राप्रपाले आज चुनावी सभा गर्दै - Chaitanya News
  • 2026-04-25
  • 22:44:28
  • शनिबार,बैशाख १२, २०८३
  • राप्रपाले आज चुनावी सभा गर्दै

    राप्रपाले आज चुनावी सभा गर्दै

    काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार काठमाडौँमा आमसभा गर्दैछ।

    आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राप्रपाले आज आमसभा गर्न लागेको हो। राप्रपाले काठमाडौँको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्ने जनाएको छ।

    उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरू र अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ।