लोकसेवा उपयोगी सामग्री (विषयगत) - Chaitanya News
  • 2026-06-07
  • 16:38:24
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत)

    विकास योजना र चालू आवधिक योजना
    (Development Planning & Current Periodic Plan)

     

    योजना के हो?

    • निश्चित उद्देश्य प्राप्तिको लागि उपलब्ध स्रोतसाधनको समुचित परिचालन गरी निश्चित अवधिमा लक्षित उपलब्धि हासिल गर्न गरिएको व्यवस्थित प्रयासलाई योजना भनिन्छ।
    • के गर्ने, किन गर्ने, कसले गर्ने, कहिले गर्ने, कहाँ गर्ने, के कति स्रोत र साधनमा गर्ने भन्ने प्रश्नहरुको जवाफको शृंखला नै योजना हो।
    • योजना नीतिको अंश हो र नीतिको आधारमा नै योजना तर्जुमा गरिन्छ। योजना खास गन्तव्यतिर जाने मार्गचित्र हो।
    • योजनाबद्ध विकासको सुरुवात तत्कालीन सोभियत संघले सन् १९२८ बाट सुरु गरेको हो। यसै कारण सन् १९३० को आर्थिक मन्दीमा समेत सोभियत संघमा कम प्रभाव पर्यो ।
    • दोस्रो विश्वयुद्ध पश्चात तेस्रो विश्वका राष्ट्रले समेत योजनाबद्ध विकास प्रयासलाई आत्मसात गरेको देखिन्छ।
    • नेपालले वि.स. २०१३ बाट योजनाबद्ध विकास प्रयासको थालनी गर्यो।
    • योजनाबद्ध विकास निरन्तर प्रक्रिया हो, जसमा state & non-state actors सम्भावना र क्षमताका आधारमा राष्ट्र निर्माण प्रक्रियामा संलग्न हुन्छन्।

     

    योजनागत अवधारणा विकासका कारणहरु 

    • २० औं शताब्दीको प्रारम्भ तिर विकेन्द्रीकरण अवधारणा विकास
    • पूँजीवादी अर्थतन्त्रको विकृतिको रुपमा आएको गरिबी र बेरोजगारी
    • समाजवादी धारणाको अभ्युदय
    • प्रथम तथा द्वितीय विश्वयुद्धको परिणाम
    • सन् १९३०को विश्वव्यापी आर्थिक मन्दी
    • राजनीतिक जागरुकता राष्ट्रियताको विकास
    • स्रोत र साधनको सीमितता र आवश्यकताको असीमितता।

    योजना कस्तो हुनुपर्छ?

    • Economically viable
    • Politically suitable
    • Socially acceptable
    • Technically feasible
    • Compatible with national priority
    • Environmentally sustainable

    योजनाका प्रकार

    समयका आधारमा:

    • दीर्घकालीन योजना (सामान्यतः १० वर्षभन्दा बढीको दृष्टिकोण सहितको रणनीति)
    • आवधिक योजना (सामान्यतः ५ वर्षे योजना)
    • वार्षिक योजना (बजेट)

    कार्यक्षेत्रका आधारमा:

    • राष्ट्रिय योजना (समष्टिगत प्रभाव भएका बजेट, कार्यक्रम)
    • क्षेत्रगत योजना (कृषि, शिक्षा, स्वास्थ्य आदिका योजनाहरु)
    • स्थानीय योजना (सानो भौगोलिक क्षेत्रमा कार्यान्वयन गरिने)

    योजनाका प्रकारहरु

    • भौगोलिक: राष्ट्रिय, क्षेत्रीय, जिल्ला स्तरीय योजना
    • विषय: समग्र विकास योजना तथा विषयगत योजना
    • समय: दीर्घकालीन, मध्यकालीन तथा अल्पकालीन योजना
    • अधिकार: केन्द्रिकृत र विकेन्द्रित
    • किसिम:रणनीतिक, कौशलता, कार्यसंचालनगत

