ईर्ष्या, द्वेष, घृणा, क्रोध , प्रतिशोध व्यवस्थापनका लागि अध्यात्म मार्ग: तोमनाथ उप्रेती - Chaitanya News
  • 2026-07-07
  • 15:03:02
  • मंगलबार,आषाढ २३, २०८३
  • ईर्ष्या, द्वेष, घृणा, क्रोध , प्रतिशोध व्यवस्थापनका लागि अध्यात्म मार्ग: तोमनाथ उप्रेती

    ईर्ष्या, द्वेष, घृणा, क्रोध , प्रतिशोध व्यवस्थापनका लागि अध्यात्म मार्ग: तोमनाथ उप्रेती

    अध्यात्म परलौकिक विश्लेषण वा दर्शन होइन । यो स्वयमको अध्ययन हो । प्रत्येक जीवनको एक–एक शरीरमा पृथक सत्ता छ, त्यही अध्यात्म हो । शरीर भित्र चैतन्य छ, प्राण छ । त्यसभित्र आकाश पनि छ । यसबाहेक जे छ, त्यो अध्यात्म हो । ‘अध्यात्म फगत ईश्वरीय चर्चा होइन । यो स्वभाव जान्ने केमेस्ट्री हो । अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो । यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग छ । आत्मालाई परमात्माको अंश मानिन्छ । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन–मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै आध्यात्मिक मार्ग हो । म को हुँ ? यो प्रश्नको खोजीबाट अध्यात्ममा प्रवेश गर्न सकिन्छ । यही खोजले अध्यात्मको मार्गमा डोहो¥याउछ ।

    अध्यात्म एक दर्शन हो, चिन्तन–धारा हो, विद्या हो, हाम्रो सांस्कृतिक परम्परागत विरासत हो, ऋषिहरू एवं मनीषिहरूको चिन्तनको निचोड हो, उपनिषद्हरूको दिव्य प्रसाद हो । आत्मा, परमात्मा, जीव, माया, जन्म–मृत्यु, पुनर्जन्म, सृजना–प्रलयको बारेमा आउने जिज्ञासालाई मेटाउने एउटा अद्भूत साधन अध्यात्म हो ।आध्यात्मिक बौद्धिकता विवेकबाट प्रेरित हुन्छ । हामीमाथि विवेकको शासन हुनुपर्छ । हुनत विवेकको लाभ सबै मान्छे लिन सक्दैन तर, जुन मान्छे विवेकको उपयोग गर्दैन, त्यो आध्यात्मिक हुन सक्दैन । विवेक भनेको सरलता, धैर्यता र विनम्रता हो । त्यो सबै मान्छे आध्यात्मिक बौद्धिकताको लाभ लिन सक्छ, जसले आफनो मनमाथि नियन्त्रण राख्दछ । स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ । आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यामबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ । भनिन्छ, जब मान्छे भावनात्मक रुपले स्वस्थ्य हुन्छ उनलाई जस्तोसुकै ठूलो रोगले पनि केही बिगार्न सक्दैन ।
    अध्यात्म एक दर्शन हो, चिन्तन–धारा हो, विद्या हो, हाम्रो सांस्कृतिक परम्परागत विरासत हो, ऋषिहरू एवं मनीषिहरूको चिन्तनको निचोड हो, उपनिषद्हरूको दिव्य प्रसाद हो । आत्मा, परमात्मा, जीव, माया, जन्म–मृत्यु, पुनर्जन्म, सृजना–प्रलयको बारेमा आउने जिज्ञासालाई मेटाउने एउटा अद्भूत साधन अध्यात्म हो । यो अलग कुरा हो कि यस प्रयत्नले अहिलेसम्म कति सफलता प्राप्त भयो । अहिलेसम्म निर्मित स्थापनाहरू, धारणाहरू, विश्वास, कल्पना कुनै सीमासम्म यथार्थको परिधिलाई लुकाएर राखिएको हुन्छ । यो प्रश्न अनुत्तरित छ, यस दिशामा अनन्त प्रयत्नहरू अनेक उर्वर मस्तिष्कद्वारा गर्ने गरिएको छ । यसमा कुनै सन्देह छैन ।

