विकास योजना र चालू आवधिक योजना (Development Planning & Current Periodic Plan)
योजना के हो?
निश्चित उद्देश्य प्राप्तिको लागि उपलब्ध स्रोतसाधनको समुचित परिचालन गरी निश्चित अवधिमा लक्षित उपलब्धि हासिल गर्न गरिएको व्यवस्थित प्रयासलाई योजना भनिन्छ।
के गर्ने, किन गर्ने, कसले गर्ने, कहिले गर्ने, कहाँ गर्ने, के कति स्रोत र साधनमा गर्ने भन्ने प्रश्नहरुको जवाफको शृंखला नै योजना हो।
योजना नीतिको अंश हो र नीतिको आधारमा नै योजना तर्जुमा गरिन्छ। योजना खास गन्तव्यतिर जाने मार्गचित्र हो।
योजनाबद्ध विकासको सुरुवात तत्कालीन सोभियत संघले सन् १९२८ बाट सुरु गरेको हो। यसै कारण सन् १९३० को आर्थिक मन्दीमा समेत सोभियत संघमा कम प्रभाव पर्यो ।
दोस्रो विश्वयुद्ध पश्चात तेस्रो विश्वका राष्ट्रले समेत योजनाबद्ध विकास प्रयासलाई आत्मसात गरेको देखिन्छ।
नेपालले वि.स. २०१३ बाट योजनाबद्ध विकास प्रयासको थालनी गर्यो।
योजनाबद्ध विकास निरन्तर प्रक्रिया हो, जसमा state & non-state actors सम्भावना र क्षमताका आधारमा राष्ट्र निर्माण प्रक्रियामा संलग्न हुन्छन्।
योजनागत अवधारणा विकासका कारणहरु
२० औं शताब्दीको प्रारम्भ तिर विकेन्द्रीकरण अवधारणा विकास
पूँजीवादी अर्थतन्त्रको विकृतिको रुपमा आएको गरिबी र बेरोजगारी
समाजवादी धारणाको अभ्युदय
प्रथम तथा द्वितीय विश्वयुद्धको परिणाम
सन् १९३०को विश्वव्यापी आर्थिक मन्दी
राजनीतिक जागरुकता राष्ट्रियताको विकास
स्रोत र साधनको सीमितता र आवश्यकताको असीमितता।
योजना कस्तो हुनुपर्छ?
Economically viable
Politically suitable
Socially acceptable
Technically feasible
Compatible with national priority
Environmentally sustainable
योजनाका प्रकार
समयका आधारमा:
दीर्घकालीन योजना (सामान्यतः १० वर्षभन्दा बढीको दृष्टिकोण सहितको रणनीति)
आवधिक योजना (सामान्यतः ५ वर्षे योजना)
वार्षिक योजना (बजेट)
कार्यक्षेत्रका आधारमा:
राष्ट्रिय योजना (समष्टिगत प्रभाव भएका बजेट, कार्यक्रम)
क्षेत्रगत योजना (कृषि, शिक्षा, स्वास्थ्य आदिका योजनाहरु)
स्थानीय योजना (सानो भौगोलिक क्षेत्रमा कार्यान्वयन गरिने)
योजनाका प्रकारहरु
भौगोलिक: राष्ट्रिय, क्षेत्रीय, जिल्ला स्तरीय योजना
विषय: समग्र विकास योजना तथा विषयगत योजना
समय: दीर्घकालीन, मध्यकालीन तथा अल्पकालीन योजना
अधिकार: केन्द्रिकृत र विकेन्द्रित
किसिम:रणनीतिक, कौशलता, कार्यसंचालनगत
योजनाबद्ध विकासका पूर्वसर्तहरु तथा आधारभूत पक्षहरु
स्थिर राजनीतिक पद्धति
स्थिर र प्रभावकारी प्रशासनिक संयन्त्र
सामाजिक साँस्कृतिक पद्धतिमा सामन्जस्यता
योजनाका प्रत्येक चरणमा व्यापक जनसहभागिता
दीर्घकालीन सोंच र गन्तव्य
उचित योजनाको छनौट
Vision, Mission र Goal
विना अवरोध योजना संचालनको स्थिति
उचित रणनीति
उपलब्धीको सूचक
निरन्तर सुपरिवेक्षण, अनुगमन र मूल्याँकन
योजनाका तत्वहरु