    योजनाबद्ध विकासका पूर्वसर्तहरु तथा आधारभूत पक्षहरु

    • स्थिर राजनीतिक पद्धति
    • स्थिर र प्रभावकारी प्रशासनिक संयन्त्र
    • सामाजिक साँस्कृतिक पद्धतिमा सामन्जस्यता
    • योजनाका प्रत्येक चरणमा व्यापक जनसहभागिता
    • दीर्घकालीन सोंच र गन्तव्य
    • उचित योजनाको छनौट
    • Vision, Mission र Goal
    • विना अवरोध योजना संचालनको स्थिति
    • उचित रणनीति
    • उपलब्धीको सूचक
    • निरन्तर सुपरिवेक्षण, अनुगमन र मूल्याँकन

    योजनाका तत्वहरु

    • (सोच), उद्देश्य,लक्ष्य र सूचकहरुको स्थापना
    • उपयुक्त रणनीति निर्धारण
    • प्राथमिकता निरुपण
    • स्रोत साधनको विनियोजन
    • कार्यान्वयन
    • अनुगमन र मूल्याङ्कन (सहजीकरण र शिक्षा लिने काम) ।

    योजनाका विशेषताहरु

    • योजनाले खास समयका लागि राष्ट्रिय उद्देश्य र लक्ष्यको स्थापना गर्दछ ।
    • उद्देश्य तथा लक्ष्य प्राप्तिका लागि क्षेत्रगत नीति र कार्यक्रम राष्ट्रिय योजनाका अभिन्न भागका रुपमा रहन्छन् ।
    • योजना राष्ट्रको प्राधिकार निकायबाट निर्धारित हुन्छ ।
    • योजनाले खास अवधिको नीतिनिर्णयलाई प्रभाव र निर्दिष्ट गर्ने हैसियत राख्दछ ।
    • राष्ट्रिय योजना खास वर्ग लक्षितभन्दा पनि समष्टिगत विकासलाई ध्यान दिने गर्दछ ।
    • योजना अन्तर्गत उत्पादनका साधनहरुलाई कम उत्पादनशील क्षेत्रबाट बढी उत्पादनशील क्षेत्रमा र कम प्राथमिकता क्षेत्रबाट उच्च प्राथमिकता क्षेत्रमा प्रवाहित गरिन्छन् ।

    योजनाको आवश्यकता सम्बन्धी दृष्टिकोणहरु

    समाजवादी दृष्टिकोण:

    • उपलब्ध साधनको समुचित परिचालन, सामाजिक न्याय र आर्थीक विकास गर्ने एकलौटी अधिकार सरकारसँग रहन्छ, तसर्थ योजना आवश्यक हुन्छ।
    • बजार संयन्त्रले सधैं काम नगर्ने हुनाले वितरणमुखी न्याय, सीमित स्रोत र साधनको प्रभावकारी परिचालन, वैदेशिक सहायता प्राप्त र सदुपयोग गर्न, जनताको इच्छा पूरा गर्न, द्रुत तथा सन्तुलित विकास गर्नका योजना चाहिन्छ।

    पूँजीवादी दृष्टिकोण:

    • आर्थिक मन्दी तथा व्यापार चक्र सुस्त भएको बेला।
    • आर्थिक पुनर्संरचना गर्न, खुला अर्थतन्त्र र खुला बजार सुदृढ र सक्रिय बनाउन।

    मिश्रित दृष्टिकोण:

    • निजी, सहकारी र सरकारी क्षेत्रको योगदानलाई सन्तुलित ढंगले अगाडि बढाउन र यसै को माध्यमबाट आर्थिक विकास गर्न।

    कार्यक्रम

    • योजना र क्रियाकलापबीच Link गर्ने प्रक्रिया ।
    • योजनाले निर्दिष्ट गरेका लक्ष्य प्राथमिकतामा विभिन्न क्रियाकलाप परियोजनालाई समूहीकृत गराँउदछ ।
    • निश्चित अवधिमा खास क्षेत्रमा के कस्ता कार्यहरु गरिन्छन् र त्यसको ढाँचा कस्तो हुने भन्ने कुरा कुरा कार्यक्रमले अभिव्यक्त गर्दछ ।
    • योजना आफै कार्यान्वयन नहुने भएकोले यसले कार्यमूलक ढाँचा बनाउँदछ
    • कतिपय अवस्थामा आवधिक योजनाभन्दा पनि कार्यक्रमको अवधि ठूलो हुनसक्छ । जस्तो सवैको लागि शिक्षा, काठमाडौं खानेपानी व्यवस्थापन आदि
    • कार्यक्रम बहुपक्षीय छ भने उपक्षेत्रबीच कार्यविभिाजन र समन्वय जस्ता पक्षहरु सुनिश्चित गरिन्छन् ।
    • कार्यक्रमले योजनाको लक्ष्य प्राप्तिका लागि परियोजनाको आधार दिन्छ ।

