लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 14:30:38
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1.विभिन्न वैज्ञानिक र तिनका आविष्कार जोडा विच विचार गरि गलत जोडा छनोट गर्नुहोस् ।
    1.क्यामेरा – जोसेफ नियसी                    2.डायनामो – अल्फ्रेड नोबेल
    3.फोटोग्राफ – जोनसन जोख्राय            4. प्यारासुट – जीन ब्लेनचार्ड
    A. २ र ३ मात्र               B. ३ र ४ मात्र            C. २ मात्र               D. सबै गलत छन

    2.Genetics -RNA1 क्षेत्रसँग सम्बन्धित वैज्ञानिक कुन हुन ?
    A. एन्थोनी फायर          B. रोनाल्ड इभान्स           C. अलेन बार्ड             D. रोगेर पेनरोज

    3.नेपालको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बमोजिम क्रमशः आर्थिक वृद्धिदर कति प्रतिशत पु¥याउने र मुद्रास्फीति कति प्रतिशतमा सिमित राख्ने लक्ष्य राखिएको छ ?
    A. ७ प्रतिशत र ५.५ प्रतिशत                B. ६ प्रतिशत र ६.५ प्रतिशत
    C. ६ प्रतिशत र ५.५ प्रतिशत                D. ६ प्रतिशत र ८.५ प्रतिशत

    4. विश्व दिगो विकासको 12 औ लक्ष्य कुन हो ?
    A. देशभरि वा देशहरु बिच रहेको असमानतालाई न्युन गर्ने
    B. शहरहरुलाई समावेशी,सुरक्षित,सबल र दिगो बनाउने
    C. दिगो उपभोग तथा उत्पादनको ढाँचा सुनिश्चित गर्ने
    D. जलवायु परिवर्तन तथा यसका प्रभावहरु विरुद्ध लड्न तत्काल कारवाही थाल्ने ।

    5. नेपाल र फ्रान्स बीच बिप्पा सम्झौता कहिले गरिएको हो ?
    A. वि.सं. २० अक्टोबर १९८०               B. वि.सं. २० अक्टोबर १९८७
    C. वि.सं. २० अक्टोबर १९८५               D. वि.सं. २० अक्टोबर १९८६

    6. बागमती प्रदेशको ठूलो र सानो जिल्लाहरु कुन कुन हुन ?
    A. काठमाडौँ र भक्तपुर              B. सिन्धुपाल्चोक र भक्तपुर
    C. सिन्धुपाल्चोक र ललितपुर       D. सिन्धुपाल्चोक र रसुवा

    7. ओजोन तहको क्षयीकरण (Thickness of Stratospheric ozone layer) नाप्ने ईकाईकालाई के भनिन्छ ?
    A) Dobson Units          B) Melson units         C) Sieverts            D) Beaufort Scale

    8. निम्नलिखित मध्ये कुन सहि हो छुट्टाउनुहोस् ।
    १. जाजरकोट जिल्लाको रामीडाँडाँ केन्द्रबिन्दु भएर वि.सं.२०८० कात्र्तिक १७ गते मध्यरातमा विनाशकारी भूकम्प गएको थियो ।
    २. भूकम्पबाट सबैभन्दा बढी क्षति भएको जिल्ला रुकुम पश्चिम हो ।
    ३. जाजरकोट भूकम्प ६.४ रेक्टर स्केलको थियो ।
    ४. जाजरकोट भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिकामा पर्छ ।
    A. १, २ र ४ मात्र सहि          B. २ गलत अरु सबै सहि          C. १ र २ सहि ३ र ४ गलत           D. सबै सहि

    9.BIMSTEC, 2023 को नारा निम्न मध्ये कुन हो ?
    A) Towards a peaceful, prosperous, and Sustanable Bay of Bengl Region .
    B) Partnership for Harmony and Prosperity .
    C) Towards a Resilient Region, Prosperous Economics, Healthy people.
    D) Together for trust: Collaborating for a safe and connected future.

