लोकसेवा उपयोगी सामग्री (विषयगत) - Chaitanya News
  • 2026-06-07
  • 18:28:09
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत)

    लोकसेवा उपयोगी सामग्री (विषयगत)

    व्यवसायिकता, अनुशासन र आचारसंहिता
    Professionalism, Discipline, and Code of Conduct

     

    व्यवसायिकता (Professionalism)

    • कुनै पनि व्यक्तिले आफ्नो भुगोल, समाज र संस्कृतिभन्दा माथि उठेर व्यवसायिक विज्ञता, क्षमता तथा दक्षतालाई प्रदर्शन गरी व्यवसायिक कार्य गर्ने गुण नै व्यवसायिकता हो ।
    • It refers to the quality of a professional having knowledge, ethical standards, regulation compliance, and concern for primary stakeholders, customers or say service seekers.
      Professionalism = Responsibility + Accountability + Integrity + Competence
    • कुनै पनि पेशा व्यवसायका सन्दर्भमा कार्यसम्पादन गर्न सक्ने विज्ञता, कलाकौशलता, क्षमता र सदाचारयुक्त व्यवहार नै व्यवसायकिता हो ।
    • व्यक्तिमा निहित उसको पेशा तथा व्यवसायप्रतिको निष्ठा, ज्ञान, सीप, दक्षता, कौशल, नैतिकता, सदाचारिता, जिम्मेवारी तथा जवाफदेहिताको समष्टि नै व्यवसायिकता हो । यो व्यक्तिको विज्ञतापूर्ण गुणका रुपमा रहेको हुन्छ ।
    • Being professional is highly valued in workplace, it is quite essential to be a successful civil servant.
    • समग्रमा,
      कुनै खास पेशा वा व्यवसायमा आवद्ध व्यक्तिहरुको उक्त पेशाका निम्ति आवश्यक हुने विज्ञता, सक्षमता, सीप तथा अपेक्षित व्यवहार र नैतिक आचरणको समग्रतालाई व्यवसायिकता भनिन्छ ।

    व्यसायिकताको विशेषता

    • Specialized knowledge (विशिष्ट ज्ञान भएको)
    • Competency (क्षमता, योग्यता, दक्षता, कौशलले भरिपूर्ण)
    • Honesty and Integrity (इमान्दार तथा नैतिकवान)
    • Responsible and Accountable (जिम्मेवार तथा जवाफदेही)
    • Self Regulation plus Emotional Intelligence (आत्म नियन्त्रण, मानवीय संवेदनायुक्त, सिमा र परिधिको ज्ञाता)
    • professional values (व्यवसायिक मुल्यहरु)
    • Fairness, Impartiality and Objectivity
    • कुनै पनि पेशा व्यवसायमा आवद्ध हुनु एउटा कुरा हो तर व्यवसायिकता हासिल गर्नु विशिष्ट कुरा हो ।

    – Dress for success
    – Confident, Not Cocky
    – Do what you say you will do
    – Be an Expert in your field
    – Behave morally and ethically
    – Maintain your poise (सन्तुलन कायम)
    – Have good behavior and manner
    – Strike the right tone
    – Be structured and organized
    – Own up to mistakes

     

    Pillars of development of Professionalism (व्यवसायकिता विकास हुने आधारहरु)

    • Effecttive and competent leadership
    • Positive working enviroment
    • Innovative thinking
    • Group dynamism
    • Transparency and accountability
    • Result-oriented work-culture
    • Training and capacity development
    • Advancement of skill and calibre
    • Exchange of knowledge and experience
    • Study and Research
    • Visit and Observation
    • Objective performance evaluation
    • Ambience of morality and integrity
    • Stringent compliance of discipline and code of conduct
    • Focus on quality and innovation

    व्यवसायकिताको महत्व (Importance of professionalism)

