सार्वजनिक कोष
■ सार्वजनिक कोष भनेको राज्यको कोष हो जहाँ राजस्व, राज्यले गर्ने लगानीबाट प्राप्त मुनाफा वा ब्याज, वैदेशिक सहायताबाट प्राप्त हुने रकम जम्मा गरिएको हुन्छ ।
■ संकुचित अर्थमा सरकारको ढुकुटी वा सरकारी कोष वा सञ्चित कोष नै सार्वजनिक कोष हो भने व्यापक दृष्टिकोणबाट अर्थ लगाउँदा यसले सार्वजनिक निकायहरूमा कानुनबमोजिम स्थापना भएका सञ्चित कोष लगायतका सार्वजनिक कोषहरुलाई बुझाउँछ जसमा सबै नागरिकहरुको प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार, चासो र स्वामित्व रहेको हुन्छ ।
■ नेपालको संविधान को धारा ११६ मा व्यवस्था गरिएको संघीय संचित कोष सार्वजनिक कोष हो ।
सार्वजनिक कोषको विशेषता
सार्वजनिक कोष सार्वजनिक हितको लागि स्थापना गरिएको हुन्छ ।
सार्वजनिक जवाफदेहिता हुन्छ।
कानुन कार्यविधिको आधारमा स्थापित हुन्छ
निश्चित उद्देश्य र प्रयोजनको लागि स्थापना गरिएको हुन्छ
सार्वजनिक कोषमा रकमको संकलन, खर्च, लेखांकन र लेखापरिक्षण निश्चित कानुनको आधारमा हुन्छ ।
सार्वजनिक कोषको सदुपयोग
सार्वजनिक कोषको उपयोग कानुनको अधिनमा रहेर राष्ट्रको हित प्रवर्धनका लागि गर्नु, फजुल खर्च नगर्नु नै सार्वजनिक कोषको सदुपयोग हो ।
व्यवस्थापिका संसदले सार्वजनिक खर्चका लागि विनियोजन विधेयक, पेश्कि विधेयक पारित गरेपछि मात्र खर्च गर्न सकिन्छ ।
खर्च गर्दा सार्वजनिक खरिद ऐन, आर्थिक प्रशासन सम्बन्धी नियमहरूको पालना गर्नुपर्छ ।
प्रचलित कानुन बमोजिम स्थापना भएका कोषहरुमा कानुन बमोजिम मितव्ययी, स्वच्छ, पारदर्शी, जबाफदेही तरिकाले संकलित रकमलाई ठिक ठाउँमा, ठिक समयमा र ठिक ब्यक्तिद्वारा खर्च गरिनुपर्छ भन्ने विषयलाई यसले जोड दिएको हुन्छ।
सार्वजनिक कोष सदुपयोगको आवश्यकता, महत्व र उद्देश्य
सीमित आर्थिक स्रोतबाट अधिकतम प्रतिफल प्राप्त गर्न,
वित्तीय स्रोतमा व्यवस्थापकीय नियन्त्रण कायम गर्न,
साधनलाई उत्पादनशील क्षेत्रमा प्राथमिकीकरण गर्न,
सरकारप्रतिको सर्वसाधारण जनताको विश्वास अभिवृद्धि गर्न,
करदाताहरुको कर तिर्ने भावनाको विकास गराउन,
दातृनिकायहरुको विश्वास जिती वैदेशिक सहायता परिचालनलाई प्रभावकारी बनाउन, लगानीयोग्य वातावरण बनाउन,
सरकारी कोष र सरकारी सम्पत्तिको संरक्षण गर्न,
सार्वजनिक वस्तु र सेवाको सर्व सुलभ उपलब्ध गराउन,
आर्थिक कारोबारमा समानता र समता कायम गर्न,
सामाजिक न्याय कायम गर्न,
दिगो आर्थिक विकास गर्न,
भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न,
आर्थिक कारोबारमा पारदर्शिता, मितव्ययिता, नियमितता,
कार्यदक्षता, प्रभावकारिता र औचित्यता अभिवृद्धि गर्न ।
सार्वजनिक कोषको सदुपयोग कसरी गर्ने ?
