लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 10:36:35
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. सरकारले कृषिमा लगानी दशकका रुपमा घोषणा गरेको अवधि देहायका मध्ये कुन हो ?
    A. वि.सं. २०८१ -२०९१             B.  वि.सं. २०८१ – २०९२
    C.  वि.सं. २०८० – २०९०           D.  वि.सं. २०७९ देखि २०८९
    2. अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु कहिले गरिएको हो ? 
    A.  २०८१ जेठ १०           B.  २०८१ बैशाख १०           C. २०८१ बैशाख २२             D. २०८१ जेठ २२
    3. पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीलाई गणतन्त्र गौरवमय सम्मान प्रदान कहिले गरियो ?
    A. २०८१ बैशाख १०              B. २०८१ बैशाख ११             C.  २०८१ बैशाख १५          D. २०८१ बैशाख २०
    4. एसीसी मेन्स प्रिमियर कप,2024 विजेता देश कुन हो ?
    A.  अष्ट्रेलिया         B.  भारत           C) UAE            D.  स्पेन
    5. दिइएका भनाईहरु अध्ययन गर्नुहोस् ।
    १. सुनकेशरी मैयाँ कृतिका रचनाकार शताब्दी पुरुष सत्यमोहन जोशी हुन ।
    २. शताब्दी पुरुष सत्यमोहन जोशीको निधन वि.सं. २०७९ असार ३० मा भएको हो ।
    माथि दिइएका मध्ये कुन भनाई सहि छ ?
    A. १ मात्र सहि              B.  दुबै सहि           C. दुबै गलत             D. २ मात्र सहि
    6. वि.सं. २०८१ बैशाख २२ मा कति औ बुद्ध जयन्ती मनाईयो ?
    A. २५६६ B. २५६७ औ C.  २५६८ औ D.  २५६९ आ
    7. भित्री ग्रह अन्र्तगत कुन कुन ग्रहहरु पर्दछन ?
    A. बुध, शुक्र, पृथ्वी र मंगल             B.  बुध, शुक्र, पृथ्वी र शनि
    C. बुध, शुक्र, पृथ्वी र बृहस्पति        D.  बुध, शुक्र, पृथ्वी र अरुण
    8. विश्वका प्रमुख सागरहरु मध्ये ठुलो देखि सानो क्रम कुन हो ?
    A. दक्षिण चिन सागर, भुमध्य सागर, पुर्वि चीन सागर, क्यारेवियन सागर
    B.  भुमध्य सागर, क्यारेवियन सागर, पूर्वी चीन सागर, भूमध्ये सागर
    C.  दक्षिण चिन सागर, क्यारेवियन सागर, भूमध्ये सागर, पूर्वी चीन सागर
    D.  भूमध्ये सागर, दक्षिण चीन सागर, पूर्वी चिन सागर, क्यारेवियन सागर
    9. तलका महादेश र देशहरु बीचका जोडाहरु मध्ये गलत जोडा कुन हो ?
    महादेश ठुलो देश सानो देश
    1. अफ्रिका महादेश – अल्जेरिया सेसेल्स 
    2.  युरोप -रुस क्रोसिया
    3.  अष्ट्रेलिया – अष्टेलिया नाउर
    4.  उत्तर अमेरिका -क्यानडा सेन्ट भिसेन्ट एण्ड नेभिस
    A) 1                  B) 2                C) 3                    D) 4
    10. अदुवाका लागि प्रसिद्ध जिल्ला सल्यान हो भने,सानो दुधालु गाईका लागी प्रसिद्ध जिल्ला कुन हो ?
    A. इलाम               B.  ओखलढुगां           C.  बर्दिया             D. बाग्लुङ
    11. पिरामिड हिमाल कुन हिमशृंखला भित्र पर्दछ ?