    • To achieve organizational goals and objectives
    • To make a roadmap of success, reform and progressiveness
    • To best utilize the expertise of a person/personnel
    • To mobilize the means and resources effectively
    • To strategically utilize / humane and physical aspects
    • To being quality in production and productiveness
    • To enhance the level of satisfaction with remarkable reforms in service delivery
    • To promote the image of an organization
    • To bring quality in performance
    • To maintain in Good-Governance

    नेपालमा व्यवसायिकता सम्बन्धमा भएका व्यवस्थाहरु
    संवैधानिक व्यवस्था :

    • प्रस्तावना नै सक्षम न्यायप्रणाली र सुशासनमा जोड
    • धारा ५१(क) मा सुरक्षा निकायलाई व्यवसायिक र जनउत्तरदायी बनाउने कुरा उल्लेख
    • धारा ५१ (ख) सक्षम, निष्पक्ष, पारदर्शी र जनउत्तरदायी सार्वजनिक प्रशासन
    • धारा ५१ (क) श्रम शक्तिलाई दक्ष र व्यवसायिक बनाउने
    • धारा २४३ निजामति सेवा लगायत सम्पुर्ण स्थायी सरकारी सेवामा योग्य उम्मेदवारको छनौट गर्न लोक सेवा आयोगको व्यवस्था

    कानुनी व्यवस्था:

    • निजामति सेवा ऐन २०४९ र नियमावली २०५०
    • सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली २०६५
    • लोक सेवा आयोग ऐन, २०६६
    • संघीय संसद सचिवालय सम्बन्धी ऐन, २०६४

    निजामति सेवा ऐन २०४९ र नियमावली २०५० मा भएका केही प्रावधानहरु

    • सक्षम, सुदृढ, सेवामुलक निजामति सेवाको परिकल्पना
    • विभिन्न सेवा, समुह तथा उपसमुहहरुको गठन गरी व्यवसायिकतामा जोड
    • कार्यविवरणको व्यवस्था
    • सरुवा, बढुवा, अध्ययन, तालिम, विदाको व्यवस्था
    • कर्मचारीको आचरण सम्बन्धी व्यवस्था
    • सजाय तथा पुनरावेदनको व्यवस्था

    नेपालमा व्यवसायिकता सन्दर्भमा देखिएका समस्याहरु

    • तालिम तथा क्षमता विकासका कार्यक्रमहरु बढी सैद्धान्तिक हुने
    • उचित जिम्मेवारी र कार्यविभाजन नहुनु
    • सही समय र स्थानमा सही व्यक्तिको पदस्थापन नहुनु
    • नेतृत्वको सही मुल्यांकन नहुनु
    • रचनात्मक र उत्साहवर्धक कार्य वातावरण नहुनु
    • गतिशील नेतृत्वको अभाव
    • कार्यसम्पादन मुल्यांकन वस्तुनिष्ठ नहुनु
    • जवाफदेहिता र उत्तरदायित्वको पक्ष कमजोर हुनु
    • कर्मचारीमा उत्प्रेरणा र मनोबलको अभाव देखिनु
    • अनुशासन र आचरणको पक्ष कमजोर हुन
    • दण्ड र पुरस्कारको प्रणाली वस्तुपरक तथा प्रभावकारी नहुनु
    • सकरात्मक र नवप्रवर्तनकारी कार्यलाई उचित प्रोत्साहन नहुनु

