१. नेपालमा विकास आयोजनाहरुको अनुगमन र मूल्याङ्कनको विषय निकै बहसमा आउने विषय हो । हरेक वर्ष सरकारले तय गरेका विकास आयोजनाहरु प्रभावकारी अनुगमन र मूल्याङ्कनको अभावमा नतीजामूखी भएनन् भन्ने विषय सधैं रहने गरेको छ । नतीजामूलक अनुगमनका लागि विगत लामो समयदेखिनै अन्तराष्ट्रिय स्तरमा प्रचलित विभिन्न साधनहरुको अभ्यास समेत गरिदै आइएको पनि छ र यसका लागि दर्जनौं जिम्मेवार निकायहरु र प्रणालीहरु नभएका पनि होइनन् । यध्दपि योजनाहरु कहिल्यै पनि समयमा सम्पन्न नहुने¸अनुगमनको अभावका कारण विग्रेपछिमात्र थाहा हुने कारणले गर्दा १५ सयको हाराहारीमा रुग्ण आयोजनाहरु रहेका छन्। त्यसैगरी स्थानीय र प्रदेशस्तरमा समेत अनुगमन र मूल्याङ्कनलाइ औपचारिकताका रुपमा मात्र अभ्यास गरिंदै आएको देख्न सकिन्छ । यस्तो अवस्थामा विकास आयोजनाहरुमा अनुगमन र मूल्याड्कनको सैध्दान्तिक पक्षको चर्चा गर्दै यसका वर्तमान कानूनी र प्राविधिक प्रबन्धहरुलाइ प्रभावकारी बनाउने सुझावहरु दिनुहोस् । 20
उत्तर ढाँचाः
अनुगमनः नीति योजना आयोजना तथा कार्यक्रमहरुको संचालन हुँदै गर्दा लगानी¸अपनाइएको प्रक्रिया र प्राप्त उपलब्धीहरु उध्देश्यबाट बाहिर छन कि छैनन भनी निरन्तर रुपमा गरिने चेकजाँच परीक्षणको कार्य हो । यदि उध्देश्यबमोजिम छैन भने तत्कालै सुधार गरिन्छ । अनुगमन प्रणाली भित्रैबाट सुपरिवेक्षकबाट गर्ने गरिन्छ । यो कार्यान्वयनकै एक पाटो हो । जस्तै आन्तरिक लेखापरीक्षण¸आयोजनाको अनुगमन यसका साधनहरुमाः ब्यवस्थापन सूचना प्रणाली¸सुपरिवेक्षण¸निर्देशन¸परिपत्र
मूल्याङ्कनः नीति योजना आयोजना कार्यान्वयनका क्रममा आवधिक रुपमा र सम्पन्न भइसकेपछि त्यसको नतीजा र उध्देश्यवीच के कस्तो तादाम्यता रह्यो भनी आवधिक रुपमा गरिने परीक्षण¸लेखाजोखा¸नतीजाको विश्लेषण गर्ने र आवश्यक निर्णय लिइने कार्य हो । यसले प्राप्त नतीजाको ब्याख्या समेत गर्छ र सुधारका लागि पृष्ठपोषण समेत प्रदान गर्दछ । यसका आधारमा पुन उध्देश्यमा सुधार गरिन्छ भने नतीजाका आधारमा दण्ड र पुरस्कारको ब्यवस्था गरिन्छ ।
अनुगमन तथा मूल्याङ्कनका आधारहरु
सान्दर्भिकता¸प्रभावकारिता¸कार्यदक्षता¸प्रभाव¸दिगोपना¸कुशलता¸मितब्ययीता
Approaches of m&E
Tools of m&E
राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन २०७५ ले गरेको ब्यवस्था
मूख्य विधिहरु
सामाजिक उत्तरदायित्व वहन गर्ने विधिहरु
Tools of evaluation
नेपालमा अनुगमन तथा मूल्याङ्कनसम्बन्धी ब्यवस्थाहरु