प्रश्न नं १ : आर्थिक सामाजिक रुपान्तरणका लागि मुलुक र मुलुकवासी लामो समयदेखि प्रतीक्षा गर्दै आएका छन् । राजनैतिक तहमा आधारभूत परिवर्तन भएर आर्थिक सामाजिक रपान्तरण होला भन्ने आम अपेक्षा क्षितिज जस्तै धकेलिदै गएको छ। ससाना राजनैतिक-आर्थिक र साम्प्रदायिक स्वार्थमा समाज विभाजित र आग्रही बन्दै गएको छ। आन्तरिक स्रोत तथा क्षमतालाई कम आँक्ने र बाहिरको राम्रो देख्ने, आफू नगर्ने तर अरुले गरोस भन्ने, अरुको गल्ती नदेख्ने तर आफू अनपेक्षित कार्य गरिरहने प्रवृत्तिले मुलुक कहिले विकास र समृद्धिमा पुग्ला भन्ने सन्देह देखिएको छ र यस अवस्थामा नेपालीहरुको अगिल्तिर अस्पष्ट रुपमा रहेको समृद्धिको चित्र झनै अस्पष्ट हुने पक्का छ । तैपनि राजनेतिक खपतका लागि जनतालाई सपना देखाउने, सपनाको मोलमा शासन गर्ने, त्यसैलाई सफल भन्ने र विकासलाई राजनैतिक ठट्टेवाजी गर्ने बानी मोलाउदै छ ।
चालू पन्ध्रौ योजनामा जर्वदस्त रुपमा भनौं वा राजनैतिक खपतका लागि समृद्ध नेपाल सुखी नेपाली भन्ने दीर्घकालीन विकास लक्ष्य स्थापना गरिएको छ । समृद्धि र सुखका लागि रुपान्तरणकारी आयोजनालाई Growth Trajectory हासिल गर्ने Game changer भनेर महत्वका साथ घोषणा गरिएको छ। तर मूल कुरा शिक्षा विकासको जगमा उभिएको नैतिक र कर्त्तव्यमुखी समाज निर्माण नभए रुपान्तरण प्राप्त गर्न सकिदैन । आधार तथ्याङ्क र अहिले सम्मका उपलव्धिले सकारात्मक परिवर्तन नदेला र उल्टो निराशा हात लाग्ला भन्ने देखिएको छ। जवाफदेहिताको केन्द्र बन्नुपर्ने स्थानीय सरकार केन्द्रकै राजनीतिको छायामा गाढा बन्दैछन् । समन्वय, विकास र सम्बन्धका सूत्र वन्नुपर्ने प्रदेश सरकार राजनैतिक कार्यकर्ताको व्यवस्थापन केन्द्र बन्दैछन् । समग्रमा सेवाभन्दा शासनको भार जनतामाथि थपिएको छ। यसले सघीयतालाई समृद्धिको रणनीति, जनतासंगको सरकार र छिटो सेवा व्यवस्थापन भन्न सकिने अवस्था नरहलाकी भन्ने देखिएको छ
प्रस्तुत समस्याको चिरफार गर्दै देहाएका प्रश्नको छोटकरीमा उत्तर खोज्नुहोस् । २५
(क) नेपाली समाजलाई रुपान्तरण किन चाहिएको हो ?
(ख) रुपान्तरणकारी आयोजनाहरुले रुपान्तरणमा कसरी योगादन पुयाउने अपेक्षा गरिएको छ ?
ग) शिक्षालाई समग्र रुपान्तरणको राणनीति किन भनिएको हो ?
(घ) शासनलाई सेवामा बदल्न सरकारका तहहरुले के गनुपर्ला ?
(ङ) निजामती प्रशासन किन रुपान्तरणको वास्तविक संस्था बन्न सकेन ?