    परियोजना

    • परियोजना योजनाको त्यस्तो भाग हो जसले विकास योजनाको निश्चित उद्देश्य प्राप्त गर्नका लागि निर्धारित समयसीमाभित्र भौतिक तथा मानवीय साधनको सावधानीपूर्वक उपयोग गर्दछ ।
    • यो क्रियाकलापहरुको व्यवस्थित समूह हो ।
    • A project is any scheme or part of scheme for investing resources which can reasonable be analyzed and evaluated as an independent unit.

    परियोजनाको वर्गीकरण

    • व्यापारिक परियोजना (आर्थिक प्रतिफलमा ध्यान दिन्छ) ।
    • विकास परियोजना (सामाजिक उपयोगिता र सन्तुष्टिमा ध्यान दिन्छ) ।
      – राज्यले सामान्यत सामाजिक उपयोगिता (Social goods) उत्पादनका लागि परियोजना कार्यान्वयन गर्दछ ।

    योजना र कार्यक्रम
    योजना

    • सोच, लक्ष्य र रणनीति स्थापित गर्दछ ।
    • प्राथमिकता निर्धारण गर्दछ ।
    • समयसीमा लामो हुन्छ ।
    • समष्टिगत हुन्छ ।
    • नीतिगत पक्षमा ध्यान दिन्छ ।
    • Strategic हुन्छ ।
    • बजेट र वार्षिक बजेट कार्यक्रमलाई निर्दिष्ट गर्दछ ।

    कार्यक्रम

    • कार्यमूलक लक्ष स्थापित गर्दछ ।
    • प्राथमिकता अनुरुप कार्यनीति बनाउदछ
    • सामान्यतः योजनाको सीमाभन्द सानो हुन्छ ।
    • क्षेत्रगत (Sectoral) हुन्छ ।
    • कार्य प्रारुपण र कार्यनीतिमा जोड दिन्छ ।
    • Operational  हुन्छ ।
    • बजेट र वार्षिक विकास कार्यक्रम मार्फत आउछ ।

    योजना र परियोजना
    योजना (र कार्यक्रम)

    • दृष्टिकोण र सोच दिन्छ ।
    • रणनीति र कार्यनीतिको समष्टि ।
    • दीर्घकालीन हुन्छ ।
    • बजेट र वार्षिक नीति कार्यक्रमलाई निर्दिष्ट गर्छ ।
    • परियोजनालाई परिमार्जन र निर्दिष्ट गर्छ ।
    • राष्टिय आवश्यकता र सम्भावनाबीच वृहद खाका दिन्छ ।
    • साधन र परियोजना विना पनि योजना कार्यान्वयन हुनसक्छ ।

    परियोजना

    • सोच र दृष्टिकोणलाई क्रियान्वयन गर्दछ ।
    • क्रियाकलाप र लगानीको समष्टि हो ।
    • सापेक्षिक रुपमा छोटो हुन्छ ।
    • बजेट र वार्षिक विकास कार्यक्रम मार्फत कार्यान्वयन हुन्छ ।
    • पृष्ठपोषण र शिक्षा दिन्छ ।
    • साधन, स्रोत र सम्भावना उपयोगको अवसर दिन्छ ।
    • साधन विना कार्यानवयन असम्भव छ ।

