1. राष्ट्रिय जनगणना २०७८ नतिजा अनुसार काठ÷दाउरा प्रयोग गर्ने परिवार कति प्रतिशत रहेको छ ?
A. ५१ प्रतिशत B.५५ प्रतिशत C.५२ प्रतिशत D. ४४.३ प्रतिशत
2. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. सन् २०२४ को G-20 समुहको बैठक ब्राजिलमा हुने भएको छ ।
२. G20 शिखर सम्मेलन २०२३ को आयोजना नयाँ दिल्ली, भारतमा सम्पन्न भएको हो ।
३. भारतमा आयोजित G20 शिखर सम्मेलन २०२३ मा थपिएको २१ औ सदस्य अफ्रिकन यूनियन हो ।
A. सबै सहि B. १,३ मात्र सहि C.१,२ मात्र सहि D. सबै गलत
3. युरोपेली सघं (इयु) ले सन् २०३० सम्ममा कति प्रतिशत हरित गृह ग्यास कटौती गर्ने घोषणा गरेको छ ?
A. ५३ प्रतिशत B. ५० प्रतिशत C. ५५ प्रतिशत D. ६० प्रतिशत
4. वर्तमान संविधानको कुन धारामा विशेषधिकार सम्बन्धि व्यवस्था रहेको छ ?
A. धारा १०० B. धारा १०३ C. धारा १०५ D.धारा १०६
5. पन्ध्रौ पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा प्रति पर्यटक खर्च कति पु¥याउने लक्ष्य लिइएको छ ?
A.४८ डलर B. ७४ डलर C. ८० डलर D.१०० डलर
6. ९२ दिनमा आठ हजार मिटर माथिका १४ वटै हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने नेपाली आरोही को हुन ?
A.शानु शेर्पा B. तेन्जेन शेर्पा C. कामिरिता शेर्पा D. बाबुछिरिङ शेर्पा
7. तलका दिइएका भनाई अध्ययन गरि गलत उत्तर छनोट गर्नुहोस् ?
A) अक्षांश रेखालाई समान्नतर रेखा पनि भनिन्छ ।
B) सम्पूर्ण अक्षांश रेखाहरु पुर्णवृताकार हुन्छन ।
C) भूमध्य रेखा सबैभन्दा लामो अक्षांश रेखा हो।
D) भुमध्य रेखाको सहायताबाट स्थानिय समय थाहा पाउन सकिन्छ ।
8. सौर्यमण्डलको सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह देहायका मध्ये कुन हो ?
A. शनि ग्रह B.मंगल ग्रह C. बुध ग्रह D. बृहस्पति ग्रह
9. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह-I समुह-II
A. मिस नेपाल, २०२२ 1. सोफिया भुजेल
B. मिस यूनिभर्स नेपाल, २०२२ 2.प्रियंका रानी जोशी
C. मिस्टर नेपाल, २०२२ 3. नुतन श्रेष्ठ
A, A1,B2,C3 B) a2,b1,c3 C) a2,b3,c1 D) a3,b1,c2
10. नयाँ बनेको धरहराको उचाई कति रहेको छ ?
A.८३.८५ मिटर B. ८२.८५ मिटर C. ८४.८५ मिटर D. ८६.८५ मिटर
11. नेपालको प्रामाणिक समय कहिले देखि लागु भएको हो ?
A. वि.स २०४२ बैशाख ३ गते B. वि.स २०४२ बैशाख २ गते
C. वि.स २०४२ बैशाख १ गते D. वि.स २०४२ बैशाख ४ गते
12. भारत बाट दुई जिल्लालाई मात्र छोएर तिब्बत पुग्न सकिने जिल्ला तलका मध्ये कुन कुन हुन ?
A.धादिङ, गोर्खा, चितवन B. धादिङ, कञ्चनपुर, चितवन
C. चितवन, दार्चुला, गोर्खा D. सिन्धुली, गोर्खा, चितवन
13. सुर्खेतको पुरानो नाम दोभानचौर हो भने, स्वयम्भुको पुरानो नाम के हो ?
A. स्वर्गद्धारी B. मण्डपगीरी C. भैसालोटन D. पद्मकण्ठगिरी
14. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. अरुण नदीलाई तिब्बतमा फुङचु नामले चिनिन्छ ।
२. निर्जीव ताल भनेर फोक्सुण्डो ताल लाई चिनिन्छ ।
३. फोक्सुडो ताल काञ्जिरोवा हिमालको काखमा रहेको छ ।
A.१,२ मात्र सहि B. २,३ मात्र सहि C.सबै सहि D. १,३ मात्र सहि
15. समशीतोष्ण कोणधारी वन कति मिटर सम्म पाईन्छ ?
A. १२०१- २१०० मि. B.२१०१-३३५० मि.
C. ३३५१ – ५००० मि. D. २१०२-३३५० मि.
16. सबैभन्दा लामो सामुद्रिक किनारा भएको महादेश कुन हो ?
A.युरोप महादेश B. अष्ट्रलिया महादेश
C.एशिया महादेश D.दक्षिण अमेरिका महादेश
17. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. विश्वको सबैभन्दा नुनिलो पानीको सागर भूमध्ये सागर हो ।
२. विश्वको सबैभन्दा कम नुनिलोपना भएको महासागर कुमेरु महासागर हो ।
A. दुवै सहि B. १ मात्र सहि C. २ मात्र सहि D.दुवै गलत
18.चालु पन्ध्रौ योजना अनुसार योजनाको अन्त्य सम्म रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा कति पु¥याउने अनुमान गरेकोे थियो ?
A. ६० प्रतिशत B. ७० प्रतिशत C. ७५ प्रतिशत D. ८० प्रतिशत
19. राष्ट्रिय जनगणना २०७८ नतिजा अनुसार तराई क्षेत्रमा जनसंख्या वृद्धिदर कति रहेको छ ?
A.१.५३ प्रतिशत B.१.५२ प्रतिशत C. १.५४ प्रतिशत D. १.५५ प्रतिशत
20.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
महादेश घाँसे मैदान
A. एशिया महादेश 1. भेल्ड
B. अफ्रिका महादेश 2. प्रेयरी
C. उत्तर अमेरिका 3. स्टेप्स
D. दक्षिण अमेरिका 4. पेम्पाज
A, a1,b2,c3,d4 B) a3,b2,c1.d4 C) a3,b1,c2,d4 D) a2,b1,c4,d3
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100