1. महेन्द्र राजमार्ग सम्बन्धि तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. जोड्ने स्थान झापाको काँकडभिट्टा र कञ्चनपुरको वनवासा हो ।
२. नछुने तराईको जिल्ला पर्सा हो ।
३. छुने पहाडी जिल्ला अर्घाखाँची हो।
A. सबै सहि B. १ र २ मात्र सहि C. २ र ३ मात्र सहि D. सबै गलत
2. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. सार्कको पहिलो क्षेत्रीय केन्द्र – सार्क कृषि सुचना केन्द्र
B. सार्कमा जलपरिवेष्ठित देशहरु – श्रीलंका र माल्दिभ्स
C) Land of golden fiber भनेर चिनिने देश – अफगानिस्तान
D. सार्कमा प्रतीक चिन्ह निर्माण गर्ने व्यक्ति – शैलेन्द्र महर्जन हुन
3.UNDP(United Nation Development Programme) को स्थापना कहिले भएको हो ?
A. सन् १९६३ B. सन् १९६४ C. सन् १९६५ D. सन् १९६६
4. तल दिइएका जोडाहरु विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ?
संस्थाहरु नेपालको सदस्य
1. अन्तर्राष्ट्रिय मुद्रा कोष – सन् १९६१
2. विश्व जलवायु संगठन – सन् १९७८
3. विश्व बौद्धिक सम्पति संगठन – सन् १९९७
4. विश्व हुलाक संघ – सन् १९५६
A. ज्ञ र द्द मात्र सहि B. सबै सहि C. घ र द्ध मात्र सहि D. सबै गलत
5. दीगो विकासका लक्ष्यहरु सम्बन्धी जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
दिगो विकास लक्ष्य
a. Life Below Water 1. लक्ष्य १७
b. Life on Land 2. लक्ष्य १३
c. Climate Action 3. लक्ष्य १४
d. Partnerships for the Goals 4. लक्ष्य १५
5. लक्ष्य १२
A) a1,b2,c3,d4 B) a4,b3,c1,d2 C) a3,b4,c2,d1 D) a3,b5,c1,d4
6. एउटा वयस्क मानिसलाई औषत दैनिक अक्सिजन कति आवश्यकता पर्दछ ?
A. २.६ के.जी B. २.७ के.जी C. २.८ के.जी D. २.९ के.जी
7. पानी जहाजमा समय पत्ता लगाउने यन्त्रलाई के भनिन्छ ?
A) Telescope B) Breathlizer C) Chronometer D) Graviemeter
8. वैज्ञानिक अल्वर्ट आइन्सटाईनले प्रतिपादन गरेको सिद्धान्त कुन हो ?
A. सापेक्षिक घनत्व B. तापायनिक विसर्जन C. जिवाणु D. सापेक्षता
9. विभिन्न रोग र तिनका जीवाणुका सम्बन्धमा तल दिइएका कुन जोडा गलत छ ?
A. पोलियो-जीवाणु B. टिटानस -जीवाणु
C. कालाजार -परिजीवाणु D. मलेरिया – परजीवाणु
10. सम्पति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुनेछ ,यो कुन मौलिक हक अन्र्तगत पर्दछ ?
A. सम्पतिको हक B. सामाजिक न्यायको हक C. समानताको हक D. महिलाको हक
11. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१) जिल्ला अदालतमा ५ वर्ष काम गरेको न्यायाधीश उच्च अदालतको न्यायधीश बन्न सक्ने,
२) सर्वोच्च अदालतमा ५ वर्ष काम गरेको न्यायाधीश प्रधानन्यायधीश बन्न सक्ने,
३) प्रधानन्यायधीशले प्रधानमन्त्री समक्ष पद तथा गोपनियता सपथ लिने ।
A. माथिका सबै सहि B. १ र २ गलत ३ सहि C. सबै गलत D. १ र ३ सहि २ गलत
12. असल शासनका चारवटा खम्बा अन्र्तगत कुन विषयहरु पर्दछन ?