    वेदको रचनाकाललाई (जो अनुमानित ५००० वर्ष पूर्वको मानिन्छ) ‘वैदिककाल भन्ने गरिन्छ । त्यतिबेला हाम्रो सभ्यता कृषि र पशुपालन युगमा थियो । यस समयका निवासीहरू कर्मठ, प्रकृतिप्रेमी, सरल र यस जीवनलाई भरपूर जिउने लालसा युक्त थिए । उनीहरू प्राकृतिक शक्तिहरूको पहिचान गरेर उनीहरुकै उपासनामा लाग्थे । जस्तो मेघ, जल, अग्नि, वायु, सूर्य, उषा, सन्ध्या आदि र स्वयं यिनको या यिनीद्वारा सञ्चालन गर्नेवाला काल्पनिक आकारहरू (जस्तै, वरुण, इन्द्र, रुद्र) लाई देवको रूपमा मान्यता दिइएको थियो । फेरि यसलाई प्रसन्न राख्न र यसको आक्रोशबाट उत्पन्न अनिष्टसँग बाँच्न, फसल एवं आफूले पालेका जीवजन्तु आदिको सुरक्षा र ती देवबाट उत्पन्न अनिष्टबाट आफ्नो जीवन, आफ्नो फसल, आफ्नो पशुहरूको सुरक्षाको निमित्त अनुष्ठान गर्न थाले । यो अनुष्ठान फेरि आफ्नो कामना–पूर्ति र शत्रुमाथिको विजय आदिको लागि विकसित भयो ।

    अज्ञात परतत्वको खोजी, परमात्माको खोजी, परमात्माको अस्तित्व, उसको स्वरूप, गुण, स्वभाव, कार्यपद्धति, जीवात्माको कल्पना, परमात्मासँग उसको सम्बन्ध, यस भौतिक संसारको रचनामा उसको भूमिका, जन्मसँग पूर्व र त्यसपछिको स्थितिका बारेमा गरिने जिज्ञासा, जीवन–मरणको चक्र र पुनर्जन्मको अवधारणा इत्यादि प्रश्नका बारेमा चिन्तन र चर्चाहरू गर्ने गरिएको छ । यसको आधारमा आ–आफ्नो अवधारणाबारे जानकारी दिइएको छ । यसैको आधारमा पुराणहरू एवं अन्य शास्त्रमा व्याख्याहरू, कथाहरू, सूत्र, सिद्धान्त समेत लेखिए ।

    आधुनिक भौतिक विज्ञानको विकासका साथ प्रयोगधर्मी अनुसन्धानहरू, तार्किक चिन्तन, गणितीय शोध, खगोल सम्बन्धी विभिन्न खोजहरू, पृथ्वीको आकार, गति तथा उसको सूर्य एवं समुच्य ग्रह मण्डलमा स्थितिको सही–सही आकलन गर्नु नै पुराना विश्वासहरु एवं मान्यता स्थापनाको आधार हो । यी कुराहरू अहिले अप्रासंगिक लाग्न थालेको छ ।

    अहिले त जे कुरा हाम्रो अघि छ, तर्क र वैज्ञनिक प्रयोगसँग प्रमाणित गर्न योग्य छ । त्यही कुरा विश्वसनीय कुरा हुन् । अज्ञात, अबुझ, अपरिभाषित, कल्पनाजन्य, अप्रकट वा असिद्ध तत्व मान्य छ तर वैज्ञानिक विचारधारासँग मेल खानेवाला भएका कारण यो अस्वीकार्य भएको छ । फेरि पनि यदि उनीहरू आफ्नो भावना, धारणा, आस्था, मान्यताहरु व्यक्तिगत अनुभवको अनुकूल लाग्छ र हरेक व्यक्ति आफ्नो विश्वास बनाइ राख्नको लागि स्वतन्त्र छ ।यो पनि सही कुरा हो कि नैतिकता, पवित्र जीवनमूल्य, नकारात्मक कार्य र विचारबाट बच्नको लागि सामाजिक र राष्ट्रिय जीवनलाई आघात पु¥याउनुलाई पाप सम्झिनु, परोपकार, सत्य, न्याय, कर्तव्यनिष्ठा जस्ता शाश्वत मूल्य सदैव हाम्रो जीवनले प्रकाशित गर्ने गर्छ । यसमा कहिलै पनि विश्वास कम हुन दिनुहुँदैन । यही सच्चा अध्यात्म हो ।

