लोकसेवा तयारीमा रहनु भएका महानुभावहरुका लागि निकै उपयोगी सामग्री (विषयगत प्रश्नाेत्तर-सह/उपसचिव विशेष) - Chaitanya News
  • 2026-06-07
  • 04:08:56
  • शनिबार,जेठ २३, २०८३
  • लोकसेवा तयारीमा रहनु भएका महानुभावहरुका लागि निकै उपयोगी सामग्री (विषयगत प्रश्नाेत्तर-सह/उपसचिव विशेष)

    लोकसेवा तयारीमा रहनु भएका महानुभावहरुका लागि निकै उपयोगी सामग्री (विषयगत प्रश्नाेत्तर-सह/उपसचिव विशेष)

     

    १. नेपालमा विकास आयोजनाहरुको अनुगमन र मूल्याङ्कनको विषय निकै बहसमा आउने विषय हो । हरेक वर्ष सरकारले तय गरेका विकास आयोजनाहरु प्रभावकारी अनुगमन र मूल्याङ्कनको अभावमा नतीजामूखी भएनन् भन्ने विषय सधैं रहने गरेको छ । नतीजामूलक अनुगमनका लागि विगत लामो समयदेखिनै अन्तराष्ट्रिय स्तरमा प्रचलित विभिन्न साधनहरुको अभ्यास समेत गरिदै आइएको पनि छ र यसका लागि दर्जनौं जिम्मेवार निकायहरु र प्रणालीहरु नभएका पनि होइनन्  । यध्दपि योजनाहरु कहिल्यै पनि समयमा सम्पन्न नहुने¸अनुगमनको अभावका कारण विग्रेपछिमात्र थाहा हुने कारणले गर्दा १५ सयको हाराहारीमा रुग्ण आयोजनाहरु रहेका छन्। त्यसैगरी स्थानीय र प्रदेशस्तरमा समेत अनुगमन र मूल्याङ्कनलाइ औपचारिकताका रुपमा मात्र अभ्यास गरिंदै आएको देख्न सकिन्छ ।  यस्तो अवस्थामा विकास आयोजनाहरुमा अनुगमन र मूल्याड्कनको सैध्दान्तिक पक्षको चर्चा गर्दै यसका वर्तमान कानूनी र प्राविधिक प्रबन्धहरुलाइ प्रभावकारी बनाउने सुझावहरु दिनुहोस् ।   20

     

    उत्तर ढाँचाः

    • अनुगमन र मूल्याङ्कनको सैध्दान्तिक चर्चाः

    अनुगमनः नीति योजना आयोजना तथा कार्यक्रमहरुको संचालन हुँदै गर्दा लगानी¸अपनाइएको प्रक्रिया र प्राप्त उपलब्धीहरु उध्देश्यबाट बाहिर छन कि छैनन भनी निरन्तर रुपमा गरिने चेकजाँच परीक्षणको कार्य हो । यदि उध्देश्यबमोजिम छैन भने तत्कालै सुधार गरिन्छ । अनुगमन प्रणाली भित्रैबाट सुपरिवेक्षकबाट गर्ने गरिन्छ । यो कार्यान्वयनकै एक पाटो हो  ।  जस्तै आन्तरिक लेखापरीक्षण¸आयोजनाको अनुगमन यसका साधनहरुमाः ब्यवस्थापन सूचना प्रणाली¸सुपरिवेक्षण¸निर्देशन¸परिपत्र

    मूल्याङ्कनः नीति योजना आयोजना कार्यान्वयनका क्रममा आवधिक रुपमा र सम्पन्न भइसकेपछि त्यसको नतीजा र उध्देश्यवीच के कस्तो तादाम्यता रह्यो भनी आवधिक रुपमा गरिने परीक्षण¸लेखाजोखा¸नतीजाको विश्लेषण गर्ने र आवश्यक निर्णय लिइने कार्य हो । यसले प्राप्त नतीजाको ब्याख्या समेत गर्छ र सुधारका लागि पृष्ठपोषण समेत प्रदान गर्दछ । यसका आधारमा पुन उध्देश्यमा सुधार गरिन्छ भने नतीजाका आधारमा दण्ड र पुरस्कारको ब्यवस्था गरिन्छ ।

    अनुगमन तथा मूल्याङ्कनका आधारहरु

    सान्दर्भिकता¸प्रभावकारिता¸कार्यदक्षता¸प्रभाव¸दिगोपना¸कुशलता¸मितब्ययीता

    Approaches of m&E

    • Result oriented: one sided
    • Constructivist approaches: guidance and facilitation
    • Reflexive approach: interactive and collaborative

    Tools of m&E

    • Theory of change
    • Knowledge management
    • Performance management
    • Result matrix
    • Logical framework
    • PERT/CPM
    • Managing for development result
    • Management Information system

     

    राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन २०७५ ले गरेको ब्यवस्था

    मूख्य विधिहरु

    • सोच तालिका
    • नतीजा सूचक
    • प्रगति प्रतिवेदन
    • स्थलगत अनुगमन

    सामाजिक उत्तरदायित्व वहन गर्ने विधिहरु

    • Public audit
    • Public hearing
    • Social audit

    Tools of evaluation

    • Before and after analysis
    • Simple difference method
    • Double difference method
    • Randomized control method
    • Qualitative methods
    • Quantitative methods
    • Mixed methods

     

    • वर्तमान प्रबन्धहरुको प्रभावकारी कार्यान्वयनः

    नेपालमा अनुगमन तथा मूल्याङ्कनसम्बन्धी ब्यवस्थाहरु

    • नेपालको संविधानको धारा ५४ मा अनुगमन र मूल्याङ्कनको ब्यवस्था¸ धारा २९३मा संवैधानिक निकायहरुको कामको मूल्याङ्न गर्ने उल्लेख गरिएको ।
    • विसं २०४९ देखि राष्ट्रियस्तरमा प्रधानमन्त्रीको अध्यक्षता राष्ट्रिय विकास समस्या समाधान समिति NDAC र मन्त्रालयस्तरमा मन्त्रीको अध्यक्षतामा मन्त्रालयस्तरीय समस्या समाधान समिति MDAC को ब्यवस्था गरिएको
    • राष्ट्रिय र मन्%