A. उत्तरदायित्व, समनता, पारदर्शिता, जनसहभागिता
B. उत्तरदायित्व, समनता, जनसहभागिता, कानुनको शासन
C. उत्तरदायित्व, जनसहभागिता, पारदर्शिता, कानुनको शासन
D. उत्तरदायित्व, समनता, पारदर्शिता, कानुनको शासन
13. तल दिइएका भनाई मध्ये कुन भनाई सहि छन ?
१. भ्गागुतेरोग जिवाणुको कारणले लाग्दछ ।
२. दादुरा रोगबाट MMR भ्याक्सिन दिईन्छ ।
३. एड्स Rhino Virus को कारणले लाग्ने रोग हो ।
४. ECG नामक यन्त्र मतिष्क अङ्गको परिक्षणको लागि प्रयोग गरिन्छ ।
A. सबै ठिक B. १ र २ मात्र ठिक C. २ र ४ मात्र ठिक D. १ र ३ मात्र ठिक
14. राष्ट्रिय जनगरणना २०७८ नतिजा अनुसार कोशी प्रदेशमा महिला साक्षरता दर कति रहेको छ ?
a. ७६.६ प्रतिशत B. ७६.७ प्रतिशत C. ७६.८ प्रतिशत D. ७६.९ प्रतिशत
15. जोडा मिलान गरि सहि उत्तर छनोट गर्नुहोस् ।
जाति समूह
a.राउटे 1. उन्नत समूह
b.झाँगड 2. द्रविड समूह
c.थकाली 3. राजवंशी
d.देउनीया 4. भोटबर्मेली
A) a1,b2,c3,d4 B) a2,b3,c1,d4 C) a4,b2,c1,d3 D) a2,b1,c4,d3
16. वातावरण संरक्षण सम्बन्धी संस्था Green Peace को स्थापना कहिले भयो ?
A. सन् १९६९ B. सन् १९७० C. सन् १९७१ D. सन् १९७२
17. विभिन्न सहरहरुको पश्चिम देखि पुर्वको क्रम कुन सहि छ ?
A. जनकपुर, भरतपुर, बुटवल, धनगढी B. धनगढी, बुटवल, भरतपुर, जनकपुर,
C. भरतपुर, जनकपुर, बुटवल, धनगढी D. बुटवल, भरतपुर, धनगढी, जनकपुर,
18. नेपालको संविधानको धारा ५८ मा के सम्बन्धी व्यवस्था गरिएको छ ?
A. आर्थिक अधिकारको प्रयोग B. राजस्वको बाँडफाँड
C. अवशिष्ट अधिकार D. राज्य शक्तिको बाँडफाँड
19. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. कानुनका शासनको सिद्धान्तका प्रतिपादक एभी डायसी हुन ।
२. नेपालमा सर्वप्रथम समावेशीकरण सुरुवात गर्ने संविधान वि.सं. २०४७ हो ।
A. १ मात्र ठिक B. २ मात्र ठिक C. दुवै ठिक D. दुवै बेठिक
20. जोडा मिलाउनुहोस् विकलपबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
1. क्याप्सियन ताल a. विश्वको सबैभन्दा गहिरो ताल
2. भिक्टोरिया ताल b. अफ्रिका महादेशको सबैभन्न्दा गहिरो ताल
3. ताङ्गानिक ताल c. अफ्रिका महादेशको सबैभन्दा ठुलो ताल
4. बैकाल ताल d. विश्वको सबैभन्दा ठुलो ताल
A) 1d,2c,3b,4a B) 1d,2c,3a,4b C) 1a,2b,3d,4c D) 1b,2a,3b,4c
1. A 11. B
2. C 12. C
3. C 13. B
4. B 14. A
5. C 15. C
6. B 16. C
7. C 17. B
8. A 18. C
9. A 19. A
10. D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610
Post Views: 311