    विकास योजना

    • उपलब्ध सीमित स्रोत तथा साधनको महत्तम परिचालनबाट अधिकतम प्रतिफल प्राप्त गर्न अर्थतन्त्र माथि राज्यले गर्ने व्यवस्थित हस्तक्षेप नै विकास योजना हो।
    • निश्चित समयावधि भित्र मुलुकको विकासका निर्दिष्ट लक्ष्यहरु हासिल गर्न उपलब्ध साधनहरुको समुचित व्यवस्थापन गर्ने कार्यलाई विकास योजना भनिन्छ।
    • तोकिएको समयभित्र पुर्वनिर्धारित उद्देश्यहरु हासिल गर्न आवश्यक क्रियाकलाप, आयोजना तथा कार्यक्रमहरुको तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याँकन गर्ने विधा विकास योजना हो।
    • विकास योजनाले विकासका राष्ट्रिय लक्ष्य, प्राथमिकता र रणनीतिहरु निर्धारण गरी सरकारको समग्र नीति तथा कार्यक्रम र बजेटलाई सोही अनुरुप दिशानिर्देश गर्दछ।
    • मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक, मानवीय लगायत समग्र विकासको लागि उपलब्ध सीमित स्रोत साधनको आर्दशतम र महत्वम रूपमा बाँडफाँड गरी अपेक्षित रूपमा प्रतिफल प्राप्त गर्न अधिकार प्राप्त निकायबाट तर्जुमा र स्वीकृत गराई कार्यान्वयनमा लगिने पूर्व निर्धारित खाका वा दस्ताबेज नै विकास योजना हो ।
    • मुलुकको समग्र विकासको लागि दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, रणनीति, प्राथमिकता, क्षेत्रगत, विषयगत लक्ष्य, उद्देश्य, प्राथमिकता, कार्यक्रम र अपेक्षित प्रतिफल समेटिएको पूर्व निर्धारित दस्ताबेज जसले उत्पादनका साधनहरूलाई कम प्राथमिकता प्राप्त क्षेत्रबाट बढी प्राथमिकता प्राप्त क्षेत्रमा र कम उत्पादनशील क्षेत्रबाट बढी उत्पादनशील क्षेत्रमा प्रवाह गरी अधिकतम प्रतिफलको अपेक्षा गरेको हुन्छ ।
    • मुलुकको समग्र विकास प्रक्रियासँग सम्बन्धित के, कहाँ, कहिले, किन, कसरी र कसले जस्ता प्रश्नहरूको जवाफ खोज्ने संयन्त्र जसले विकास प्रक्रियामा विभिन्न भूमिका निर्वाह कर्ताहरूको सुनिश्चितता गर्दै सीमित स्रोत साधनबाट अधिकतम प्रतिफल प्राप्त हुने गरी विकास गतिविधिलाई नियोजित तवरले दिशानिर्देश गर्दछ ।

    नेपालमा विकास योजनाको विकासक्रम

    • १९९२ सालको जुद्धशमसेरको २० वर्षे कागजी योजना र वि.स. २००५ सालको १५ वर्षे योजना समितिको गठन,
    • २००८ सालमा योजना र विकास मन्त्रालयको स्थापना र सोही सालबाटै बजेट प्रणाली लागु,
    • वि.स. २०१३ सालबाट योजनाबद्ध विकासको रूपमा पञ्चवर्षे योजना लागु,
    • २०१३ सालमा कार्यकारी निर्णय गरी राष्टिय योजना आयोगको स्थापना,
    • २०१४ सालमा योजनामण्डल ऐन, २०१५ सालमा योजना परिषद् गठन, २०१८ सालमा राष्टिय योजना परिषद् गठन ।
    • २०१९ सालमा राष्टिय योजना परिषद् विघटन र राष्टिय योजना आयोगको गठन,
    • २०२९ जेठ २७ गते राष्टिय विकास परिषद्को गठन जुन परिषद् हालसम्म पनि राष्टिय योजनाको एक महत्त्वपूर्ण मार्गनिर्देशक संस्थाको रूपमा क्रियाशील रहेको छ ।
    • हालसम्म २०४७ देखि २०४९ र २०१८ देखि २०१९ योजना विहीन वर्षका रूपमा रहेका,
    • पाचँवटा त्रिवर्षीय योजना र बाकि सबै पञ्चवर्षीय योजना रहेका ,
    • यी योजनाहरूको कार्यान्वयनबाट धेरै क्षेत्रहरूमा उत्साहजनक उपलब्धि हासिल भएतापनि अपेक्षित प्रतिफल भने प्राप्त हुन सकेको छैन ।
    • हाल पन्ध्रौँ योजना कार्यान्वयनमा रहेको छ ।

    विकास आयोजनाका पुर्वशर्त/आधारहरु

    • आधारभूत तथ्यांक (Base line data or knowledge base)
    • सवल संस्थागत आधार (Strong Institution/authority_
    • स्पष्ट दृष्टिकोण सहितको सहमति (Commitment with vision_
    • सकारात्मक र जागरुक प्रशासन(Aggressive Administration)
    • सवल वित्तीय आधार (Strong financial Management)
    • दह्रिलो जनसमर्थन र सहभागीता(Peoples Ownership)