(सोच), उद्देश्य,लक्ष्य र सूचकहरुको स्थापना
उपयुक्त रणनीति निर्धारण
प्राथमिकता निरुपण
स्रोत साधनको विनियोजन
कार्यान्वयन
अनुगमन र मूल्याङ्कन (सहजीकरण र शिक्षा लिने काम) ।
योजनाका विशेषताहरु
योजनाले खास समयका लागि राष्ट्रिय उद्देश्य र लक्ष्यको स्थापना गर्दछ ।
उद्देश्य तथा लक्ष्य प्राप्तिका लागि क्षेत्रगत नीति र कार्यक्रम राष्ट्रिय योजनाका अभिन्न भागका रुपमा रहन्छन् ।
योजना राष्ट्रको प्राधिकार निकायबाट निर्धारित हुन्छ ।
योजनाले खास अवधिको नीतिनिर्णयलाई प्रभाव र निर्दिष्ट गर्ने हैसियत राख्दछ ।
राष्ट्रिय योजना खास वर्ग लक्षितभन्दा पनि समष्टिगत विकासलाई ध्यान दिने गर्दछ ।
योजना अन्तर्गत उत्पादनका साधनहरुलाई कम उत्पादनशील क्षेत्रबाट बढी उत्पादनशील क्षेत्रमा र कम प्राथमिकता क्षेत्रबाट उच्च प्राथमिकता क्षेत्रमा प्रवाहित गरिन्छन् ।
योजनाको आवश्यकता सम्बन्धी दृष्टिकोणहरु
– समाजवादी दृष्टिकोण:
उपलब्ध साधनको समुचित परिचालन, सामाजिक न्याय र आर्थीक विकास गर्ने एकलौटी अधिकार सरकारसँग रहन्छ, तसर्थ योजना आवश्यक हुन्छ।
बजार संयन्त्रले सधैं काम नगर्ने हुनाले वितरणमुखी न्याय, सीमित स्रोत र साधनको प्रभावकारी परिचालन, वैदेशिक सहायता प्राप्त र सदुपयोग गर्न, जनताको इच्छा पूरा गर्न, द्रुत तथा सन्तुलित विकास गर्नका योजना चाहिन्छ।
– पूँजीवादी दृष्टिकोण:
आर्थिक मन्दी तथा व्यापार चक्र सुस्त भएको बेला।
आर्थिक पुनर्संरचना गर्न, खुला अर्थतन्त्र र खुला बजार सुदृढ र सक्रिय बनाउन।
–मिश्रित दृष्टिकोण:
निजी, सहकारी र सरकारी क्षेत्रको योगदानलाई सन्तुलित ढंगले अगाडि बढाउन र यसै को माध्यमबाट आर्थिक विकास गर्न।
कार्यक्रम
योजना र क्रियाकलापबीच Link गर्ने प्रक्रिया ।
योजनाले निर्दिष्ट गरेका लक्ष्य प्राथमिकतामा विभिन्न क्रियाकलाप परियोजनालाई समूहीकृत गराँउदछ ।
निश्चित अवधिमा खास क्षेत्रमा के कस्ता कार्यहरु गरिन्छन् र त्यसको ढाँचा कस्तो हुने भन्ने कुरा कुरा कार्यक्रमले अभिव्यक्त गर्दछ ।
योजना आफै कार्यान्वयन नहुने भएकोले यसले कार्यमूलक ढाँचा बनाउँदछ
कतिपय अवस्थामा आवधिक योजनाभन्दा पनि कार्यक्रमको अवधि ठूलो हुनसक्छ । जस्तो सवैको लागि शिक्षा, काठमाडौं खानेपानी व्यवस्थापन आदि
कार्यक्रम बहुपक्षीय छ भने उपक्षेत्रबीच कार्यविभिाजन र समन्वय जस्ता पक्षहरु सुनिश्चित गरिन्छन् ।
कार्यक्रमले योजनाको लक्ष्य प्राप्तिका लागि परियोजनाको आधार दिन्छ ।
परियोजना
परियोजना योजनाको त्यस्तो भाग हो जसले विकास योजनाको निश्चित उद्देश्य प्राप्त गर्नका लागि निर्धारित समयसीमाभित्र भौतिक तथा मानवीय साधनको सावधानीपूर्वक उपयोग गर्दछ ।
यो क्रियाकलापहरुको व्यवस्थित समूह हो ।
A project is any scheme or part of scheme for investing resources which can reasonable be analyzed and evaluated as an independent unit.