    व्यवसायिकता प्रवर्द्धन गर्न अबलम्बन गर्नु पर्ने उपायहरु

    • तालिम र क्षमता विकासलाई प्रयोगात्मक र अनुसन्धानमुलक बनाउने
    • कर्मचारीको पदस्थापन गर्दा उसको क्षमता, योग्यता, रुची अनुसारको स्थानमा पदस्थापन गर्ने
    • कार्यसम्पादन मुल्यांकनलाई कार्यसम्पादन करार सम्झौतासँग Tie up गर्ने, सोही अनुरुप मापदण्ड बनाइ मुल्यांकन गर्ने प्रणाली निर्माण गर्ने
    • दण्ड र पुरस्कारलाई कानुन बमोजिम प्रभावकारी बनाउने, दण्डहीनता अन्त्य गर्ने
    • सदाचार, इमान्दारिता, जवाफदेही र जिम्मेवारहरुको सही मुल्यांकन गर्ने र सम्मान हुने प्रणालीको विकास गर्ने
    • सकरात्मक र नवप्रवर्तनकारी कार्यलाई उचित प्रोत्साहन गर्ने
    • तालिम, अध्ययन, अध्ययन भ्रमणलाई समानुपातिक, न्यायको सिद्धान्तका आधारमा आवश्यकता अनुसार सबै कर्मचारीलाई उपलब्ध गराउने,
    • लोक सेवा आयोगको पाठ्यक्रम तथा विद्यमान तालिमको पाठ्यक्रममा समसामयिक सुधार गरी कार्यजिम्मेवारीसँग आवद्ध हुने प्रकृतिको बनाउने

     

    अनुशासन र आचारसंहिता

    अनुशासन र आचारसंहिताका सन्दर्भमा नैतिकता र सदाचार
    • नैतिकता मानव विज्ञानको त्यो प्रशाखा हो, जसले मानवीय जीवनमा व्याप्त असल, खराब, सत्य, असत्य, न्याय र अपराध जस्ता प्रश्नहरुको समुचित समाधान दिन्छ ।
    • सदाचार भनेको मानवीय जीवनको त्यो अवस्था हो, जहाँ जीवनका मुल्य, कार्यशैली, अपेक्षा, सिद्धान्त, निष्ठा र कार्य परिणाममा एकरुपता हुन्छ । यसले मन, वचन र कर्मबीच सामजस्यता कायम गराउँछ ।

    अनुशासन

    • समुदाय वा संगठनको सदस्यलाई बिधि निषेधको दायरामा आवद्ध गर्ने मुल्य मानकहरुको प्रणालीगत समष्टिलाई अनुशासन भनिन्छ ।
    • प्रचलित नियम आचारसंहिता र स्थापित व्यहार प्रणालीको अनुशरणबाट निर्माण हुने जीवनशैलीको ढाँचा नै अनुशासन हो । यसले स्वनियन्त्रण र स्वव्यवस्थापनको माध्यमबाट असल आचरण प्रदर्शन गर्ने कुरालाई जनाउँछ ।
    • वैधानिक रुपले इच्छित तथा कानुनी मापदण्डद्धारा निर्देशित व्यवहार एवं क्रियाकलापको प्रर्दशन नै अनुशासन हो ।
    • समग्रमा, नैतिकता र सदाचारका सर्वमान्य सिद्धान्त अनुरुप कानुनी र नैतिक मार्गमा हिंड्नु, जीवनका असल मुल्यहरुलाई अबलम्बन गर्दै नियमको पालना गर्नु नै अनुशासन हो ।

    अनुशासनका विशेषताहरु

    • स्वनियन्त्रण र स्वव्यवस्थापनको प्रणाली
    • मुल्य मान्यता र आचारसंहिता परिपालनाको अवस्था
    • नीति, विधि र पद्धतिको अनुशरण
    • वस्तुपरक र उद्देश्यमुखी व्यवहार
    • नैतिक र कानुनी दायित्व
    • जिम्मेवार र असल व्यवहारको प्रदर्शन
    • प्रणालीवद्ध विधि निषेधको दायरा
    • ग्राह्य र अनुकरणीय जीवनको पथ
    • आज्ञाकारिता, वफादारिता
    • कर्तव्यनिष्ठ र इमान्दारिता

