आम्दानी घटेपछि फेसबुकले हटायो ११ हजार कर्मचारी - Chaitanya News
  • 2026-04-25
  • 22:05:16
  • शनिबार,बैशाख १२, २०८३
  • आम्दानी घटेपछि फेसबुकले हटायो ११ हजार कर्मचारी

    आम्दानी घटेपछि फेसबुकले हटायो ११ हजार कर्मचारी

    काठमाडौं– अमेरिकी प्रविधि कम्पनी फेसबुकले एकैपटक ११ हजार कर्मचारी कटौती गरेको छ। कम्पनीले आर्थिक वर्षको तेस्रो त्रैमासमा आम्दानी घटेपछि कर्मचारी कटौती गरेको हो।​ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको प्यारेन्ट कम्पनीकारूपमा रहेको मेटाले १३ प्रतिशत कर्मचारी निकालेको हो। यसअघि, विश्वभर मेटाका ८७ हजार कर्मचारी थिए। यीमध्यबाट एकैपटक ११ हजार जनाले जागिर गुमाएको बीबीसीले जनाएको छ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले यतिबेला मेटाको खराब समय चलिरहेको बताएका छन्। उनले कर्मचारी कटौती गर्नेक्रममा मेटाको इतिहाँसकै सबैभन्दा समस्याग्रस्त समय रहेको बताएका हुन्। यस्तै, जुकरबर्गले कम्पनीबाट निकालिएका सबै कर्मचारीसँग माफीसमेत मागेका छन्।

    कम्पनीले कर्मचारी निकालेसँगै थप लगानीमा जोड दिने जुकरबर्गले बताएका छन्।