कानुनको पालना
खर्चको मितव्ययिता
खर्चको प्रभावकारिता
खर्चको पारदर्शिता
खर्चको जवाफदेहिता
सार्वजनिक कोषको लेखापरिक्षण
प्रोत्साहन र दण्ड प्रणाली
सार्वजनिक कोष सदुपयोगका आधार
नियमितता
मितव्यिता
कार्य दक्षता
प्रभावकारीता
औचित्यता
सार्वजनिक कोष परिचालनमा सदाचार र नैतिकता
Input मा मितव्ययिता
Process मा नियमतितता र कार्य दक्षता
Output मा प्रभावकारिता औचित्यता
Allocation मा यथार्थता र उपयुक्तता
Distribution मा समानता समता र समन्यायिकता
सार्वजनिक कोष परिचालनका सिद्धान्त
नियन्त्रण र सन्तुलन
कानुन बमोजिम मात्रै कर लगाउने
अनुशासन र एकरुपता
पारदर्शिता जवाफदेहिता अनुमानयोग्यता
मौद्रिक मुल्यको सार्थकता
आदर्श विनियोजन र दक्ष उपयोग
सार्वजनिक कोषको सदुपयोगका चुनौती
राजनैतिक अस्थिरता
राजनैतिक दलहरूको अस्वस्थ प्रतिस्पर्धाका कारण सार्वजनिक कोषबाट मुलुकको हित विपरीत स्वार्थ प्रेरित ढङ्गले रकम वितरण गर्ने प्रवृत्ति बढ्नु
बढ्दो प्रशासनिक खर्च
कार्यक्रम बजेटको सहि पालना हुन नसक्नू
वैदेशिक सहायताबाट प्राप्त कतिपय रकम सार्वजनिक कोषमा नै जम्मा नहुने अवस्था रहेको ।
सार्वजनिक कोष संचालनका लागि नेपालमा हाल भएका व्यवस्थाहरू
संविधानको धारा ११५ देखि १२५ सम्म संघिय आर्थिक कार्यप्रणालीको व्यवस्था गरिएको छ ।
धारा २०३ देखि २१३ सम्म प्रदेश आर्थिक कार्यप्रणाली ।
धारा २२८ देखि २३० सम्म स्थानीय आर्थिक कार्यप्रणाली को व्यवस्था गरिएको छ।
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ र नियमावली २०७७
सार्वजनिक खरिद ऐन, २०६३
संसद, संसदिय समितिहरू, अख्तियार, अदालत, दातृ समुदाय, नागरिक समाज, राजश्व न्याधिकरण, राष्ट्रिय सतर्कता केन्द्र, खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,
अर्थ मन्त्रालय, राजश्व अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालय
एकल खाता कोष प्रणाली
मध्यकालिन खर्च संरचना कार्यक्रमलाई p1, p2 p3 गरि प्राथमिकताका आधारमा रकम खर्च गर्ने
नैतिकता र सदाचार
नैतिकता
नैतिकता भन्नाले नीतिवान बन्नु, आचार संहिताको पालना गर्नु, समाजका असल नीतिको पालना गर्नु भन्ने बुझिन्छ । नैतिकताले सामाजिक, सांस्कृतिक बहुलतावादको सम्मान गर्दै उन्नत, सभ्य, आदर्श व्यवहार अनुसार कार्यसम्पादन गर्नु भन्ने बुझिन्छ ।
नैतिकता कुनै सैद्धान्तिक अवधारणा नभएर व्यावहारिक विज्ञानको आत्म अनुशासनको एक रुप हो ।
नैतिकताले व्यक्तिको अन्तर्मनको आदेशलाई निर्देशित गर्दछ । यो पालना नगरे आफैमा असन्तुष्टि वा असहजताको भाव पैदा हुने गर्दछ । नैतिकता कानुनभन्दा माथि रहन्छ ।
यो कुन कुरा ठीक, कुन कुरा बेठीक आफैंले आफैंलाई निक्र्यौल गर्ने अवधारणा हो ।
कथनी र करनीमा समानतालाई नै नैतिकता भनिन्छ ।
सदाचार
सदाचार भन्नाले राम्रो वा असल व्यवहार भन्ने बुझिन्छ ।
सामाजिक मर्यादा र प्रचलित कानुनको अनुकूल चरित्र नै सदाचार हो।
सार्वजनिक सेवालाई व्यक्तिगत लाभभन्दा माथि राख्नु सदाचार हो ।
जुन चिज आफ्नो स्वामित्व वा अधिकारभन्दा बाहिर छ, त्यसको लोभ नगर्नु र आफूलाई तोकिएको काम इमान्दारी र निष्ठासाथ गर्नु सदाचार हो ।
यो भ्रष्टाचारको विपरीतार्थ शब्द हो।
सदाचार र नैतिकताको महत्व
सार्वजनिक सेवालाई सभ्य अनुशासित र मर्यादित बनाउन,
कानुनले तोकेको पदिय दायित्व पुरा गराउन,
सभ्य र सु-संस्कृत समाज निर्माण गर्न,
निजामती सेवालाई प्रतिबद्ध र राजनीतिबाट तटस्थ बनाउन,
विधिको शासन स्थापना गर्न,
सार्वजनिक कोषको दुरुपयोग रोक्न