    आचारसंहिता

    • आचारसंहिता आचरण, व्यवहार, नैतिक जीवन र क्रियाकलापको त्यस्तो मार्गदर्शन हो, जसले अपेक्षित, स्वीकार्य र अनुकरणीय जीवन पद्धतिको आधार निर्माण गर्नुका साथै खास संगठन, समुदाय, संस्था वा व्यवसायमा पालना गर्नु पर्ने मुल्य मान्यता र व्यवहारिक नियमहरुलाई एकीकृत गर्छ ।
    • आचारसंहिता अनुशासन कायम गर्ने गराउने निश्चित नियम, बिधि र मानकहरुको संग्रह हो ।
    • अनुशासन जीवन पद्धतिमा लागु हुन्छ भने आचारसंहिताले कसरी के लागु गर्ने भन्ने कुरालाई जनाउँछ ।

    सार्वजनिक प्रशासनमा अनुशासन तथा आचारसंहिताको आवश्यकता तथा महत्व

    • सार्वजनिक सेवामा व्यवसायिकता कायम गरी जवाफदेहिता र जिम्मेवारी अभिवृद्धि गन
    • सुशासन कायम गरी राज्य र जनताबीचको सम्बन्धलाई सुदृढ गर्न
    • सेवामुखी सद्भावनाको विकास गर्दै जनमुखी र जनउत्तरदायी शासनको विकास गर्न
    • शिष्ट, नम्र र सभ्य शासकीय शैलीमा वृद्धि गर्दै सेवालाई छरितो, प्रतिस्पर्धी र गुणात्मक बनाउन
    • तथष्टता, निष्पक्षता कायम गरी दण्डहीनताको अन्त्य गर्दै कानुनी शासनलाई स्थापित गर्न
    • न्याय र नैतिकतामा आधारित राज्य व्यवस्थाको विकास गर्दै समानता र समता कायम गर्न
    • सार्वजनिक नीति, योजना तथा कार्यक्रमको कार्यान्वयनमा दक्षता र प्रभावकारिता अभिवृद्धि गरी विकासको गतिलाई द्रुत बनाउन
    • सार्वजनिक क्षेत्रको वैद्यता, प्रतिष्ठा र अनुकरणीयतालाई सुदृढ तुल्याउन
    • सार्वजनिक क्षेत्रमा सदाचारिता, पारदर्शिता, जिम्मेवारीपन, जवाफदेहिता र जनमुखीपनलाई बलियो बनाउन

    नेपालमा अनुशासन र आचारसंहिता सम्बन्धी व्यवस्था
    संवैधानिक व्यवस्था:

    • प्रस्तावनामा नै कानुनी राज्यको अवधारणा र सुशासनप्रतिको प्रतिवद्धता
    • निर्देशक सिद्धान्तमा अनुशासन र मर्यादामा आधारित सामाजिक सांस्कृतिक मुल्यहरुको विकास गर्ने उद्देश्य
    • नागरिकका कर्तव्य र राष्टिय हितका विषयहरु तोकी अनुशासन र आचारसंहिताका संबैधानिक मानक निर्धारण

    कानुनी व्यवस्था

    • निजामती सेवा ऐन, २०४९ र नियमावली २०५० मा भएको कर्मचारीको आचारसंहिताको व्यवस्था र दण्ड, सजायको व्यवस्था
    • भ्रष्टचार निवारण ऐन, २०५९
    • सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ र नियमावली २०६५
    • निजामती सेवाका कर्मचारीको आचारण सम्बन्धी नियमावली, २०६५
    • सार्वजनिक पद धारण गरेका राष्टसेवक कर्मचारीको आचारसंहिता, २०६८
    • संसद सेवा, स्वास्थ्य सेवा, न्याय प्रशासन, सुरक्षा निकाय, शिक्षक सेवा लगायतका सार्वजनिक प्रशासनका विभिन्न क्षेत्रमा तत् तत् क्षेत्रलाई व्यवस्थित गर्नका लागि आचारसंहिताको निर्माण गरिएको
    • अनुशासन र आचारसंहिताको पालनालाई सुदृढ गराउन निजामती पुरस्कारको व्यवस्था