उत्तरः
• आर्थिक सामाजिक समृद्धि एवम् सामाजिक रुपान्तरणका लागि नेपालमा पटक पटक आन्दोलन भए। तर प्रशस्त संभावना र स्रोतको बावजुद पनि सो प्राप्त भएन ।
(क) कुनैपनि मुलुक आथिक सामाजिक प्रगतिको गतिलाई तीव्र पार्न चाहन्छ। नेपालको रुपान्तरण प्रक्रिया निकै सुस्त र जनअपेक्षा संवोधन गर्न असक्षम रहन्दै आएको जनभावना र प्रमुख सुचकहरु बताउछन् । त्यसले यी कारणले आर्थिक सामाजिक रपान्तरण चाहिएको छ :
(ख): विक्रमको अर्को सताव्दीमा प्रवेश गर्दा मुलुकलाई समृद्ध बनाउने र मुलुकवासीलाई सुखी बनाउने दीर्घकालीन लक्ष्य साथ घोषणा गरिएको पन्ध्रौ आवधिक योजनाले १८ वटा रुपान्तरणकारी आयोजनालाई न्चयधतज त्वबवभअतयचथ को आधार मानेको छ। योजना अवधिमा योजना तर्जुमा अवधिमा रहेको करिव सात प्रतिशतको आर्थिक आर्थिक वृद्धिलाई १०.३ प्रतिशतमा र प्रतिव्यक्ति सरदर राष्ट्रिय आय १०४७ अमेरिकी डलरबाट १५९५ मा पुऱ्याउने र अर्थतन्त्रका प्रतिफलहरुमा समन्यायिक वितरणको सुनिश्चित गरी गरिबी र असमानतालाई उल्लेख्य रुपमा घटाउने चुनौती पनि योजनामा छ। सीमान्त पूजी उत्पादन अनुपातलाई ५.२:१ बाट ४.९: १ को स्थितिमा पुऱ्याउने काम पनि चुनौतीपूर्ण हो। अर्थतन्त्रका प्रमुख भूमिका निर्वाहकर्ता निजी क्षेत्र र सहकारीलाई राष्ट्रिय नीति
प्राथमिकतामा आक्रामक बनाउन जरुरी छ। तर यो काम निकै चुनौतीपूर्ण पनि छ ।
(ग) शिक्षा रुपान्तरणको पूर्वाधार हो। शिक्षालाई विकासको पूर्वाधारको पनि पुर्वाधार भनिन्छ ।
• कुनै पनि समाजलाई सभ्य, सुसंस्कृत, सदाचारी र कर्त्तव्यनिष्ठ बनाउन शिक्षाले कारकको भूमिका खेल्दछ ।
• शिक्षा चेतना, ज्ञान, सीप र संस्कार विकासमार्फत समाजलाई परिमार्जन, परिस्कार गर्ने आधार हो ।
• आर्थिक विकासको प्रारम्भिक चरण कृषि उत्पादन गर्न, कृषिबाट उद्योगमा रुपान्तरित हुन, उद्योगबाट सेवामा र सेवाबाट ज्ञानमा जाने आधार भनेको शिक्षा हो।
• अर्थतन्त्रलाई एक क्षेत्रबाट अर्कोक्षेत्रमा चलायमान गराउन सीप चाहिन्छ। सीप विकासको आधार शिक्षा हो ।
घ) शासनलाई सेवामा बदल्न सरकारका तहहरुले के गर्नुपर्ला ?: सरकारलाई जनताका नजिक पुयाई विकास र समृद्धि छिटो संस्थागत गर्न नै संघीयतालाई अवलम्वन गरिएको हो। जनताले संघीयताको अर्थ आफ्ना सबै प्रकारका समस्या पूरा हुन्छन् । यसैका लागि राज्यलाई शासकीय तहहरुमा पुनसंरचना गरिएको हो। पुनसरचित तहहरुले आफूलाई निरोपित कार्यभूमिका पूरा गर्न इमान्दार सक्रियता देखाउनु पर्दछ । अपार उत्साहसाथ सङ्घीयता कार्यान्वयन भएतापनि जनताको विस्वास जित्न सरकारका तहहरु असफल छन् । एक अनौपचारिक सर्वेक्षण अनुसार करिव ३५ प्रतिशत जनताले मात्र सरकारलाई विस्वास गरिरहेका छन् । धेरै सेवा गर्न स्थापित सङ्घीय संरचना धेरै शासनमा रुपान्तरित भएका छन् । शासकीयक तहहरु सेवा
जवाफदेहिताका केन्द्र बन्नु पर्दछ । शासनलाई सेवामा बदल्न राज्यका तहहरुमा यी कुराहरु हुनुपर्छ :
→ तहगत सरकारका कामप्रति सजग बन्ने
