लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-07
  • 18:28:08
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    1. मानव श्रोत व्यवस्थापनको अवधारणा प्रकाश पार्नुहोस् र मानव श्रोत व्यवस्थापनमा मानव श्रोतको प्राप्ति र विकासले के कस्तो संगठनात्मक प्रभाव पार्दछ ? स्पष्ट पार्नुहोस् । ४+३+३=१०

    उत्तरः

    मानव श्रोत व्यवस्थापनको अवधारणा

    अर्थ र परिभाषा

    • कुनै पनि संगठनले आफ्नो लक्ष्य उद्देश्य हासिल गर्नको लागि आवश्यक पर्ने मानव श्रोतको प्राप्ति, विकास, उपयोग र सम्भार सम्बन्धी कार्यहरूको समग्र व्यवस्थापनलाई मानव श्रोत व्यवस्थापन भनिन्छ ।
    • उत्पादनका साधनहरू Man, material, machine, methods money मा मानवश्रोत महत्त्वपूर्ण साधन मात्र नभएर अन्य साधनहरूको परिचालनकर्ता समेत हो।
    • pre recruitment देखि post-retirement सम्मका विषयहरू यसमा पर्दछन्।
    • It is an art of managing people at work to achieve organizational goal
    • सार्वजनिक व्यवस्थापनमा संगठनका लागि आवश्यक पूँजी, प्रविधि, प्रक्रिया, वस्तु, सूचना लगायतका साधनहरूको परिचालनकर्ता र व्यवस्थापक समेत मानव श्रोत हो।
    • गिव्सनका (Gibson) का अनुसार, संगठनमा मानव श्रोतको प्राप्ति गर्ने, टिकाई राखे विकास गर्ने तथा सहि किसीमले उपयोग गरी संगठनको उद्देश्य हासिल गर्ने प्रक्रियाको रूपमा यसलाई लिएका छन् ।
    • रोविन्स (Robins) ले यसलाई व्यवस्थापकीय प्रक्रिया भनेका छन् जसमा हो जसमा मानव श्रोतको प्राप्ति, विकास, उत्प्रेरणा तथा संभार गर्ने कार्यहरू पर्दछन्।

     

    विकासक्रम र नविनतम आयाम

    • २० औ शताब्दीतिरको मानव सम्बन्धको आन्दोलनको उपजको रूपमा मानव श्रोत व्यवस्थापनलाई लिइन्छ।
    • इल्टन मायोको Hawthom experiment (1924-1932) मार्फत अल्पकालमा दिइने उत्प्रेरणा भन्दा निर्णय प्रक्रियामा कर्मचारीहरूको सहभागिता मार्फत कार्य सन्तुष्टी प्रवर्द्धन गर्न सकिन्छ भन्ने कुरा स्थापित भयो।
    • त्यसताका business value सिर्जना गर्ने साधनका रूपमा कार्यशक्तिको रणनैतिक व्यवस्थापनमा जोड दिइयो।
    • सन् १९८० को दशकको निजीकरण, विश्वव्यापीकरणका सिद्धान्तले समेत यसलाई मलजल गर्ने काम गयर्यो।
    • सार्वजनिक प्रशासनका सिद्धान्त, नविन सार्वजनिक व्यवस्थापन, नचिन सार्वजनिक सेवा, नविन सार्वजनिक शासनका सिद्धान्तहरू मार्फत सार्वजनिक क्षेत्रमा मानव श्रोत व्यवस्थापनको प्रयोगमा ल्याइयो।
    • कर्मचारीको प्राप्ति, विकास, उपयोग, सम्भार, सामाजिकीकरणका विषयमा व्यापक बहस गरियो।
    • आधुनिक विश्वमा मानव श्रोत व्यवस्थापनलाई बृहतर रूपमा नविनतम प्रवृतिको रूपमा talent management, succession planning, industrial and labor relation, diversity and inclusion का विषयहरू रहेका छन्।

