मौसम परिवर्तनसंगै हुने एलर्जीको मुख्य कारण र रोकथामका उपाय - Chaitanya News
  • 2026-05-06
  • 20:52:11
  • बुधबार,बैशाख २३, २०८३
  • मौसम परिवर्तनसंगै हुने एलर्जीको मुख्य कारण र रोकथामका उपाय

    मौसम परिवर्तनसंगै हुने एलर्जीको मुख्य कारण र रोकथामका उपाय

    काठमडौं– मौसम परिवर्तन हुँदा एलर्जी हुने खतरा बढी हुन्छ। यसले केटा–केटी, महिला तथा बुढा–पाकाहरुमा एलर्जिको समस्या पाँच देखि आठ प्रतिशतसम्म बढ्न सक्छ। आमा–बाबु मध्ये कुनै एक जनालाई कुनै प्रकारको एलर्जिको समस्या छभने उनीहरुको सन्तानमा पनि एलर्जि हुने संभावना पचास प्रतिशत रहन्छ।

    शरीरको प्रतिरोधात्मक क्षमतामा हुने असन्तुलनको कारणले गर्दा मानिस एलर्जीको शिकार हुन्छ। मौसम परिवर्तन हुँदा राइनाइटिस् (नाकको एलर्जी) एलर्जीक अस्थमा (श्वास) र स्किन एलर्जी, खाद्य पदार्थको सेवनबाट एलर्जी हुनु सामान्य कुरो हो। मौसममा परिवर्तन हुँदा केटा–केटी, महिला तथा बुढा–पाकाहरुमा एलर्जीको समस्या पाँचदेखि आठ प्रतिशतसम्म बढ्न सक्छ। आमा–बाबु मध्ये कुनै एक जनालाई कुनै प्रकारको एलर्जीको समस्या छ भने उनीहरुको सन्तानमा पनि एलर्जी हुने संभावना पचास प्रतिशत रहन्छ।

    लक्षणः

    शरीरमा डाबर आउनु, चिलाउनु, बारम्बार–रुघा लाग्नु, हाँक्च्छु आउनु, आँखा र नाक चिलाउनु, ज्वरो आउनुको साथै शरीरका मांसपेशीहरु दुख्नु यसका शुरुका लक्षणहरु हुन्। खाद्य पदार्थबाट हुने एलर्जीमा खाना खाएको केहि मिनट पछि अनुहार चिलाउने, डाबर आउने, औंठ, अनुहार, जिब्रो, घाँटी या शरीरको अन्य भाग सुन्निने, साँस फेर्न गाह्रो हुने, पेट दुख्ने, पातलो दिशा हुने, बान्ता हुने चक्कर लाग्ने, ब्लड प्रेसर कम हुने, बेहोस भएर लड्ने आदि जस्ता लक्षणहरु देखिन्छन्। यसको आधारमा नै रोगको पहिचान हुन्छ। नाक चिलाउनुका साथै हक्च्छुँ पनि आउनु। नाकबाट पानी बग्नु। नाकको छाला रातो हुनु। जुन घरी–घरी नाक साफ गर्नाले हुन्छ। यदि तपाईलाई यस्तो भईरहेको छ भने, सतर्क हुनुस्, यो नाकको एलर्जी (राईनाईटिस्) नाकको ईन्फेक्सन पनि हुन सक्छ।

    एलर्जीको मुख्य कारण:

    एलर्जीको मुख्य कारण प्रदूषण, धूलो, माटो, घाँस, पराल, एवं रूखपात, बिरुवाको परागकण एवं खाद्य एलर्जी। घरबाट बाहिर निस्किँदा धूलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्छ। यही एलर्जी (नाकको म्युकस झिल्लीको प्रदाह) राइनाइटिसको कारण बन्छ। यसबाहेक कुकुर, बिरालो पाल्ने घरपरिवारमा पनि एलर्जी हुने जोखिम बढी हुन्छ। भुत्ला हुने जनावरहरू कुकुर, बिरालोको रौं झरिरहन्छ। जुन एलर्जीको कारण बन्छ।

    जोखिमः

    नाकको एलर्जीले साइनसको ऑस्टिया (हड्डिको प्वाल) लाई बन्द गर्न सक्छ। जुन पछि गएर साइनोसाइटिस (पिनास) को कारण बन्न सक्छ। यसले नाक भित्र पालिपस (मासुको) डल्लो बनाउन सक्छ। यसले ऑडिटरी ट्यूब (श्रवण) नली लाई बन्द गर्न सक्छ। जसले गर्दा कानको मध्यभागमा पानी भरिन सक्छ। यस्ता बिरामीहरुमा दम हुने जोखिम चार गुणाले बढ़न जान्छ।

    बच्न के गर्ने?