    संस्थागत व्यवस्था

    • आचारसंहिता र अनुशासन विपरित कार्य गर्ने कर्मचारीहरुलाई कारबाही गर्नका लागि प्रशासकीय अदालत, सैनिक अदालत तथा अन्य न्यायिक निकायहरु
    • अख्तियार दुरुपयोग अनुसन्धान आयोग, म.ले.प, लोक सेवा आयोग
    • राज्य व्यवस्था तथा सुशासन समिति लगायत संसदीय समितिहरु
    • राष्टिय सर्तकता केन्द्र
    • सार्वजनिक खरिद अनुगमन कार्यालय
    • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा मन्त्रालय, विभाग
    • विभिन्न तहका अनुगमन, मुल्यांकन समिति तथा शाखाहरु

    निजामती कर्मचारीको अनुशासन र आचारणका
    विषयहरु

    • कार्यालय र काम सम्बन्धी आचरण
    • पेशागत आचरण
    • राजनैतिक क्रियाकलाप सम्बन्धी आचरण
    • आर्थिक व्यवहार सम्बन्धी आचरण
    • व्यक्तिगत व्यवहार सम्बन्धी आचरण
    • सामाजिक आचरण

    आचरण (परिच्छेद ७, दफा ४१ देखि ५५)

    • समय पालन र नियमितता
    • अनुशासन र आज्ञापालन
    • राजनैतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने
    • राजनीतिमा भाग लिन नहुने
    • सरकारको आलोचना गर्न नहुने
    • सरकारी कामकाजसम्बन्धी समाचार प्रकाश गर्नमा प्रतिबन्ध
    • दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिनमा प्रतिबन्ध
    • कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने
    • निर्वाचनमा भाग लिन नहुने
    • प्रदर्शन र हडताल गर्न प्रतिबन्ध
    • हडताल, थुनछेक तथा घेराउ गर्नमा प्रतिबन्ध
    • प्रतिनिधित्व गर्नमा प्रतिबन्ध
    • सम्पत्ति विवरण
    • यातना दिन नहुने
    • अन्य आचरण
    • सेवाग्राहीप्रतिको व्यवहार
    • आफ्नो सेवा र पदअनुसारको आचरण पालन गर्नुपर्ने।

    निजामती कर्मचारीको नैतिक दायित्व

    • निजामती सेवा नियमावली २०५० को नियम १२२ क अनुसार
    • वाग्राहीहरु प्रति समान किसिमको व्यवहार गर्ने
    • राष्ट र जनताको वृहत्तर हितलाई प्राथमिकता दिने
    • वस्तु तथा सेवा वितरणको मापदण्ड र कार्यबिधिको पारदर्शिता कायम राख्ने
    • सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने
    • साधन श्रोतको मितव्ययितापूर्वक परिचालन गर्ने
    • कार्यसम्पादन प्रक्रियालाई सरलीकरण गर्ने
    • न्यूनतम समयमा कार्य जिम्मेवारी सम्पादन गर्न प्रयत्नरत रहने
    • आधारभूत मानवीय मुल्य र मान्यताप्रति सम्मान गर्ने
    • सबै समुदाय र क्षेत्रप्रति समान दृष्टिकोण राखी समान व्यवहार र सम्मान गर्ने