    मानव श्रोतको प्राप्सिले पार्ने संगठनात्मक प्रभाव

    • कुनै पनि संगठनको लागि योग्य, दक्ष, प्रतिवद्ध, खास उमेर समूहको जनशक्तिको खोज गर्न सघाउ पुर्याउँछ ।
    • संगठनको आवश्यकता, कानूनी व्यवस्था समेतका आधारमा जनशक्तिको प्राप्ति गर्ने प्रक्रिया अवलम्बन गरिन्छ । यस अन्तर्गत भर्ना, छनौट र नियुक्ति गरी मुख्य तीन क्रियाकलाप पर्दछनः
    • भर्ना मार्फत संगठनमा आवश्यक पर्ने कर्मचारी पूर्तिको लागि योग्य उम्मेदवारहरूको खोजी गर्ने तथा उनीहरूलाई दरखास्त दिन प्रेरित गरिन्छ।
    • भर्ना प्रक्रिया मार्फत योग्य तथा प्रतिस्पर्धी उम्मेदवारको पर्याप्त संख्यामा उपस्थिति गराइन्छ ।
    • निवेदन दरखास्त दाखिला गरेपछि भर्नाको कार्य सकिन्छ ।
    • छनौटले उपलब्ध व्यक्तिहरूमध्येबाट योग्य व्यक्तिको चयन गर्ने कार्यलाई मद्दत पुर्याउँछ।
    • वैज्ञानिक, वस्तुगत, निष्पक्ष छनौट प्रक्रिया मार्फत क्षमतावान, दक्ष तथा कुशल कर्मचारी प्राप्त गरिन्छ जसले संगठनको प्रभावकारितामा अभिवृद्धि गर्दछ।
      नियुक्तिले छनौट भएका कर्मचारीलाई निजलाई औपचारिक र लिखित रूपमा संगठनमा संलग्न गराउँछ जसले अपनत्ववोध, ममत्ववोध र स्वामित्वबोध अभिवृद्धि हुन्छ ।

    मानव श्रोतको विकासले पार्ने संगठनात्मक प्रभाव

    • मानव श्रोत व्यवस्थापनका विभिन्न पक्षहरूमध्ये मानव श्रोतको विकास एक प्रमुख पक्ष हो ।
    • मानव श्रोतको विकासले नियुक्त भएर आएका कर्मचारीको actual competency लाई संगठनको लक्ष्य उद्देश्य अनुरूपको expected competency मा रूपान्तरण गर्दछ।
    • संगठनको माग र आवश्यकता अनुसार संगठन भित्रको जनशक्तिको क्षमता, दक्षता, सीप, ज्ञान अभिवृद्धि गराएर संगठनात्मक लक्ष्य प्राप्तिमा महत्वपूर्ण प्रभाव पार्दछ।
    • तालिम (Training) मार्फत अन्तरनिहित क्षमतामा धार लगाउने कार्य गर्दछ । (Sharpening the edge)
    • कार्यसम्पादन विकास तथा मूल्यांकनमा सकारात्मक प्रभाव पार्दछ ।
    • मानव श्रोतलाई संगठनको उद्देश्य अनुरूप उपयोग गर्न सक्ने गरी तयार गराउँछ ।
    • क्षमता विकास अभ्यास मार्फत जनसम्पर्क र परिस्थितिजन्य सीपमा अभ्यस्त बनाउँछ ।
    • उपयुक्त र प्रभावकारी सञ्चार मार्फत कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध स्थापित गराउँछ।
    • वृत्ति विकासका अवसरहरूले कर्मचारीलाई थप उत्प्रेरणा दिदै संगठनप्रति निष्ठाभाव र प्रतिबद्धता अभिवृद्धि गर्दछ ।
    • पुरस्कार तथा दण्ड (Reward and Punishment) मार्फत राम्रो कार्य गर्नेलाई प्रोत्साहन र खराब कार्य गर्नेलाई निरुत्साहन गर्न सकिन्छ।
    • सहभागितात्मक निर्णय प्रक्रियामार्फत संलग्न मानवश्रोतमा स्वामित्वोध गराउन सकिन्छ।