    विकास योजनाको उद्देश्य

    • सन्तुलित विकासको मार्ग तय गरी आर्थिक असमानता कम गर्ने,
    • सीमित स्रोत तथा साधनको प्राथमिकताका आधारमा परिचालन र उपयोग गर्नु,
    • मुलुकमा आर्थिक स्थिरता र सामाजिक सुरक्षाको प्रत्याभूति गर्नु,
    • बजार प्रवर्द्धन गरी अर्थतन्त्रलाई समुन्नत बनाउनु,
    • कृषिमा व्यवसायीकरण र औद्योगिक विकासमार्फत राष्ट्रिय उत्पादन वृद्धि गर्नु,
    • गरिबी, बेरोजगारी र अन्य सामाजिक समस्याको समाधान गर्नु,
    • आर्थिक कूटनीतिको माध्यमबाट लगानी आकर्षण तथा व्यापारको प्रवर्द्धन गर्नु,
    • बन्चितिकरण र सीमान्तीकरणमा परेका क्षेत्र/वर्गको विकासका लागि आवश्यक प्रवन्ध गर्नु,
    • विकासका सबै साझेदारहरुको प्रभावकारी परिचालन र नियमन गर्नु,
    • दिगो विकासको सुनिश्चितता गर्नु, आदि।

    विकास योजनाको आवश्यकता

    • विकास कार्यलाई व्यवस्थित र समयमै सञ्चालन र सम्पन्न गर्न,
    • योजनाबद्ध रूपमा गरिएको कार्य मितव्ययी र कम श्रम शक्तिबाट सम्पन्न हुने भएकोले,
    • विकास प्रक्रियामा राज्यको उपस्थिति सिद्ध गर्न,
    • उपलब्ध सीमित स्रोत साधनको अधिकतम प्रतिफल प्राप्त हुने गरी उत्पादन प्रक्रियामा लगाउन र प्राप्त उपलब्धिको न्यायोचित वितरणको व्यवस्था मिलाउन,
    • व्यापार चक्रबाट आउने उतारचढाव र सो बाट पर्न जाने नकारात्मक असरबाट मुलुकलाई बचाउन,
    • बजार अर्थव्यावस्थाका विकृतिलाई नियन्त्रित गर्न,
    • सहभागितामूलक विकासको मान्यतालाई अवलम्बन गर्न,
    • सामाजिक न्याय, विकास, सुरक्षा र कल्याणकारी राज्यको अवधारणालाई आत्मसात् गर्न,
    • प्राथमिकता प्राप्त क्षेत्रमा लगानी केन्द्रित गर्न,
    • वैदेशिक सहायता परिचालनको उपयुक्त भूमिका निर्वाह गर्न,
    • विकास प्रक्रियामा आधुनिक प्रविधि, स्थानीय प्रविधि, श्रम र स्रोत साधनको उपयोग गर्ने,
    • सन्तुलित र सुनियोजित विकास गर्न,

    विकास योजना तर्जुमा प्रक्रिया 

    • सूचना तथा तथ्यांकको संकलन,
    • समष्टिगत आर्थिक विश्लेषण र प्रक्षेपण,
    • लक्ष्य तथा उद्देश्यहरुको निर्धारण र प्रथामिकीकरण,
    • पूर्वानुमान विकास र सम्भावित समस्याहरुको आंकलन,
    • योजनाको ढाँचा र रणनीतिहरुको निर्धारण,
    • क्षेत्रगत उद्देश्य, नीति, कार्यक्रम र अपेक्षित उपलब्धीहरुको निर्धारण,
    • आवश्यक स्रोत साधनको व्यवस्था र बांडफांड,
    • अनुगमन तथा मूल्याँकनका आधार र सूचकहरुको निर्धारण र अनुगमन तथा मूल्याँकन योजना तर्जुमा,
    • योजना कार्यान्वयन कार्ययोजनाको निर्माण,
    • योजना कार्यान्वयनको प्रक्रिया र संयन्त्रको निर्धारण,
    • योजना अन्तिम मस्यौदा निर्माण र स्वीकृति।