    10. नेपाल दुरसञ्चार प्राधिकरणले MDMS कहिले देखि पुनः कार्यान्वयनमा ल्याएको हो ?
    A. वि.सं. २०८० जेठ १            B. वि.सं. २०८० असार १
    C. वि.सं. २०८० बैशाख १       D. वि.सं. २०८० श्रावण १

    11. पृथ्वीका सम्बन्धमा सही भनाई छान्नुहोस् ।
    १) पृथ्वीले सूर्यलाई आफ्नो कक्षमा 30km/s को गतीमा परिक्रमण गर्दछ ।
    २) पृथ्वीको उपग्रहहरु मध्ये चन्द्रमा पनि एक हो ।
    A. १ सहि २ गलत         B. दुवै सहि         C. १ गलत २ सहि              D. दुवै गलत

    12. निम्न मध्ये कुन भनाई गलत छ ?
    A. १५ औ यु-१९ विश्वकप क्रिकेट २०२४ को उपाधि अष्ट्रेलियाले जित्यो ।
    B. एएफसी एसियन कप, २०२३ विजेता राष्ट्र कतार हो
    C. G-7 को ४९ औ सम्मेलन २०२३ इटालीमा भएको हो ।
    D. महिला विश्वकप फुटबल प्रतियोगिता २०२३ विजेता राष्ट्र स्पेन हो ।

    13. राष्ट्रिय जनगणना २०७८,अनुसार तलका भनाई विचार गर्नुहोस् ।
    १. परिवारको आकारमा सबैभन्दा कम भएको जिल्ला दोलखा हो ।
    २. भौगोलिक क्षेत्र अनुसार परिवारको आकार हिमाली प्रदेशमा ३.९९ जना रहेको छ ।
    A. १ ठिक २ बेठिक          B. २ ठिक १ बेठिक         C. दुवै ठिक                D. दुवै बेठिक

    14. नेपाल राष्ट्र बैंकका पूर्व डेपूटी गभर्नर गोपाल काफ्लेको निधन कहिले भयो ?
    A.वि.सं. २०८१ श्रावण १०         B.वि.सं. २०८१ श्रावण २१
    C.वि.सं. २०८१ जेठ १०             D.वि.सं. २०८१ बैशाख १०

    15. कवि चुडामणि सम्राट उपनामले कुन मल्ल राजालाई चिनिन्छ ?
    A. यक्ष मल्ल                 B. भूपालेन्द्र मल्ल       C. प्रताप मल्ल           D. जयस्थित मल्ल

    16. हिन्दु धर्ममा प्रचलित चार वेद मध्ये सबैभन्दा नविनतम वेद कुन हो ?
    A. सामवेद                   B. यजुर्वेद                  C. ऋग्वेद                   D. अथर्ववेद

    17. इतिहासकार एवम् मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन कहिले भयो ?
    A. वि.सं २०८० मंसिर २९              B. वि.सं २०८० असोज २९
    C. वि.सं २०८० कात्तिक २९           D. वि.सं २०८० भदौँ २९

    18. खड्ग निसान अड्डाको स्थापना कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो ?
    A. जंगबहादुर राणा          B. वीर समशेर            C. चन्द्र समशेर         D. जुद्ध शमशेर

    19. गौरीशंकर हिमाल कुन हिमश्रृंखलामा पर्दछ ?
    A. अन्नपूर्ण                        B. महालंगुर                  C. रोल्वालिङ         D. कञ्चनजंघा

    20. ३३ औ गृष्मकालीन ओलम्पिक प्रतियोगिता पेरिस ओलम्पिकु २०२४ मा सबैभन्दा बढी पदक कुन राष्ट्रले जितेको हो ?
    A. अमेरिका                     B. चीन                       C. जापान                  D. अष्ट्रेलिया

    उत्तरहरुः

    1. A  11. B
    2. B  12. C
    3. C  13. A
    4. C  14. B
    5. D 15. B
    6. B 16. D
    7. A  17. B
    8. B 18. C
    9. D  19. C
    10. A  20. A

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100