    निष्कर्ष:

    • मानव श्रोत वा मानव संशाधन वा जनशक्ति कुनै पनि संगठनको सर्वाधिक महत्वपूर्ण साधन हो।
    • कस्तो मानवश्रोत संगठनमा चाहिने वा नचाहिने मानव श्रोत योजना मार्फत व्यवस्थापन गरिनुपर्दछ र
    • सावधानीपूर्वक कर्मचारी प्राप्ति र विकास गर्न सकेमा संगठनका लक्ष्य हासिल गर्न सकिन्छ।
    • यसर्व माथि उल्लिखित सुझावहरूको अनुसरण मार्फत संगठनलाई fast, agile, smart, flexible, adaptable वनाउन सकिन्छ ।

     

    2. संगठनात्मक व्यवहारमा मानव श्रोत व्यवस्थापनको भूमिकाबारे चर्चा गर्दै नेपालको निजामती सेवामा मानश्रोत व्यवस्थापनको अवस्था के कस्तो छ ? उल्लेख गर्नुहोस्। ५+५ -१०

    उत्तरः

    मानव श्रोतव्यवस्थापन

    • कुनै पनि संगठनले आफ्नो लक्ष्य उद्देश्य हासिल गर्नको लागि आवश्यक पर्ने मानव श्रोतको प्राप्ति, विकास, उपयोग र सम्भार सम्बन्धी कार्यहरूको समग्र व्यवस्थापन मानव श्रोत व्यवस्थापन भित्र पर्दछ ।
    • संगठनात्मक व्यवहारमा मानव श्रोत व्यवस्थापनको महत्वपूर्ण भूमिका रहेको हुन्छ।

    मानव ओत व्यवस्थापनको भूमिका

    • संगठनका विभिन्न कार्यहरू गर्नको लागि उपयुक्त जनशक्ति प्राप्त गर्नेः ।
    • संगठनको उद्देश्य प्राप्त गर्न सक्ने गरी जनशक्तिको क्षमता विकास गर्ने ।
    • उपलब्ध जनशक्तिको optimum उपयोग गर्ने ।
    • जनशक्तिलाई कार्यप्रति उत्प्रेरित गराउने ।
    • कर्मचारीको प्रतिवद्धता र श्रद्धा बढाउने ।
    • जनशक्तिको कमभन्दा कम आगमन (in) र बहिर्गमन (out) हुने वातावरण निर्माण गर्ने ।
    • संगठनात्मक कार्यमा निरन्तरता कायम गर्ने ।
    • Better value for money create गर्ने ।
    • जनशक्तिलाई उच्च स्तरको कार्यसम्पादन गर्न प्रेरित गर्ने ।
    • मानव श्रोत सक्रिय श्रोत हो। (ecopower+technopower-humopower)
    • तोकिएका लक्ष्य, उद्देश्य हासिल गर्ने ।
    • संगठनात्मक स्रोत साधनको उपयोग गर्दै लक्ष्य प्राप्त गर्ने गरी परिचालन गर्ने।

