रुपन्देही क्षेत्र नं ५ को प्रदेश सभा क्षेत्र २ बाट प्रदेशसभामा जनमत पार्टीका गुप्ता विजयी - Chaitanya News
  • 2026-08-21
  • 22:05:49
  • शुक्रबार,भाद्र ०५, २०८३
  • रुपन्देही क्षेत्र नं ५ को प्रदेश सभा क्षेत्र २ बाट प्रदेशसभामा जनमत पार्टीका गुप्ता विजयी

    रुपन्देही क्षेत्र नं ५ को प्रदेश सभा क्षेत्र २ बाट प्रदेशसभामा जनमत पार्टीका गुप्ता विजयी

    बुटवल– रुपन्देही क्षेत्र नं ५ को प्रदेश सभा क्षेत्र २ मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन्। गुप्ताले नेपाली कांग्रेसका फखरुद्दिन खानलाई पराजित गर्दै विजयी भएका हुन्।

    गुप्ताले १२ हजार ९ सय ४१ मत ल्याएर विजयी हुँदा खानले ११ हजार ६ सय ५१ मत ल्याएका छन्। गुप्ता सथानीय चुनावअघि एमालेमा थिए।

    एमालेबाट मेयरको टिकट नपाएपछि उनी जनमत पार्टीमा प्रवेश गरी लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा उम्मेदवार भएर दोस्रो हुंदै पराजित भएका थिए।

    गुप्तासंग पराजित खान २०७४ को चुनावमा कांग्रेसबाट निर्वाचित भएका थिए। उनी लुम्बिनी प्रदेश सभामा पार्टीको संसदीय दलको प्रमुख सचेतक थिए।