परियोजनाको वर्गीकरण
व्यापारिक परियोजना (आर्थिक प्रतिफलमा ध्यान दिन्छ) ।
विकास परियोजना (सामाजिक उपयोगिता र सन्तुष्टिमा ध्यान दिन्छ) ।
– राज्यले सामान्यत सामाजिक उपयोगिता (Social goods) उत्पादनका लागि परियोजना कार्यान्वयन गर्दछ ।
योजना र कार्यक्रम योजना
सोच, लक्ष्य र रणनीति स्थापित गर्दछ ।
प्राथमिकता निर्धारण गर्दछ ।
समयसीमा लामो हुन्छ ।
समष्टिगत हुन्छ ।
नीतिगत पक्षमा ध्यान दिन्छ ।
Strategic हुन्छ ।
बजेट र वार्षिक बजेट कार्यक्रमलाई निर्दिष्ट गर्दछ ।
कार्यक्रम
कार्यमूलक लक्ष स्थापित गर्दछ ।
प्राथमिकता अनुरुप कार्यनीति बनाउदछ
सामान्यतः योजनाको सीमाभन्द सानो हुन्छ ।
क्षेत्रगत (Sectoral) हुन्छ ।
कार्य प्रारुपण र कार्यनीतिमा जोड दिन्छ ।
Operational हुन्छ ।
बजेट र वार्षिक विकास कार्यक्रम मार्फत आउछ ।
योजना र परियोजना योजना (र कार्यक्रम)
दृष्टिकोण र सोच दिन्छ ।
रणनीति र कार्यनीतिको समष्टि ।
दीर्घकालीन हुन्छ ।
बजेट र वार्षिक नीति कार्यक्रमलाई निर्दिष्ट गर्छ ।
परियोजनालाई परिमार्जन र निर्दिष्ट गर्छ ।
राष्टिय आवश्यकता र सम्भावनाबीच वृहद खाका दिन्छ ।
साधन र परियोजना विना पनि योजना कार्यान्वयन हुनसक्छ ।
परियोजना
सोच र दृष्टिकोणलाई क्रियान्वयन गर्दछ ।
क्रियाकलाप र लगानीको समष्टि हो ।
सापेक्षिक रुपमा छोटो हुन्छ ।
बजेट र वार्षिक विकास कार्यक्रम मार्फत कार्यान्वयन हुन्छ ।
पृष्ठपोषण र शिक्षा दिन्छ ।
साधन, स्रोत र सम्भावना उपयोगको अवसर दिन्छ ।
साधन विना कार्यानवयन असम्भव छ ।
विकास योजना
उपलब्ध सीमित स्रोत तथा साधनको महत्तम परिचालनबाट अधिकतम प्रतिफल प्राप्त गर्न अर्थतन्त्र माथि राज्यले गर्ने व्यवस्थित हस्तक्षेप नै विकास योजना हो।
निश्चित समयावधि भित्र मुलुकको विकासका निर्दिष्ट लक्ष्यहरु हासिल गर्न उपलब्ध साधनहरुको समुचित व्यवस्थापन गर्ने कार्यलाई विकास योजना भनिन्छ।
तोकिएको समयभित्र पुर्वनिर्धारित उद्देश्यहरु हासिल गर्न आवश्यक क्रियाकलाप, आयोजना तथा कार्यक्रमहरुको तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याँकन गर्ने विधा विकास योजना हो।
विकास योजनाले विकासका राष्ट्रिय लक्ष्य, प्राथमिकता र रणनीतिहरु निर्धारण गरी सरकारको समग्र नीति तथा कार्यक्रम र बजेटलाई सोही अनुरुप दिशानिर्देश गर्दछ।
मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक, मानवीय लगायत समग्र विकासको लागि उपलब्ध सीमित स्रोत साधनको आर्दशतम र महत्वम रूपमा बाँडफाँड गरी अपेक्षित रूपमा प्रतिफल प्राप्त गर्न अधिकार प्राप्त निकायबाट तर्जुमा र स्वीकृत गराई कार्यान्वयनमा लगिने पूर्व निर्धारित खाका वा दस्ताबेज नै विकास योजना हो ।