सदाचार र नैतिकताको क्षेत्र
वैयक्तिक सदाचार नैतिकता
आत्म अनुशासन कायम गर्ने
ध्यान, योग साधना गर्ने
अध्ययनशील, व्यवसायीक बन्ने
परिश्रमी र धैर्यवान बन्ने
विलासिताबाट टाढा रहने
सामाजिक सदाचार र नैतिकता
कसैलाई बिभेद नगर्ने
सामाजिक हितका कार्य गर्ने
कसैलाई घृणा नगर्ने
सामाजिक कुरिति अन्त्यका लागि पहल गर्ने
आर्थिक सदाचार र नैतिकता
व्यवसाय, पेशाको सम्मान बढाउने काम गर्ने
व्यवसायिक संस्कृतिको पालना गर्ने
सरकारी सुबिधालाई सरकारी कामका लागि मात्र उपयोग गर्ने
संगठन प्रतिको सम्मान र मर्यादा कायन गर्ने
सदाचार पद्दतिका मूलभूत मूल्य मान्यताहरू
वैधानिकता : प्रचलित कानून बमोजिम संस्थाको स्थापना, पदाधिकारीहरूको नियुक्ति र कार्यसञ्चालन भएको हुनुपर्ने ।
सेवाभाव : सबै किसिमका संस्थाको मूलमन्त्र जनता वा सेवाग्राहीको सेवा गर्ने हुनुपर्ने ।
निष्पक्षता : कसै उपर पनि अबान्छित रूपमा पक्षपातपूर्ण व्यबहार गर्न नहुने ।
स्वच्छता : निर्णय, कार्य, सेवा प्रवाह र व्यबहारमा स्वच्छता हुनु पर्ने ।
स्वार्थरहितता : पदाधिकारी तथा कर्मचारीले आफू, आफ्नो परिवारको सदस्य वा आफन्त र अन्यकिसिमको सम्बन्धको स्वार्थमा आफ्नो पदको दुरूपयोग गर्न नहुने ।
इमान्दारिता : पद र जिम्मेवारी अनुसारको कार्य सम्पादन र व्यवहारमा इमान्दार हुनुपर्ने ।
कार्यकुशलता : साधन स्रोतको समुचित र मितव्ययी प्रयोग गरी अधिकतम प्रतिफल प्राप्त गर्ने ।
पारदर्शिता : निर्णय, कार्य र व्यबहारमा खुलापन हुनुपर्ने ।
निजामती सेवामा नैतिकता सदाचारिताको व्यवस्था
निजामती सेवा ऐनमा कर्मचारीले पालन गर्नुपर्ने आचरणको व्यवस्था,
सेवा अभियान संचालन निर्देशिकामा कर्मचारीले अवलम्बन गर्नुपर्ने शिष्टाचार पद्दतिको बारेमा उल्लेख,
आर्थिक अनुशासन कायम गर्न विभिन्न समयमा निर्देशिका तथा कार्यबिधि तर्जुमा हुँदै आएको,
निजामती कर्मचारीको मूल्याङ्कनमा समेत आचरण र अनैतिकतालाई आधार बनाइने,
निजामती सेवामा नैतिकता सदाचारिताको व्यवस्था
निजामती सेवा ऐन, २०४९ को परिच्छेद ७, दफा ४१ देखि दफा ५५ सम्म निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणहरुको व्यवस्था छ । जुन निम्न छन् :
सरकारबाट निर्धारित समयमा नियमित रुपमा कार्यालयमा हाजिर हुनुपर्ने, सकेसम्म पहिले विदाको स्वीकृति लिने,
अनुशासनमा रही आफ्नो कर्तव्य इमानदारी र तत्परताको साथ पालन गर्नु पर्ने,
राजनीतिमा भाग लिन नहुने,
सरकारको आलोचना गर्न नहुने
सरकारी कामकाज सम्बन्धी समाचार प्रकाशन गर्न नहुने,
दान, उपहार, चन्दा, आदि प्राप्त गर्न र सापटी लिन नहुने,
कम्पनीको स्थापना सञ्चालन, व्यापार व्यवसाय तथा अन्यत्र नोकरी गर्न नहुने,
निजामती सेवामा नैतिकता सदाचारिताको व्यवस्था
राजनैतिक पदको लागि निर्वाचनमा भाग लिन नहुने, कसैको निमित्त मत माग्न नहुने तर गोप्य मतदान गर्न नपाउने, प्रदर्शन, हडताल, कलम बन्द गर्न नहुने, शारीरिक वा मानसिक उत्पीडन हुनेगरी दबाब दिन नहुने
सम्पत्ति विवरण दिनुपर्ने
यातना दिन नहुने,
यौनजन्य दुर्व्यवहार गर्न नहुने,
घरेलु हिंसा सम्बन्धी कार्य गर्न गराउन नहुने,
कार्यालयमा काम गर्दा सबै प्रति शिष्ट व्यवहार गर्नु पर्ने,
निष्पक्ष, स्वच्छ तथा छिटो छरितो रुपमा कार्य सम्पादन गर्नुपर्ने,
घरायसी कार्यकोलागि सरकारी सम्पत्ति र सरकारी कर्मचारीको प्रयोग गर्न नहुने,
सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नुपर्ने ।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।