    आवधिक योजनाको भूमिका  

    • खास अवधिका लागि मुलकको समष्टिगत दिशावोध गर्दछ
    • सरकारका नीति, कार्यक्रम तथा बजेटलाई निर्दिष्ट गर्छ
    • निकायगत क्रियाकलापलाई समन्वय र एकीकृत पार्छ
    • स्रोत साधन परिचालनलाई आधार दिन्छ
    • स्रोतसाधनको प्राथमिकीकरण गर्छ
    • स्थानीय संभावनाको उपयोग गर्ने आधार बनाउछ
    • राज्य बाहिरका पात्रलाई परिचालित हुन सहजीकरण गर्छ
    • विकासलाई अन्तर वर्ग, अन्तर क्षेत्र र अन्तरपुस्ता समन्यायिक बनाउछ ।

    नेपालमा योजना तर्जुमा प्रक्रिया

    • मुलुकको समष्टिगत आर्थिक स्थितिको विश्लेषण
    • चालू आवधिक योजनाको मध्यतिर रायोबाट अवधारणा तुर्जमा ।
    • अवधारणामाथि विभिन्न पक्षको छलफल गरी आधार पत्र मस्यौदा ।
    • मस्यौदालाई विभिन्न पक्षसँग छलफलगरी NPC ले स्वीकृत गर्ने ।
    • आधारपत्रमाथि विकास परिषदमा छलफल गरी स्वीकृत गर्ने ।
    • NPC बाट Detail Plan Document बनाउने ।
    • मन्त्रिपरिषदबाट स्वीकृत गरी लागू गरिन्छ ।
    • आवधिक योजनालाई वार्षिक विकास कार्यक्रममार्फत लागू गरिन्छ
    • एकवर्षे क्रियाकलाप, लक्ष्य र अपेक्षित उपलव्धि निर्धारण ।

    योजना तर्जुमाका आधारहरु

    • नेपालको संविधान: राज्यका निर्देशक सिद्धान्त र नीतिहरु
    • नेपाल सरकारका अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा सम्झौताहरु
    • सरकारले नागरिक समक्ष गरेका घोषणा र प्रतिबद्धताहरु
    • घोषित राष्ट्रिय लक्ष्य तथा प्राथमिकताहरु,
    • सरकारका नीति तथा कार्यक्रमहरु
    • सरकारमा रहने राजनीतिक दलको घोषणापत्र
    • मूलुकको सामाजिक, आर्थिक एवं साँस्कृतिक धरातल
    • आम नागरिकका माग, अपेक्षा र दबाबहरु
    • स्रोतको उपलब्धता र कार्यान्वयन क्षमताको लेखाजोखा
    • विगतको योजनाको समीक्षाबाट प्राप्त पृष्ठपोषण,
    • वर्तमान स्थितिको SWOT Analysis
    • उपलब्ध सूचना तथा तथ्यांक/ National Data Profile

    नेपालमा योजना तर्जुमा प्रक्रिया

    • अवधारणापत्रको तर्जुमा: चालू योजनाको मध्यतिर मध्यावधि समीक्षा र सोका आधारमा नयाँ आवधिक योजनाको अवधारणाको तर्जुमा गरिन्छ।
    • आधारपत्रको प्रारम्भिक मस्यौदा तर्जुमा: अवधारणापत्रका आधारमा विषय क्षेत्रगत मन्त्रालय र निकायसँगको सहभागितामा।
    • राय सुझाव सङ्कलन: आधारपत्रको प्रारम्भिक मस्यौदामा राष्ट्रिय तथा प्रदेश स्तरमा संघ, प्रदेश र स्थानीय तहका सबै सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गरी राय सुझाव संकलन गरिन्छ।
    • विकास परिषद्मा छलफल र निर्देशन
    • आधारपत्रको मन्त्रिपरिषद्बाट स्वीकृति र प्रकाशन
    • विस्तृत योजना दस्तावेजको तर्जुमा र प्रकाशन


