सामाजिक सञ्जालमा आउने अनावश्यक हल्लाको पछि नलागी आफ्नो क्षमता माथि विश्वास गर्दै निरन्तर अध्ययन गर्नुपर्छ, लोकसेवामा सफलता निश्चित छ :  विर बहादुर ऐर - Chaitanya News
  • 2026-05-23
  • 13:41:43
  • शनिबार,जेठ ०९, २०८३
  • सामाजिक सञ्जालमा आउने अनावश्यक हल्लाको पछि नलागी आफ्नो क्षमता माथि विश्वास गर्दै निरन्तर अध्ययन गर्नुपर्छ, लोकसेवामा सफलता निश्चित छ :  विर बहादुर ऐर

    सामाजिक सञ्जालमा आउने अनावश्यक हल्लाको पछि नलागी आफ्नो क्षमता माथि विश्वास गर्दै निरन्तर अध्ययन  गर्नुपर्छ,  लोकसेवामा सफलता निश्चित छ :  विर बहादुर ऐर

    प्रमुख प्रशासकीय अधिकृत आर्थिक अधिकार र आर्थिक नियम तथा प्रशाशनिक कामकाज गर्ने गराउने स्थानीय तहको कार्यलयको कार्यलय प्रमुख हुन्। पालिकाभत्र भइरहेको कामलाई जनतासमक्ष पुर्‍याउने र केही पालिकाहरुमा भौगलिक विकटताका र सिमित स्रोत साधनका बीच काम गर्न असहज भईरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन? त्यहाँका जनताको अपेक्षा के छ? यिनै कुरालाई मध्यनजर गर्दै चैतन्य खबरले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गरिरहेको छ। चैतन्य खबरका लागी निर्मला कडायतले आज कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत विर बहादुर ऐरसँग गरेको संवादको सम्पादित अंश:

    तपाईँ हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको कति भयो?
    मैले बेलडाँडी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको ६ महिना भयो।

    यो अवधिमा यहाँका जनप्रतिनिधिको व्यवहार र माहोल कस्तो पाउनु भयो?
    मैले आएको दिनबाट नै यहाँका कर्मचारीसँग बस्ने, छलफल गर्ने, वडा सचिवहरुसँग बस्ने र आएका सेवाग्रहीसँग उहाँहरुले चाहिँ रहनु भएको सेवाका बारेमा बुझ्ने गरेको छु। हाम्रा् चाहाना भनेकै जनपक्षीय सेवा प्रवाह गर्नु हो। त्यसमा सजग छु। र सोही अनुरुप हामी कर्मचारी र जनप्रतिनिधि मिलेर काम गरिरहेका छौं।

    पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनु भएको छ?
    जनताका अपेक्षा त धेरै नै छन। विकास योजनादेखि पालिकाले प्रवाह गर्ने सवालमा सहजता हुने उहाँहरुमा अपेक्षा छ। जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न र सेवा प्रवाहका रुपमा उहाँहरुले भोग्नु परेका कठिनाईको समाधान गर्दै प्रविधि र जनमैत्री पालिका बनाउने हाम्रो भूमिका रहने छ।

    तपाईँले पालिकामा प्रशासकीय कार्यशैलिको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ?
    मैले प्रशासनिक कार्य हेर्ने हो। प्रशासनिक कार्यमा कर्मचारीहरुको समय समयमा बोलाउने गरेको छु। आवश्यक निर्देशनहरु दिने, कार्मचारीलाई काममा लगाउन कुनै अप्ठेरो छ भने तयसको समाधान गर्ने, पालिकामा कुनै समस्या छ, जनतालाई दिने सेवामा कुने कमि आएको पाएमा सबै कर्मचारीहरुले छलफल गरेर समाधान गर्ने माध्यमबाट हामी अगाडी बढीरहेका छा्रैं।

    कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ?
    हाम्रो पालिकामा कर्मचारीको प्रयाप्तता नै छ।

    के भइदिएमा अझै गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ लाग्छ?
    सेवाग्रहीहरुले आफ्नो डकुमेन्टहरु, कागजातहरु समयमै ल्याईदिएमा हामी कर्मचारीलाई पनि काम गर्न सजिलो र छिटो हुन्छ। नियम–कानुन अनुसार, निर्देशन अनुसार हामीले काम गर्नु पर्ने हुन्छ त्यहीँ अनुसार सेवाग्रहीहरुले पनि त्यो कुरा बुझिदिए अझ गुणस्तरीय सेवा प्रवाह गर्न सकिने थियो।

    अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनु भएका परिक्षार्थीलाई के भन्न चाहानु हुन्छ?
    फेसबुक लगायत अन्य सामाजिक सञ्जालमा आयने अनावश्यक हल्लाको पछि नलागी, आफ्नो क्षमता माथि विश्वास गर्दै निरन्तर अध्ययन गर्नुपर्छ। लोकसेवामा सफलता निश्चित छ। बजारमा एकै पटकमा एति ठाउँमा नाम निकाले, कलासहरु नलिएर, नपढेर नाम निकाले जस्ता भाइरल खबर आउँछन् । त्यस्ता खबरहरु सत्य नहुन पनि सक्छन्। लोकसेवामा नपढी, कलासहरु नलिई नाम निस्कन्न। लोकसेवामा पढेको मान्छे फेल हुन्छ तर नपढेको मान्छे कहिलै पास हुँदैन। त्यसैले बजारमा आउने भाइरल हल्लाको पछि नलाग्न विद्यार्थीहरुलाई अनुरोध गर्दछु।

    कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई
    परिक्षार्थीमा निर्भर गर्ने कुरा हो। उनले कुन किसिमले अध्ययन गर्छ, कसरी अध्ययन गर्छ। यधवी आफुलाई मनपर्ने विषय र सहज लाग्ने विषयबाट सुरु गरेर जटिल विषयमा प्रवेश गनुपर्छ। अध्ययन तालिका बनाएर पढ्दा राम्रो हुन्छ। लोकसेवाको पढाईलाई जिस्कायनु भने हुदैन। हातमा किताब भएको बेला ध्यान पनि किताबमा नै हुनुपर्छ। आफ्नो ध्यान भड्काउने कुरालाई छेउमा राख्नुहुँदैन। आफैमा अनुशासित हुनुपर्छ।