    अध्यात्मले मनुष्यको व्यवहार एवं आचरणलाई सुधार गर्छ र उसको गलत संस्कारहरूमा परिवर्तन ल्याइ उसलाई असल मानवीयताको बोध गराउँछ । आध्यात्मिकताकै कुरा गर्दा योग र ध्यानको प्रसङ्ग पनि जोडिएर आउने गर्छ । योग र ध्यानले मनुष्यको विचारलाई श्रेष्ठ र व्यवस्थित तुल्याउँछ । साथै यसले हाम्रो मनको एकाग्र शक्ति बढाउँछ । जसले गर्दा ईष्र्या, द्वेष, घृणा, क्रोध अथवा प्रतिशोधको भावनाले हाम्रोे मनमा जरा गाड्न पाउँदैन । वास्तवमा मनुष्य जीवनमा आइपर्ने सबै किसिमका व्यावहारिक समस्याहरूको समाधान मानिसको मनोभावनामा आधारभूत परिवर्तनबाट नै हुन सक्तछ र मनोभावनामा आधारभूत परिवर्तन ल्याउनु नै आध्यात्मिक ज्ञानको मुख्य उद्देश्य हो । किनकि आध्यात्मिक ज्ञानमा नै मानिसको विचार, भावना अनि मनोकाङ्क्षालाई सही दिशा दिने शक्ति अथवा क्षमता अन्तरनिहीत हुन्छ ।

    आज विज्ञान र प्रविधिको उच्चतम विकास गरी भौतिकवादी दृष्टिकोण अपनाइरहेका विकसित मुलुकहरूमा पनि जुन किसिमको हिंसा, कलह र अशान्ति मडारिंदै गइरहेको छ र यसबाट सामाजिक मूल्य मान्यताहरूमा समेत क्रमिक रूपमा ह्रास आइरहेको छ त्यो धर्म र आध्यात्म ज्ञानकै कमीको कारणले गर्दा हो । यसले विज्ञान प्रविधिले गरेको विकास र उपलब्धिलाई मानव हितमा यथोचित रूपले उपयोग गर्न नसकिएको यथार्थलाई नै उजागर गर्छ ।आध्यात्मिक ब्यक्तित्वहरू आफ्नो धर्म, आफ्नो समूह, आफ्नै जातपातबाट धेरै माथि ऊठेर प्राणी जगत संपूर्णलाई प्रेम र आदरभाव प्रकट गर्दछन् । हरेक धर्ममा आध्यात्मिक ब्यक्तिहरू त धेरै भेट्नुहुन्छ तर सबै धार्मिकहरू आध्यात्मिक हुंदैनन्। यस्तो निश्कर्ष कस्तो हुन्छ होला ‘सबै आध्यात्मिकहरू धार्मिक हुन्, सबै धार्मिकहरू आध्यात्मिक होईनन्। ।

    आध्यात्मिक चिन्तनले संपूर्ण मानवजगतलाई जोड्ने काम गर्दछ भने कट्टर धार्मिक बिचारले एक आपसमा मतभेद र मनभेद सिर्जना गर्छ । यो धर्म ठूलो, यो धर्म पुरानो, त्यो धर्म अनुशरण गर्नेहरूको संख्या ठूलो, त्यो धर्म अनुशरण गर्नेको संख्या कम आदि ईत्यादी । कहिलेकहिं त धर्म विवादमा यूद्ध समेत हुने गरेकोछ। आध्यात्मिक चिन्तनले यस्तो अपराध कर्म स्विकार गर्दैन ।