मुलुकको समग्र विकासको लागि दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, रणनीति, प्राथमिकता, क्षेत्रगत, विषयगत लक्ष्य, उद्देश्य, प्राथमिकता, कार्यक्रम र अपेक्षित प्रतिफल समेटिएको पूर्व निर्धारित दस्ताबेज जसले उत्पादनका साधनहरूलाई कम प्राथमिकता प्राप्त क्षेत्रबाट बढी प्राथमिकता प्राप्त क्षेत्रमा र कम उत्पादनशील क्षेत्रबाट बढी उत्पादनशील क्षेत्रमा प्रवाह गरी अधिकतम प्रतिफलको अपेक्षा गरेको हुन्छ ।
मुलुकको समग्र विकास प्रक्रियासँग सम्बन्धित के, कहाँ, कहिले, किन, कसरी र कसले जस्ता प्रश्नहरूको जवाफ खोज्ने संयन्त्र जसले विकास प्रक्रियामा विभिन्न भूमिका निर्वाह कर्ताहरूको सुनिश्चितता गर्दै सीमित स्रोत साधनबाट अधिकतम प्रतिफल प्राप्त हुने गरी विकास गतिविधिलाई नियोजित तवरले दिशानिर्देश गर्दछ ।
नेपालमा विकास योजनाको विकासक्रम
१९९२ सालको जुद्धशमसेरको २० वर्षे कागजी योजना र वि.स. २००५ सालको १५ वर्षे योजना समितिको गठन,
२००८ सालमा योजना र विकास मन्त्रालयको स्थापना र सोही सालबाटै बजेट प्रणाली लागु,
वि.स. २०१३ सालबाट योजनाबद्ध विकासको रूपमा पञ्चवर्षे योजना लागु,
२०१३ सालमा कार्यकारी निर्णय गरी राष्टिय योजना आयोगको स्थापना,
२०१४ सालमा योजनामण्डल ऐन, २०१५ सालमा योजना परिषद् गठन, २०१८ सालमा राष्टिय योजना परिषद् गठन ।
२०१९ सालमा राष्टिय योजना परिषद् विघटन र राष्टिय योजना आयोगको गठन,
२०२९ जेठ २७ गते राष्टिय विकास परिषद्को गठन जुन परिषद् हालसम्म पनि राष्टिय योजनाको एक महत्त्वपूर्ण मार्गनिर्देशक संस्थाको रूपमा क्रियाशील रहेको छ ।
हालसम्म २०४७ देखि २०४९ र २०१८ देखि २०१९ योजना विहीन वर्षका रूपमा रहेका,
पाचँवटा त्रिवर्षीय योजना र बाकि सबै पञ्चवर्षीय योजना रहेका ,
यी योजनाहरूको कार्यान्वयनबाट धेरै क्षेत्रहरूमा उत्साहजनक उपलब्धि हासिल भएतापनि अपेक्षित प्रतिफल भने प्राप्त हुन सकेको छैन ।
हाल पन्ध्रौँ योजना कार्यान्वयनमा रहेको छ ।
विकास आयोजनाका पुर्वशर्त/आधारहरु
आधारभूत तथ्यांक (Base line data or knowledge base)
सवल संस्थागत आधार (Strong Institution/authority_
स्पष्ट दृष्टिकोण सहितको सहमति (Commitment with vision_
सकारात्मक र जागरुक प्रशासन(Aggressive Administration)
सवल वित्तीय आधार (Strong financial Management)
दह्रिलो जनसमर्थन र सहभागीता(Peoples Ownership)
विकास योजनाको उद्देश्य
