काठमाडौं– संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेसले युक्रेनबाट सुरक्षित रूपमा खाद्यान्न ढुवानी गर्न रुससँग भएको सम्झौता विश्वको खाद्य सुरक्षाका लागि महत्वपूर्ण भएको छ।
इन्डोनेशियाको बाली टापुमा जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताका हाुन । उनले विश्वका धेरै ठाउँमा अनिकाल र भोकमरी हुन नदिन तत्काल कदम चाल्नु आवश्यक रहेको औंल्याए। युक्रेनी तथा रूसी खाद्यान्न र मल विश्व बजारमा प्रवाहित हुन सकोस् भन्ने सुनिश्चित गर्ने प्रयास विश्व खाद्य सुरक्षाका लागि अत्यावश्यक रहेको उनको तर्क छ।
यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँले बालीमा हुने जी–२० शिखर सम्मेलनपछि आफ्ना समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्ने बताएका छन। म्याक्रों निकट एक फ्रान्सेली अधिकारीका अनुसार म्याक्रोंले युक्रेनमाथिको आक्रमणका कारण पुटिन ‘एक्लो’ भएको बताउँदै जी–२० पछि उनलाई फोन गर्ने भएकाा छन।