धरान, हेटौडा, भक्तपुर, पाटन, बालाजु            B. बालाजु, पाटन, हेटौडा, भक्तपुर, धरान
    C. बालाजु, हेटौडा, पाटन, धरान, भक्तपुर             D. बालाजु, धरान, हेटौडा, पाटन, भक्तपुर

    उत्तरहरुः

    1. D   11. B
    2. B   12. B
    3. B   13. B
    4. D   14. A
    5. D    15. D
    6. B    16. C
    7. A    17. D
    8. C    18. C
    9. C     19. C
    10. B    20. C

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamul, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 985114610