→ एक तहको कार्यमा अर्कोको सहयोग गर्ने
→ तहगत सरकारहरु नियन्त्रण र सन्तुलनमा रहने
→ सङ्घले तर्जुमा गर्नुपर्ने साझा कानूनहरु तत्काल तर्जुमा गर्ने
→ सघले उपराष्ट्रिय तहका सरकारको क्षमता विकास गर्ने
→ सङ्घीय तहले उदाहरणीयता देखाउने
→ प्रदेश तहले समन्वय र सहजीकरणमा ध्यान दिने, आफ्ना कार्यक्षेत्र सक्रिय रहने, विकासको
प्रदेशकरण
→ स्थानीय तह जनताका दैनिकीसंग संवेदनशील रहने, विकासको स्थानीयकरण
→ अनावश्यक बाचा नगर्ने, गरिएका बाचा पूरा गर्ने
→ तिनै तहका सरकारले गर्ने कामको मानक तथा मापदण्ड निर्धारण (योजना, रकम विनियोजन, खर्च,
सेवा प्रवाह)
→ सम्पादित कामको आवधिक प्रकाशन, काममा नागरिक सहभागिता र विवेचना पद्धति
→ सार्वजनिक बौद्धिक, नागरिक समाज र आमसञ्चारको निरन्तर पहरेदारी ।
(ङ) निजामती प्रशासन किन रुपान्तरणको वास्तविक संस्था बन्न सकेन ? निजामती सेवा सरकार र शासनको संस्थागत मियो हो। यसको क्षमता र अभिप्रेरणामा नै सरकारको साख, राज्यको वैधता र नागरिक विश्वास सिर्जना हुन्छ । जापान, सिङ्गापुर जस्ता मुलुकहरु दहिलो प्रशासनिक संयन्त्रका कारण आजको अवस्थामा पुगेका हुन् भने अमेरिका, बेलायत, अष्ट्रेलिया, स्वीजरल्याण्ड, फ्रान्सको राज्यप्रणालीलाई संस्थागत गराउन त्यहाको निजामती प्रशासनले खेलेको भूमिका अतुलनीय छ । नेपाल लगायतका मुलुकहरुमा यो
संस्थागत हुने सकेन । प्रशासन अकमर्ण्य भएको, क्षमता गुमाउदै गएको, आर्जित क्षमताको उपयोग नगरेको र सेवाग्राहीसँग सकारात्मक र विनम्र व्यवहार नगरेको आरोप लाग्दै आएको छ। आजाभोलि त प्रशासन अस्तित्वको संकटमा पुगेको छ। परिणमतः आर्थिक सामाजिक रुपान्तरणको संस्था निजामती सेवा बन्न सकेन । बुँदागत रुपमा भन्दा नेपालमा निजमती सेवा यी कारणले आर्थिक सामाजिक रुपान्तरणको बाहक बन्न नसकेको हो :
→ गिर्दो प्रशासनिक व्यावसायिकता
→ गिर्दो सदाचार
→ न्यून मनोवल
→ कमजोर प्रशासनिक नेतृत्व
→ क्षमता विकासका प्रयासहरुको कमी
→ न्यून अभिप्रेरित
→ संस्थागत सम्झना र ज्ञान हस्तान्तरण प्रणालीको अभाव
→ आस्थामा विभाजन
→ राजनैतिक समाजवाट अभिभावकत्व बिहीनता, जसरी पनि उपयोग गर्न सकिन्छ व्यवहार
→ औषत दिमागहरुको संगठन
→ अतिवृत्तिवादी प्रवृत्ति
→ गिर्दो सामाजिक छवि
→ अवसर वितरणमा अ-न्याय
→ सामाजिक भावनाबाट विमुखी, अन्तरमुखी प्रवृत्ति
→ संगठनभित्र विश्वास र सहभागिताको अभाव ।
यसर्थ आर्थिक सामाजिक रुपान्तरणका लागि धेरै निकाय तथा पात्रको स्वचालित निष्ठाको जरुरी हुन्छ । यो औपचारिक प्रक्रिया मात्र होइन। कठोर अनुशासन र लगातारको निष्ठाको विषय हो। मनमा राष्ट्र र मस्तिस्कमा जनता राखेर सेवानिष्ठामा समर्पित भएपछि मात्र रुपान्तरण सहज हुन्छ। द. कोरिया र सिङ्गापुरले के बताएको छ भने जनताप्रति मनदुख्ने नेता र काममा समर्पित कर्मचारी नभै मुलुकका अभिष्टहरु कहिल्यै पूरा हुँदैनन् ।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100