1.तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
नदी पौराणिक नाम
A. लिखु – हेमगंगा
B. झिमरुक -धर्मावती
C. सप्तकोशी – कुमारी नदी
D. तामाकोशी – सूर्यवती
3. सौर्य प्रणालीमा भित्री ग्रह भनेर चिनिने ग्रह कुन कुन हुन ?
A. बुध, शुक्र, पुथ्वी र मंगल B.बुध, शुक्र, पृथ्वी र शनी
C. बुध, पृथ्वी, मंगल र वृहस्पति D.शुक्र, पृथ्वी मंगल र वृहस्पति
4. क्षेत्रफलका हिसाबले ठुलो देखि सानो महादेशको सहि क्रम कुन हो ?
A. युरोप, उत्तर अमेरिका,दक्षिण अमेरिका र अष्ट्रेलिया
B. उत्तर अमेरिका, युरोप, दक्षिण अमेरिका र अष्ट्रेलिया
C. उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप र अष्ट्रेलिया
D. अष्ट्रेलिया, उत्तर अमेरिका, दक्षिण अमेरिका र युरोप
5. आसियानका निम्न सदस्य राष्ट्रहरुबारे बिचार गरी सही उत्तर छान्नुहोस् ।
1. भियतनाम 2. लाओस 3. म्यानमार 4. सिंगापुर
माथि दिइएका मध्ये आसियानको संस्थापक राष्ट्र कुन कुन हुन ।
A. १ र ४ मात्र B. १,२ र ४ मात्र C. ३ र ४ मात्र D. ४ मात्र
6. लाभा सतहमा आउने मुख्य नलीको दाँयाबाँयाबाट गएको सहायक नलीलाई के भनिन्छ ?
A. डाईक B. के्रेटर C. लाभा D. म्याग्मा
6.पद्मश्री साहित्य पुरस्कार–२०८१ कसलाई प्रदान गरियो ?
A) पवन कुमार चामलिङ B) प्राडा केदारभक्त माथेमा C) प्रा. कृष्ण गौतम D) माथिका सबै
7. नेपालमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउन कहिलेदेखि थालिएको हो ?
A. सन् २००२ B. सन् २००४ C. सन् २००३ D. सन् २००५
8. तल दिइएका जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार आविष्कारक
1. स्टीक इन्जिन – जर्ज इष्टमेन
2. सिनेमास्कोप – हेनरी चे्रटिन
3. लाउड स्पीकर – थामेस अल्वा एडिसन
A. सबै सहि B. १,३ सहि २ गलत C. सबै गलत D. २,३ सहि १ गलत
9 . एन्टिबायोटिक्सको विकल्पको रुपमा वैज्ञानिकहरुले विकास गरेको औषधिको नाम केहो ?
A. स्टाफेफेक्ट B. डल्भान्स C. अर्वाटिक्स D. सिभेक्ट्रो
10. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. नेपालको श्रीलंका भनेर कोशिटप्पु ठाउँलाई चिनिन्छ ।
२. चुरे पर्वतको सबैभन्दा कम चौडा भाग मकवानपुर जिल्लामा पर्दछ ।
३. पुर्वी रुकुमभन्दा पहिले नेपालको कान्छो जिल्ला भनेर कालिकोटलाई चिनिन्थ्यो ।
A. १,२ सहि B. २,३ सहि C. सबै सहि D. सबै गलत
11. द्धितीय विश्वयुद्धको प्रारम्भ कुन कुन राष्ट्रको युद्धबाट सुरु भएको हो ?
A. जर्मनी र फ्रान्स B. जर्मनी र पोल्याण्ड C. अमेरिका र जापान D. अष्ट्रिया र सर्विया
12. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
बस्ती बसाउने राजा
A. कीर्तिपुर 1. आनन्ददेव
B. भक्तपुर 2. शिवदेव प्रथम
C. ललितपुर 3. वरदेव
D. पाल्पा 4. रन्त सेन
A. a1,b2,c3,d4 B. a2,b3,c4,d1 C. a4,b3,c1,d2 D. a2,b1,c3,d4
13.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. भण्डारखाल पर्व १९०३ कार्तिक १२ गते घटेको थियो ।
२. भण्डारखाल पर्वमा पहिला मारिने व्यक्ति विरध्वज बस्नेत हुन ।
३. औलौ पर्व १९०४ साउन १३ गते घटेको थियो ।
A. सबै सहि B. १,३ सहि २ गलत C. १,२ सहि ३ गलत D. सबै गलत
14. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
धर्म धार्मिक ग्रन्थ
a. बौद्ध 1. कुरान
b. इसाई 2. त्रिपिटक
c. इस्लाम 3. बाईबल
4. पुराण
A. a1,b2,c3 B. a4,b1,c3 C. a2,b3,c1 D. a2,b1,c3
15. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. सटही विवाह -राजी
B. सुपारी विवाह – धिमाल
C. लतार्ने विवाह – छन्त्याल
D. केटी किनेर विवाह – किसान
16. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
लेखक पुस्तक
a. रामप्रसाद राय 1. रेन्जिन दोर्जे
b. रविन्द्र तामाङ 2. Stolen Image of Nepal
c. केसाङ्ग मोक्तान तामाङ 3. बहुआ और बहुरिया
d. लैनसिंह वाङ्देल 4. मुग्लानरी एकाङ्की
A. a1,b2,c3,d4 B. a3,b4,c1,d2 C. a3,b1,c2,d4 D. a3,b4,c2,d1
17. लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ?
a. ब्राही B. पाली C. अवधि D. संस्कृत
18.’SEZ’ भन्नाले अर्थतन्त्रको शब्दमा तल दिइएका मध्ये कुनलाई बुझिन्छ ?
A. विशेष व्यापार क्षेत्र B. विशेष निर्यात क्षेत्र C. बन्दरगाह क्षेत्र D. विशेष आर्थिक क्षेत्र
19. विसं २०८१ भदौ ३१ को संवैधानिक परिषद्को बैठकले प्रधान न्यायाधीशमा कसलाई सिफारिस गर्ने निर्णय गर्यो ?A. श्री विश्वम्भरप्रसाद श्रेष्ठ B. प्रकाशमान सिंह राउत C. श्री हरिकृष्ण कार्की D. श्री ओमप्रकाश मिश्र
20. २०२३ नोबेल साहित्य पुरस्कार कसलाई पदान गरिएको थियो ?
A. Annie ernaux B. Jon Foss C. Anne Sexton D. Sylvia Plath
उत्तरहरुः
1. D 11. B
2. A 12. D
3. C 13. A
4. D 14. C
5. A 15. D
6. C 16. B
7. B 17. B
8. D 18. D
9. A 19. B
10. C 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 677