    नेपालको सार्वजनिक प्रशासनमा अनुशासन र आचारसंहिता सम्बन्धी समस्या

    • अनुशासन र आचारसंहिता सम्बन्धी कानुनी व्यवस्थाको परिपालना कमजोर हुनु
    • परिपालनाका लागि राजनीतिक प्रतिवद्धता र प्रशासनिक कटिवद्धता नदेखिनु
    • आचारसंहिताको उल्लंघनप्रति उदासिनता वा सहनशीलताको प्रवृत्ति हुनु
    • दण्ड पुरस्कार प्रणाली फितलो हुन गइ आचारसंहिता उल्लंघनका घटनालाई नियन्त्रण गर्न नसकिनु
    • अनुशासित र सदाचारी राष्टसेवकलाई प्रोत्साहित गर्न नसकिनु
    • राजनीतिक दलका आडमा टेड युनियनका अराजक गतिबिधिलाई नियन्त्रण गर्न नसकिनु
    • अनुशासन र आचारसंहिताप्रति नागरिक चासो र खबरदारीको स्तर कमजोर रहेको
    • काम नगर्दा दण्डित हुनु नपर्ने, काम गर्दा काम बिग्रन सक्ने र दण्डित हुन सकिने मानसिकता हाबी हुनु
    • अनुशासन र आचारसंहिता कायम गर्न स्थापित संस्थाहरुका पदाधिकारीहरुको नैतिकता र आचरणमा प्रश्न उठ्ने गरेको
    • अनुगमन मुल्यांकन पक्ष कमजोर, तदर्थ हुनु
    • राजनीतिक तथा उच्च प्रशासनिक नेतृत्व नै भ्रष्टचार, अनियमिततामा क्रियाशील हुँदा समग्र त्यसको प्रभाव सार्वजनिक व्यवथापनमा परेको छ
    • अनुकरणीय र उदारणीय नेतृत्व नहुनु

    नेपालको सार्वजनिक प्रशासनमा अनुशासन र आचारसंहिता कमजोर हुनका कारणहरु

    • समाजले भ्रष्टतालाई सामाजिक सम्मान र स्वीकार प्रदान गर्नु
    • दण्ड, पुरस्कार र कार्यसम्पादन मुल्यांकनमा अबैज्ञानिक पद्धति रहनु
    • खर्चिलो निर्वाचन प्रणाली र भ्रष्ट राजनीतिक प्रणाली
    • सुशासनका आधारभूत पक्षको अवस्था कमजोर रहेको
    • नैतिक सदाचारी गुणयुक्त नागरिक शिक्षाको अभाव
    • कमजोर सामाजिक सुरक्षा र सामाजिक सेवाको व्यापारीकरण
    • कर्मचारीमा मनोबल, उत्प्रेरणा तथा तलब, सुबिधा अपेक्षित नहुनु
    • अनुशासनहीनता र आचारसंहिता उल्लंघनप्रतिको सहनशीलता
    • सामन्तवादी चिन्तन, शासकीय मनोवृत्ति, शक्ति प्रदर्शन, दण्डहीनता

    समाधानका उपायहरु

    • नैतिकता र सदाचारयुक्त नागरिक शिक्षालाई प्रभावकारी तुल्याउने
    • सामाजिक सुरक्षा र संरक्षणको पर्याप्त व्यवस्था गर्ने
    • भ्रष्टचार, सम्पत्ति शुद्धिकरण र आचारसंहिता विपरित कार्यमा शून्य सहनशीलता कायम •
    • दण्ड र पुरस्कार प्रणालीलाई प्रभावकारी तुल्याउने
    • पारदर्शी, नतिजामुखी र प्रविधिमैत्री कार्य प्रक्रियाको अबलम्बन गर्ने
    • कार्यसम्पादन मुल्यांकन प्रणालीलाई बैज्ञानिक र कार्यान्वयनयोग्य मापदण्डका आधारमा बस्तुपरक बनाउने
    • राज्यशक्ति र नियमन प्रणालीको सुदृढीकरण गर्ने
    • सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयनका संयन्त्र निर्माण गरी कार्यान्वनमा ल्याउने
    • सुचना प्रविधिको प्रयोग उच्च रुपमा गर्ने
    • अस्वभाविक महँगी नियन्त्रण गरी जीवनयापनलाई सरल र सहज बनाउने
    • शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षलाई सबै नागरिकमा समताको सिद्धान्त
    • अबलम्बन गर्दै पहुँच कायम गराउने

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100