    १. इन्फेक्शनबाट बच्ने प्रयास गर्ने।

    २.चिसो हावा, धूलो–धुवाँ र ओसिलो ठाउँबाट बच्ने।

    ३.घरबाट बाहिर निस्किंदा कोशिश गर्ने कि धूलोको कण नाकभित्र कम से कम मात्रा जाओस।

    ४.यदि धूलो–धुवाँ भएको ठाउँमा जानु पर्यो भने मास्क या रुमाल राखेर जाने।

    ५. घरको पाल्तू जनावरहरु कुकुर, बिरालो आदिको धेरै नजिक नजाने।

    ६. घर या कार्यालयमा जहाँ ओसिलोछ, त्यहाँ नजाने।

    ७. धूम्रपान नगर्ने। यदि छेउको कुनै ब्यक्तिलाई चुरोटको धुवाँले एलर्जी छ भने उसको अगाडि स्मोकिंग नगर्ने।

    ८. कुनै खाद्य पदार्थ खानाले नाकमा एलर्जी हुन्छ भने त्यो बस्तुको सेवन नगर्ने।

    ९. नाकको एलर्जीले बढि सताउने भएमा नोजल स्प्रेको प्रयोग गर्न सकिन्छ।

    १०.जुन चिजको प्रयोगले छालामा एलर्जी हुन्छ, त्यस चिजलाई नोट गर्ने र त्यो बस्तुको प्रयोग गर्न बन्द गरि दिने। छालाको जुन भागमा एलर्जी हुन्छ, त्यहाँ कुनैपनि प्रकारको कास्मेटिक साधनको प्रयोग नगर्ने।

    ११. हाम्रो वरिपरि रहेका एलर्जी उत्पन्न गराउने तत्वहरु (एलर्जन) बाट बच्नु नै एलर्जीको सबभन्दा राम्रो उपचार हो।

    १२. धेरैजसो ब्यक्तिको छाला अत्यधिक संवेदनशील हुन्छ। कुनै बस्तु विशेषको सम्पर्कमा आउन साथै उनीहरुलाई एलर्जी भई हाल्छ। धेरैजसोलाई अर्काको चिज प्रयोग गर्नले पनि एलर्जी हुन्छ। जस्तै, सुत्ने ओछ्यान, टावेल, अर्काले लगाएको लुगा, जुत्ता, चप्पल आदि। यस्ता कुराको विशेष ख्याल राख्नु पर्दछ।

    १३.घर यदि सडक छेउमा छ भने बाहिरको धूलो९माटो कोठाभित्र आउन रोक्नको लागि झ्याल ढोका सकेसम्म बन्द राख्ने या झ्यालमा सिसाको साथै मसिनो जाली लगाउने।

    १४.किचनमा एक्जस्ट फ्यानको उपयोग गर्ने।

    १५. धैरै जसोलाई फूलको बास्नले पनि एलर्जी हुन्छ। यस्ता व्यक्तिहरुले फुलफुल्ने किसिमको बिरुबा कोठामा नराखने।

    १६. आफ्नो औछ्यानलाई सफा–सुघर राख्ने।

    १९. घरमा गिलो कपडाले पोछा नलगाउने।

    २०.घरको भित्तामा ढुस्सि या जाली लागेकोछ भने त्यसलाइ ब्लिच गरेर सफा गर्ने।

    उपचारः

    होमियोप्याथिक चिकित्सामा रोगीको ईम्युन सिस्टमलाई सबल बनाइ रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने हुनाले यसमा रोगको जरैबाट उपचार गर्ने गरिन्छ र एलर्जी स्थायी रुपमा निको भएर जान्छ

    औषधिहरुः होमियोप्याथिकमा रोगीको मानसिक एवं शारीरिक लक्षणहरुलाई मध्यनजर राखेर (टोटालिटी अफ सिम्पटमस्) को आधारमा औषधि उपचार गरिन्छ। प्राय गरी एलर्जीको समस्या भएकोमा प्रयोग गर्ने औषधिहरु निम्नलिखित छन्।

    १.धुलो र परफ्युमबाट हुने एलर्जीको लागि– हिस्टामिनको प्रयोग गर्नु लाभदायक हुन्छ।

    २. रोटी र अमिलो खाद्य पदार्थबाट हुने एलर्जीको लागि – नेट्रम–म्युरको प्रयोग गर्न सकिन्छ।

    ३.उमालेको दुध पिउदा हुने एलर्जीमा–सिपिया नामक औषधि उपयोगी हुन्छ।

    ४.यदि कसैलाई नुन, मख्खन, अन्डा र कुखुराको मासुबाट एलर्जी छ भने – कार्बोभेजको सेवन गर्दा फाईदा हुन्छ।

    ५.यदि कसैलाई कफि पिउँदा एलर्जी उत्पन्न हुन्छ भने – नक्स–बोमिका लिन सकिन्छ।

    ६.घामबाट एलर्जी छ भने–बिरामीले एपिसमेलिफिका औषधिको प्रयोग गरेमा निको हुन्छ।

    ७. यसै गरी धुलोबाट रूघा लाग्ने, हच्छ्यु आउने समस्या भएको छ भने– बिरामिले जस्टिसिया अधोटोडा नामक होमियोप्याथिक औषधिको प्रयोग गरे फाईदा हुन्छ।

    औषधि:

    धूलो र परफ्युमबाट हुने एलर्जीका लागि हिस्टामिनको प्रयोग गर्नु लाभदायक हुन्छ। रोटी र अमिलो खाद्यपदार्थबाट हुने एलर्जीका लागि नेट्रमम्युर प्रयोग गर्न सकिन्छ। उमालेको दूध पिउँदा हुने एलर्जीमा सिपिया नामक औषधि उपयोगी हुन्छ। नुन, मख्खन, अण्डा र कुखुराको मासुबाट एलर्जी छ भने कार्बोभेज सेवन गर्दा फाइदा हुन्छ।

    कफी पिउँदा एलर्जी उत्पन्न हुन्छ भने नक्स बोमिका लिन सकिन्छ। घामबाट एलर्जी छ भने बिरामीले एपिसमेलिफिका औषधि प्रयोग गरेमा निको हुन्छ। फूलको सुगन्धबाट एलर्जी हुन्छ भने एलियन्थस नामक औषधि सेवन गर्दा राम्रो हुन्छ।