    योजना तर्जुमा प्रक्रिया

    आधारपत्र चरण

    • चालु आवधिक योजनाको मध्यावधि समीक्षा योजना सम्पन्न हुन करिब १ वर्ष बाँकि अवधिमा,
    • विभिन्न क्षेत्रगत विषयगत सूचना तथ्याङ्क सङ्कलन गर्ने,
    • आगामी योजनाको आधारपत्र तयारी (रा.यो.आ.)
    • अवधारणा पत्रमाथि विभिन्न चरणमा, तहमा, सरोकारवाला पक्ष र विज्ञसँग अन्तर्क्रिया गोष्ठी, छलफल र बैठक गरी रायसुझाव सङ्कलन,
    • सान्दर्भिक सुझावहरुलाईआधारपत्रमा समेटी आधारपत्रको मस्यौदा तयारी,
    • आधार पत्रलाई राष्टिय विकास परिषद्को बैठकमा पेस गरी आवश्यक राय। सुझाव निर्देशन लिने,
    • आधारपत्रको अन्तिम मस्यौदा तयारी र रा.सु.आ. र मन्त्रिपरिषद्बाट स्वीकृत गराउने,
    • आधारपत्र प्रकाशन

    पूर्ण दस्ताबेजको चरण

    • आधारपत्रको आधारमा रा.यो.आ. ले योजनाको पूर्ण दस्ताबेजको विस्तृतिकरण गर्ने,
    • समष्टिगत लक्ष्य, उद्देश्य, रणनीति, प्राथमिकतासँग तादाम्यता हुने गरी क्षेत्रगत, विषयगत, लक्ष्य, उद्देश्य, प्राथमिकता, कार्यक्रमहरू विस्तृतीकरण गर्दै जाने,
    • आवश्यकताअनुसार पुन विभिन्न चरणमा, तहमा अन्तर्क्रिया गोष्ठी, बैठक वा छलफल गरी सरोकारवाला पक्ष वा विज्ञबाट रायसुझाव सङ्कलन गर्ने,
    • विस्तृत दस्ताबेजको अन्तिम मस्यौदा तयार गरी शुद्धाशुद्धी हेरी, सम्बन्धित समिति, रा.यो.आ. र मन्त्रिपरिषदबाट स्वीकृत गराई प्रकाशन गर्ने,


    कार्यान्वयनको चरण

    • आवधिक योजना कार्यान्वयनको जिम्मेवारी क्षेत्रगत, विषयगत, आयोग, सचिवालय र निकायको हुने,
    • ती सम्बन्धित निकायहरूले आवधिक योजनाको प्राथमिकता बमोजिम वार्षिक विकास कार्यक्रममार्फत योजना कार्यान्वयन गर्ने,
    • विकास कार्यक्रम छनौट गर्दा योजनाको मापदण्ड, दिशानिर्देश प्राथमिकता र रणनीतिसँग तादाम्यता हुने गरी छनौट गर्ने,
    • हरेक वर्ष कार्यक्रम कार्यान्वयनको लागि बजेट विनियोजन गरी स्वीकृत गराउने,


    अनुगमन र मूल्याङ्कन

    • योजनाको तर्जुमा पश्चात् योजनालाई कार्यान्वयन गरिन्छ ।
    • कार्यान्वयन स्तरमा के कस्ता समस्याहरू, अवरोधहरू, जटिलताहरू सामना गर्नु पर्ने हुन्छ त्यसको बारेमा तर्जुमाकै समयमा अनुमान गरिन्छ ।
    • यसको अतिरिक्त पनि समस्याहरू सृजना हुन सक्दछन् । यी सबै अवरोधहरूलाई चिर्दै विकास योजनाहरू कार्यान्वयनमा लैजान बेला बखतमा अनुगमन तथा मूल्याङ्कन गरिन्छ ।
    • योजना विकासका क्रममा यो निरन्तर प्रक्रियाकै रूपमा लिइन्छ ।
    • कुनै पनि विकास योजनाहरू कुन हदसम्म सफल भयो वा भएन ? योजनाबाट लक्षित समूह उपर के कस्तो प्रभाव पर्न गयो ? योजनासम्बन्धी क्रियाकलापहरूको सान्दर्भिकता रह्यो रहेन ? यी सबै क्रियाकलापहरूलाई व्यवस्थित आधारमा सूचकहरू समेतको प्रयोग गरी अवलोकन एवम सुपरिवेक्षण गर्ने प्रक्रियालाई मूल्याङ्कन भनिन्छ ।
    • यो योजनाको अन्तिम चरण हो ।

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100