    A.  कञ्जनजंघा             B. ल्होत्से            C.  धौलागिरी            D. गणेश हिमाल
    12. तलका कथनहरुबारे विचार गरी उपयुक्त विकल्प छनौट गर्नुहोस् ।
    १. सबैभन्दा सानो मुद्रा निष्काशन गर्ने राजा जगतप्रकाश मल्ल हुन ।
    २. आफ्नो नामको अगाडि सुमति लेख्ने राजा जितामित्र मल्ल हुन ।
    ३. प्लेग रोगका कारण मुत्यु हुने राजा भाष्कर मल्ल हुन । 
    A.  १ र २ मात्र ठिक                B.  २ र ३ मात्र ठिक            C.  २ मात्र ठिक             D.  सबै ठिक
    13. राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापना गर्ने उद्देश्यले वि.सं. १९८८ मा स्थापित प्रचण्ड गोरखा नामक संस्थामा को को संलग्न थिए ?
    A.  उमेश विक्रम शाह, खडगमान सिंह, रंगनाथ शर्मा, मैना बहादुर
    B. उमेश विक्रम शाह, लक्ष्मीप्रसाद देवकोटा, मैना बहादुर
    C.  मैना बहादुर, पारसमणि प्रधान, उज्जवल खवास
    D.  तुल्सी मेहर, टंक प्रसाद आचार्य, लक्ष्मी प्रसाद देवकोटा
    14. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    Group I                               Group II 
    1. Flying shuttle              a. जोन के
    2. Spinning Jeney          b.  हारग्रिण्डा
    3. Water Frame               c.  आर्कराईट 
    4. Safety Lamp                d. हम्फ्री डेभी
    A) 1b,2a,3d,4c B) 1d,2b,3a,4d C)1a,2b,3c,4d D) 1d,2c,3d,4a
    15. प्रथम विश्व युद्धको क्रममा जर्मनी सँग शान्ति सम्झौता (Peace Treaty 1917) गर्ने मुलुक देहायका मध्ये कुन हो ?
    A.  बेलायत             B.  अमेरिका              C.  अष्ट्रिया                  D.   रुस
    16. प्रशासन आवश्यकता अनुसार परिवर्तन एंव सुधार गर्न गठित एउटा छुट्टै स्थायी निकाय  O and M सर्वप्रथम कुन मन्त्रालय अन्र्तगत राखिएको थियो ?
    A. परराष्ट्र मन्त्रालय               B.  अर्थमन्त्रालय            C. गृह मन्त्रालय              D.  रक्षा मन्त्रालय
    17. स्थानीय तह अन्र्तगत गाउँपालिका,नगरपालिका र जिल्ला सभा रहने छन भनेर नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ ?
    A.  धारा ५०                     B.  धारा ५५                    C.  धारा ५६                    D. धारा ५१
    18. तलका भनाई विचार गर्नुहोस् । 
    १. फिफा विश्वकप २०२६ को लोगो सन् २०२३ मे 17 मा सार्वजनिक भएको हो ।
    २. ६४ औ साक्षर घोषणा भएको जिल्ला कपिलवस्तु  हो ।
    A. १ मात्र ठिक              B.  दुबै ठिक               C. २ मात्र ठिक                   D.  दुबै बेठिक
    19. मौरी बाजा कुन जातिको परम्परागत बाजा हो ?
    A. कुमाल                   B. सतार                      C. कुसुण्डा                  D. छन्त्याल
    20. तलका भनाई विचार गर्नुहोस् । 
    १. उधौली र उभौली किँरात जातिको सांस्कृतिक पर्व हो ।
    २. सांस्कृतिक सम्पदा सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धि, १९७२ अनुसार सांस्कृतिक सम्पदामा स्मारक ऐतिहासिक भवनहरु र स्मारक स्थलहरु पर्दछन ।
    ३. शिख धर्मका संस्थापक महाविर जैन हुन ।
    माथि दिइएका भनाईहरु कुन कुन सहि छन ।
    A. १ र २ सहि             B. २ र ३ सहि               C.  १ र ३ सहि                D.  सबै सहि
    उत्तरहरुः
    1. A        11. A
    2. D       12. B
    3. A       13. A
    4. C       14. C
    5. A        15. C
    6. C        16. B
    7. A        17. C
    8. C       18. B
    9. B       19. D
    10. C     20. D 

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100