    आध्यात्मिक बाटोमा कुनै निश्चित नियम कानुनको बन्देज हुंदैन। तपाईंहाम्रो अन्तरआत्माले सत्य मानेको, चिन्तन गरेको सत्य नै आध्यात्मिक सत्य हो। कतिपय धार्मिक स्थानमा अर्को धर्मका अनुयायीहरूलाई प्रवेश दिईंदैन ( आध्यात्मिक चिन्तनमा कुनै तगारो, नियम कानुन हुँदैन ।धर्मले सत्य बताउँछ । यसो गर्नुहुन्छ र यसो गर्नु हुककदैन। आध्यात्मले अन्वेशण गर्दछ कि यी संपूर्ण भनाईहरूनै अन्तिम सत्य हुन् त रु अर्थात प्राणी र पृथ्वीको कसरि ऊत्पति भयो भन्ने कुरा हरेक धर्मले अलग अलग ब्याख्या गरेपनि आध्यात्मिक चिन्तनले एऊटा सत्यको नजिक पुग्ने प्रयाश गर्छ ।

    अशल कर्म र सजायको ब्याख्याले पनि धार्मिक र आध्यात्मिक चिन्तनलाई निर्धारण गर्छ । यस्तो यस्तो कर्म गर्यो भने सजाय मिल्छ भनेर धर्ममा ऊल्लेख गरिएको हुन्छ । आध्यात्मिक चिन्तनमा अशल कर्मप्रति आकर्शणको ब्याख्या गरिएको हुन्छ। सदैव अशल कर्म गर्यो भने नर्कको डर मान्नु नै पर्दैन । धर्म त एऊटा कानुन जस्तो मात्र प्रतित हुन्छ धारण गरिएन भने ठूलो सजाय मिल्छ। आध्यात्म त शालीन र आदर्श जीवनशैलीको महत्वपूर्ण अंग हो ।

    आध्यात्म स्वतन्त्र छ । पुराना कहावत वा भगवानहरूको अर्ति ऊपदेशमा मात्र आफूलाई समाहित बनाऊनुपर्छ भन्ने छैन। आफैंले स्वतन्त्र चिन्तन द्वारा आफ्नैलागि आध्यात्मिक बाटो निर्माण गर्नसकिन्छ । यध्यपि त्यस्ता अर्ति र ऊपदेशलाई ऊत्प्रेरणा स्वरूप ग्रहण गर्न सकिन्छ (सदैव त्यहि नै अन्तिम सत्य हो भन्ने होईन । समय सापेक्ष आत्म समिक्षा सहितको निर्णय नै आदर्श जीवनशैली हो ।
    तसर्थ हामीहरूले विश्वास गर्ने बिभिन्न राजनीतिक वादहरू प्रजातान्त्रिक समाजवाद, साम्यवाद, मार्क्सवाद, माओवाद जस्तै रहेछन् बिभिन्न धर्महरू। आफूले अनुशरण गरेको सधैं सत्य अरू सबै गलत भनेजस्तै। तर स्वतन्त्र ब्यक्ति सदैव अशल कुराहरू मात्र बिभिन्न वादहरूबाट ग्रहण गर्दै आफ्नो स्वतन्त्र आदर्श जीवनशैलीको अनुशरण गर्छ । समभावसहित सामाजिक सद्भाव कायम गर्न रूचाऊंछ आध्यात्मिक ब्यक्ति सरह ।