सन्तुलित विकासको मार्ग तय गरी आर्थिक असमानता कम गर्ने,
सीमित स्रोत तथा साधनको प्राथमिकताका आधारमा परिचालन र उपयोग गर्नु,
मुलुकमा आर्थिक स्थिरता र सामाजिक सुरक्षाको प्रत्याभूति गर्नु,
बजार प्रवर्द्धन गरी अर्थतन्त्रलाई समुन्नत बनाउनु,
कृषिमा व्यवसायीकरण र औद्योगिक विकासमार्फत राष्ट्रिय उत्पादन वृद्धि गर्नु,
गरिबी, बेरोजगारी र अन्य सामाजिक समस्याको समाधान गर्नु,
आर्थिक कूटनीतिको माध्यमबाट लगानी आकर्षण तथा व्यापारको प्रवर्द्धन गर्नु,
बन्चितिकरण र सीमान्तीकरणमा परेका क्षेत्र/वर्गको विकासका लागि आवश्यक प्रवन्ध गर्नु,
विकासका सबै साझेदारहरुको प्रभावकारी परिचालन र नियमन गर्नु,
दिगो विकासको सुनिश्चितता गर्नु, आदि।
विकास योजनाको आवश्यकता
विकास कार्यलाई व्यवस्थित र समयमै सञ्चालन र सम्पन्न गर्न,
योजनाबद्ध रूपमा गरिएको कार्य मितव्ययी र कम श्रम शक्तिबाट सम्पन्न हुने भएकोले,
विकास प्रक्रियामा राज्यको उपस्थिति सिद्ध गर्न,
उपलब्ध सीमित स्रोत साधनको अधिकतम प्रतिफल प्राप्त हुने गरी उत्पादन प्रक्रियामा लगाउन र प्राप्त उपलब्धिको न्यायोचित वितरणको व्यवस्था मिलाउन,
व्यापार चक्रबाट आउने उतारचढाव र सो बाट पर्न जाने नकारात्मक असरबाट मुलुकलाई बचाउन,
बजार अर्थव्यावस्थाका विकृतिलाई नियन्त्रित गर्न,
सहभागितामूलक विकासको मान्यतालाई अवलम्बन गर्न,
सामाजिक न्याय, विकास, सुरक्षा र कल्याणकारी राज्यको अवधारणालाई आत्मसात् गर्न,
प्राथमिकता प्राप्त क्षेत्रमा लगानी केन्द्रित गर्न,
वैदेशिक सहायता परिचालनको उपयुक्त भूमिका निर्वाह गर्न,
विकास प्रक्रियामा आधुनिक प्रविधि, स्थानीय प्रविधि, श्रम र स्रोत साधनको उपयोग गर्ने,
सन्तुलित र सुनियोजित विकास गर्न,
विकास योजना तर्जुमा प्रक्रिया
सूचना तथा तथ्यांकको संकलन,
समष्टिगत आर्थिक विश्लेषण र प्रक्षेपण,
लक्ष्य तथा उद्देश्यहरुको निर्धारण र प्रथामिकीकरण,
पूर्वानुमान विकास र सम्भावित समस्याहरुको आंकलन,
योजनाको ढाँचा र रणनीतिहरुको निर्धारण,
क्षेत्रगत उद्देश्य, नीति, कार्यक्रम र अपेक्षित उपलब्धीहरुको निर्धारण,
आवश्यक स्रोत साधनको व्यवस्था र बांडफांड,
अनुगमन तथा मूल्याँकनका आधार र सूचकहरुको निर्धारण र अनुगमन तथा मूल्याँकन योजना तर्जुमा,
योजना कार्यान्वयन कार्ययोजनाको निर्माण,
योजना कार्यान्वयनको प्रक्रिया र संयन्त्रको निर्धारण,
योजना अन्तिम मस्यौदा निर्माण र स्वीकृति।
आवधिक योजनाको भूमिका
खास अवधिका लागि मुलकको समष्टिगत दिशावोध गर्दछ
सरकारका नीति, कार्यक्रम तथा बजेटलाई निर्दिष्ट गर्छ
