चितवनमा चुनावी अभियानमा रहेको उमेश श्रेष्ठको गाडीमा तोडफोड - Chaitanya News
  • 2026-04-26
  • 05:37:06
  • शनिबार,बैशाख १२, २०८३
  • चितवनमा चुनावी अभियानमा रहेको उमेश श्रेष्ठको गाडीमा तोडफोड

    चितवनमा चुनावी अभियानमा रहेको उमेश श्रेष्ठको गाडीमा तोडफोड

    काठमाडौ- चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ।

    आज बिहान भरतपुरमा रोकिराखेको गाडी अज्ञात समूहले तोडफोड गरेका छन्।

    चुनावी अभियानमा श्रेष्ठ चढ्ने गरेको बा ३ च २०४० नम्बरको गाडीको सिसा फुटेको छ।

    मोटरसाइकलमा आएका तीन जनाले ढुंगा हानेर गाडीका सिसा फुटाएको र उक्त समूहको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ।

    भरतपुर महानगरपालिका वडा नम्बर १० मा भएको चुनावी घरदैलो र कोणसभाका लागि श्रेष्ठ सहभागी हुँदै गर्दा पार्किङ गरिराखेको गाडी तोडफोड भएको हो।