    अज्ञात परतत्वको खोजी, परमात्माको खोजी, परमात्माको अस्तित्व, उसको स्वरूप, गुण, स्वभाव, कार्यपद्धति, जीवात्माको कल्पना, परमात्मासँग उसको सम्बन्ध, यस भौतिक संसारको रचनामा उसको भूमिका, जन्मसँग पूर्व र त्यसपछिको स्थितिका बारेमा गरिने जिज्ञासा, जीवन–मरणको चक्र र पुनर्जन्मको अवधारणा इत्यादि प्रश्नका बारेमा चिन्तन र चर्चाहरू गर्ने गरिएको छ । यसको आधारमा आ–आफ्नो अवधारणाबारे जानकारी दिइएको छ । यसैको आधारमा पुराणहरू एवं अन्य शास्त्रमा व्याख्याहरू, कथाहरू, सूत्र, सिद्धान्त समेत लेखिए ।
    आधुनिक भौतिक विज्ञानको विकासका साथ प्रयोगधर्मी अनुसन्धानहरू, तार्किक चिन्तन, गणितीय शोध, खगोल सम्बन्धी विभिन्न खोजहरू, पृथ्वीको आकार, गति तथा उसको सूर्य एवं समुच्य ग्रह मण्डलमा स्थितिको सही–सही आकलन गर्नु नै पुराना विश्वासहरु एवं मान्यता स्थापनाको आधार हो । यी कुराहरू अहिले अप्रासंगिक लाग्न थालेको छ ।
    अहिले त जे कुरा हाम्रो अघि छ, तर्क र वैज्ञनिक प्रयोगसँग प्रमाणित गर्न योग्य छ । त्यही कुरा विश्वसनीय कुरा हुन् । अज्ञात, अबुझ, अपरिभाषित, कल्पनाजन्य, अप्रकट वा असिद्ध तत्व मान्य छ तर वैज्ञानिक विचारधारासँग मेल खानेवाला भएका कारण यो अस्वीकार्य भएको छ । फेरि पनि यदि उनीहरू आफ्नो भावना, धारणा, आस्था, मान्यताहरु व्यक्तिगत अनुभवको अनुकूल लाग्छ र हरेक व्यक्ति आफ्नो विश्वास बनाइ राख्नको लागि स्वतन्त्र छ ।

    यो पनि सही कुरा हो कि नैतिकता, पवित्र जीवनमूल्य, नकारात्मक कार्य र विचारबाट बच्नको लागि सामाजिक र राष्ट्रिय जीवनलाई आघात पु¥याउनुलाई पाप सम्झिनु, परोपकार, सत्य, न्याय, कर्तव्यनिष्ठा जस्ता शाश्वत मूल्य सदैव हाम्रो जीवनले प्रकाशित गर्ने गर्छ । यसमा कहिलै पनि विश्वास कम हुन दिनुहुँदैन । यही सच्चा अध्यात्म हो ।

    धर्मले व्यक्ति , समाज र ईश्वरको आचरण , कर्तब्य र फल प्राप्तको लेखाजोखा गर्छ । यसले पाप र धर्म गरी जीवनलाई नियन्त्रित गर्दछ । धर्मको परम लक्ष्य भनेको सुख , ईश्वर र मोक्क्ष प्राप्ति गर्नु रहेको हुन्छ जसको लागि उसले बिभिन्न आचरण र नियम पालना गर्नु पर्ने हुन्छ । अर्को तर्फ अध्यात्म एकांकी र ब्यक्तिबादी स्वभावको हुन्छ । यसले जीवनको सार्थकता र उद्देश्यको उत्तर खोज्नुको साथ साथै सत्य ज्ञान र जीवनकमा परमात्माको वास्तविक अनुभूतिको मार्ग अवलम्बन गर्दछ । त्यसैले भन्ने गरिन्छ , सबै धार्मिक व्यक्ति अध्यात्मिक नहुन पनि सक्छन तर अध्यात्मिक व्यक्ति सबै धार्मिक स्वभावका हुन्छन ।
    कहिल्यै नसुल्झने रहस्य बनेको प्रकृति , ईश्वर , र मानव जीवनको खोजलाई सुल्झाउने र यसलाई एकै सुतिमा बाध्न सुझाउने तत्व नै अध्यात्म ज्ञान हो अध्यात्म मार्गबाट मानव जीवनलाई प्रयोग गरी यसमा रहेको चेतनालाई परम चेतनामा समाहित गराउन सकिन्छ ।जीवनमा ईष्र्या, द्वेष, घृणा, क्रोध , प्रतिशोध व्यवस्थापनका लागि अध्यात्म मार्ग अवलम्वन गर्नु अपरिहार्य रहेको छ । (उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)