निकायगत क्रियाकलापलाई समन्वय र एकीकृत पार्छ
स्रोत साधन परिचालनलाई आधार दिन्छ
स्रोतसाधनको प्राथमिकीकरण गर्छ
स्थानीय संभावनाको उपयोग गर्ने आधार बनाउछ
राज्य बाहिरका पात्रलाई परिचालित हुन सहजीकरण गर्छ
विकासलाई अन्तर वर्ग, अन्तर क्षेत्र र अन्तरपुस्ता समन्यायिक बनाउछ ।
नेपालमा योजना तर्जुमा प्रक्रिया
मुलुकको समष्टिगत आर्थिक स्थितिको विश्लेषण
चालू आवधिक योजनाको मध्यतिर रायोबाट अवधारणा तुर्जमा ।
अवधारणामाथि विभिन्न पक्षको छलफल गरी आधार पत्र मस्यौदा ।
मस्यौदालाई विभिन्न पक्षसँग छलफलगरी NPC ले स्वीकृत गर्ने ।
आधारपत्रमाथि विकास परिषदमा छलफल गरी स्वीकृत गर्ने ।
NPC बाट Detail Plan Document बनाउने ।
मन्त्रिपरिषदबाट स्वीकृत गरी लागू गरिन्छ ।
आवधिक योजनालाई वार्षिक विकास कार्यक्रममार्फत लागू गरिन्छ
एकवर्षे क्रियाकलाप, लक्ष्य र अपेक्षित उपलव्धि निर्धारण ।
योजना तर्जुमाका आधारहरु
नेपालको संविधान: राज्यका निर्देशक सिद्धान्त र नीतिहरु
नेपाल सरकारका अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा सम्झौताहरु
सरकारले नागरिक समक्ष गरेका घोषणा र प्रतिबद्धताहरु
घोषित राष्ट्रिय लक्ष्य तथा प्राथमिकताहरु,
सरकारका नीति तथा कार्यक्रमहरु
सरकारमा रहने राजनीतिक दलको घोषणापत्र
मूलुकको सामाजिक, आर्थिक एवं साँस्कृतिक धरातल
आम नागरिकका माग, अपेक्षा र दबाबहरु
स्रोतको उपलब्धता र कार्यान्वयन क्षमताको लेखाजोखा
विगतको योजनाको समीक्षाबाट प्राप्त पृष्ठपोषण,
वर्तमान स्थितिको SWOT Analysis
उपलब्ध सूचना तथा तथ्यांक/ National Data Profile
नेपालमा योजना तर्जुमा प्रक्रिया
अवधारणापत्रको तर्जुमा: चालू योजनाको मध्यतिर मध्यावधि समीक्षा र सोका आधारमा नयाँ आवधिक योजनाको अवधारणाको तर्जुमा गरिन्छ।
आधारपत्रको प्रारम्भिक मस्यौदा तर्जुमा: अवधारणापत्रका आधारमा विषय क्षेत्रगत मन्त्रालय र निकायसँगको सहभागितामा।
राय सुझाव सङ्कलन: आधारपत्रको प्रारम्भिक मस्यौदामा राष्ट्रिय तथा प्रदेश स्तरमा संघ, प्रदेश र स्थानीय तहका सबै सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गरी राय सुझाव संकलन गरिन्छ।
विकास परिषद्मा छलफल र निर्देशन
आधारपत्रको मन्त्रिपरिषद्बाट स्वीकृति र प्रकाशन
विस्तृत योजना दस्तावेजको तर्जुमा र प्रकाशन
योजना तर्जुमा प्रक्रिया आधारपत्र चरण
चालु आवधिक योजनाको मध्यावधि समीक्षा योजना सम्पन्न हुन करिब १ वर्ष बाँकि अवधिमा,
विभिन्न क्षेत्रगत विषयगत सूचना तथ्याङ्क सङ्कलन गर्ने,
आगामी योजनाको आधारपत्र तयारी (रा.यो.आ.)