    नेपालको निजामती सेवामा मानव श्रोत व्यवस्थापनको अवस्था :
    सवल अवस्था

    • कर्मचारीको भर्ना तथा छनौटको लागि निष्पक्ष, सक्षम संवैधानिक निकाय लोक सेवा आयोग रहेको ।
    • लोक सेवा आयोगले आफ्नो वार्षिक कार्य तालिकाको आधारमा विज्ञापन गर्ने, परीक्षा सञ्चालन गर्ने गरेकोले यो केही हदसम्म पूर्वानुमानयोग्य नै छ ।
    • योग्यता प्रणालीको आधारमा कर्मचारीको छनौट गरिन्छ ।
    • छनौटको लागि लिखित परीक्षा, प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताको व्यवस्था छ ।
    • समावेशी निजामती प्रशासन निर्माण गर्ने उद्देश्यले विभिन्न समूहहरूको लागि आरक्षणको व्यवस्था गरिएको छ ।
    • स्वदेशी विदेशी तालिम, अध्ययन र अध्ययन भ्रमणको अवसर छ ।
    • विभिन्न भौगोलिक क्षेत्रमा काम गर्ने अवसर छ ।
    • हरेक निकायले कार्यविवरण बनाउनुपर्ने कानूनी व्यवस्था छ ।
    • उत्तराधिकारी योजना (Succession plan) को कानूनी व्यवस्था छ ।
    • वृत्ति विकासका थुप्रै अवसरहरू विद्यमान छन् ।
    • सहभागितात्मक व्यवस्थापन शैलीको अवलम्बन गर्न थालिएको छ ।
    • दण्ड, पुरस्कारको कानूनी व्यवस्था छ ।
    • समयवद्ध सरुवाको कानूनी व्यवस्था छ ।
    • हरेक कर्मचारीलाई पदस्थापना गर्नुपूर्व अनिवार्य रुपले कार्यविवरण दिनुपर्ने व्यवस्था छ ।
    • तलव भत्ता, उपदान तथा पेन्सनको व्यवस्था छ ।
    • संगठित हुने अधिकार प्रदान गरिएको छ।

    दुर्वल अवस्था

    • नकारात्मक भर्ना विधि (Negative recruitment method) को मात्र अवलम्बन गरिएको छ ।
    • लोक सेवा आयोगको छनौट प्रणाली परम्परागत छ, काम उन्मुख (Job oriented) भन्दा सिद्धान्त उन्मुख (theory oriented) छ ।
    • तालिमहरू कार्य उन्मूख (Job oriented) छैनन् ।
    • सरुवा, पदस्थापन निष्पक्ष, पारदर्शी, वस्तुगत तथा पूर्वानुमानयोग्य छैन ।
    • पारदर्शिता, जवाफदेहिता वहनको संयन्त्र कमजोर छ ।
    • कार्य विवरण बनाउनु पर्ने व्यवस्थाको प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको देखिदैन ।
    • उत्तराधिकारी योजना (Succession plan) को प्रावधान कार्यान्वयन हुन सकेको छैन ।
    • परम्परागत सञ्चार प्रणाली छ ।
    • वृत्ति विकासको अवसर र वितरण न्यायोचित छैन ।
    • समावेशिकरणबाट लक्षित समूहले खासै लाभ लिन सकेको देखिदैन । टाठाबाठाले नै अवसर हडपेको (elite capturing) देखिन्छ ।
    • सरुवा पूर्वानुमानयोग्य तथा न्यायपूर्ण छैन ।
    • उपयुक्त स्थानमा उपयुक्त व्यक्ति (Right person at the right place at the right time) छैन ।
    • कर्मचारीको स्पष्ट कार्य विवरणको व्यवस्थाको प्रभावकारी किसीमले कार्यान्वयन हुन सकेको छैन ।
    • तलव भत्ता तथा अन्य सुविधा सम्मानपूर्ण जीवनयापन गर्नलाई पुग्ने किसीमको छैन ।

    निष्कर्ष

    • मानव श्रोत व्यवस्थापनको संगठनात्मक विकासमा महत्त्वपूर्ण योगदान रहेको हुन्छ।
    • तोकिएको समयमा निर्धारित लक्ष्यहरू हासिल गर्न दक्ष एवं क्षमतावान जनशक्ति निजामती सेवामा प्रवेश गराउन आवश्यक छ ।
    • नेपालको निजामती सेवामा देखिएका दुर्वल अवस्थाहरूलाई सबल अवस्थामा परिणत गर्न सके यसवाट समग्र सार्वजनिक प्रशासनलाई परिणाममा आधारित बनाउन सकिन्छ ।

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100