अवधारणा पत्रमाथि विभिन्न चरणमा, तहमा, सरोकारवाला पक्ष र विज्ञसँग अन्तर्क्रिया गोष्ठी, छलफल र बैठक गरी रायसुझाव सङ्कलन,
आधार पत्रलाई राष्टिय विकास परिषद्को बैठकमा पेस गरी आवश्यक राय। सुझाव निर्देशन लिने,
आधारपत्रको अन्तिम मस्यौदा तयारी र रा.सु.आ. र मन्त्रिपरिषद्बाट स्वीकृत गराउने,
आधारपत्र प्रकाशन
पूर्ण दस्ताबेजको चरण
आधारपत्रको आधारमा रा.यो.आ. ले योजनाको पूर्ण दस्ताबेजको विस्तृतिकरण गर्ने,
समष्टिगत लक्ष्य, उद्देश्य, रणनीति, प्राथमिकतासँग तादाम्यता हुने गरी क्षेत्रगत, विषयगत, लक्ष्य, उद्देश्य, प्राथमिकता, कार्यक्रमहरू विस्तृतीकरण गर्दै जाने,
आवश्यकताअनुसार पुन विभिन्न चरणमा, तहमा अन्तर्क्रिया गोष्ठी, बैठक वा छलफल गरी सरोकारवाला पक्ष वा विज्ञबाट रायसुझाव सङ्कलन गर्ने,
विस्तृत दस्ताबेजको अन्तिम मस्यौदा तयार गरी शुद्धाशुद्धी हेरी, सम्बन्धित समिति, रा.यो.आ. र मन्त्रिपरिषदबाट स्वीकृत गराई प्रकाशन गर्ने,
कार्यान्वयनको चरण
आवधिक योजना कार्यान्वयनको जिम्मेवारी क्षेत्रगत, विषयगत, आयोग, सचिवालय र निकायको हुने,
ती सम्बन्धित निकायहरूले आवधिक योजनाको प्राथमिकता बमोजिम वार्षिक विकास कार्यक्रममार्फत योजना कार्यान्वयन गर्ने,
विकास कार्यक्रम छनौट गर्दा योजनाको मापदण्ड, दिशानिर्देश प्राथमिकता र रणनीतिसँग तादाम्यता हुने गरी छनौट गर्ने,
हरेक वर्ष कार्यक्रम कार्यान्वयनको लागि बजेट विनियोजन गरी स्वीकृत गराउने,
अनुगमन र मूल्याङ्कन
योजनाको तर्जुमा पश्चात् योजनालाई कार्यान्वयन गरिन्छ ।
कार्यान्वयन स्तरमा के कस्ता समस्याहरू, अवरोधहरू, जटिलताहरू सामना गर्नु पर्ने हुन्छ त्यसको बारेमा तर्जुमाकै समयमा अनुमान गरिन्छ ।
यसको अतिरिक्त पनि समस्याहरू सृजना हुन सक्दछन् । यी सबै अवरोधहरूलाई चिर्दै विकास योजनाहरू कार्यान्वयनमा लैजान बेला बखतमा अनुगमन तथा मूल्याङ्कन गरिन्छ ।
योजना विकासका क्रममा यो निरन्तर प्रक्रियाकै रूपमा लिइन्छ ।
कुनै पनि विकास योजनाहरू कुन हदसम्म सफल भयो वा भएन ? योजनाबाट लक्षित समूह उपर के कस्तो प्रभाव पर्न गयो ? योजनासम्बन्धी क्रियाकलापहरूको सान्दर्भिकता रह्यो रहेन ? यी सबै क्रियाकलापहरूलाई व्यवस्थित आधारमा सूचकहरू समेतको प्रयोग गरी अवलोकन एवम सुपरिवेक्षण गर्ने प्रक्रियालाई मूल्याङ्कन भनिन्छ ।
यो योजनाको अन्तिम चरण हो ।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।