प्रश्न नं.१. शान्ति, सुव्यवस्था र सुशासन सुनिश्चित गर्न सार्वजनिक सेवाले अपरिहार्य भूमिका खेल्छ। मन्त्रीहरूलाई सल्लाह दिँदा, कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दा वा सेवा प्रवाह गर्दा सबै राष्ट्रसेवकहरूले निष्पक्ष (Impartiality) र तटस्थ (Non-partisanship) बनेर कार्य गर्नुपर्दछ। कहिलेकांही राजनीतिक नेतृत्वले आफ्नो दलीय र व्यक्तिगत स्वार्थ पूर्ती गर्न प्रशासनलाई विभिन्न प्रलोभन देखाएर गैरकानूनी र अनैतिक कार्य गर्न प्रयोग गर्ने र कर्मचारीहरू पनि स्वार्थको द्वन्द्व (Conflict of Interest) मा बसेर राजनीतिक नेतृत्वका तेस्ता अनैतिक कार्यलाई साथ दिने गरेको समाचारहरूमा सुन्न र निगरानी गर्ने निकायका प्रतिवेदनहरूमा पनि पढ्न सकिन्छ । पत्र पत्रिकामा समाचार आएपछि निगरानी निकायले चासो दिने र छानबीन गर्ने डरले खरिद प्रकृया रद्द गरिएका उदाहरणहरू पनि छन्। सार्वजनिक अधिकारीहरू निर्वाचित सरकारप्रति वफादार रहनुपर्ने र आजको सरकारलाई तिनीहरूले सधै सेवा गर्नुपर्छ। तर, कर्मचारीहरूले राजनीतिक पार्टिको विचार वा प्रयोगद्वारा निर्धारण गरिएको तरिकामा कार्य गर्नु हुँदैन र पार्टी उद्देश्यका लागि राज्यका स्रोतहरू उपयोग गर्ने, गराउने कार्यलाई नियन्त्रण गर्न सक्नुपर्छ। निष्पक्ष, तटस्थ र नैतिक प्रशासनले मात्र सामाजिक न्याय र प्रजातन्त्रको फल सर्वसाधारणमा पुऱ्याउन (Delivering the democracy and Social Justice) सक्छ । यस सन्दर्भमा नेपालको सार्वजनिक प्रशासन सेवामा आचरण र निष्ठायुक्त (Integrity and Ethics) बनाउन के कस्ता कानूनी तथा संस्थागत प्रवन्ध गरिएका छन् ? तिनको प्रभावकारीताको समीक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने सुधारको सुझावसहितको कार्ययोजना तयार गर्नुहोस्। २५
उत्तरको ढाँचाः
सार्वजनिक प्रशासनमा आचरण र निष्ठाः विकास र सेवा प्रवाहको प्रभावकारीता
विषय प्रवेश:
– असल आचरण र निष्ठावान प्रशासनयन्त्र- सुशासन, निष्पक्ष सेवा प्रवाह, सामाजिक न्याय र विकास
– कानूनको शासन, आर्थिक अनुशासन, सार्वजनिक श्रोतको कुशल व्यवस्थापन र बृहत्तर सार्वजनिक हीतका लागि आवश्यक
– कानूनी र संस्थागत व्यवस्था र यसको प्रयोगको अभ्यासको क्रम- क्षयीकरण हुँदै गएको सन्दर्भ- अख्तियारको दुरुपयोग, भौतिकबादी सोच आदि
– मूल्य प्रणालीलाई संस्थागत बनाउन Knowledge, Skill and Attitude विकास गर्ने र थप प्रभावकारी बनाउँदै लानुपर्ने आवश्यकता
क. आचरण र निष्ठा सम्बन्धी भएका कानूनी तथा संस्थागत प्रवन्धहरू
– कानूनी र नीतिगत प्रवन्धहरु (पेशागत, नार्थिक विषय, राजनीति, सामाजिक र व्यक्तिगत तथा पदीय)
– संविधान- सार्वजनिक प्रशासन-स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जवाफदेही, भ्रष्टाचारमुक्त
– पन्ध्रौं योजना, सुशासन
– UNCAC-नेपालले २००३ मा हस्ताक्षर गरेको
– निजामती सेवा ऐन, २०४९ र नियमावली
• परिच्छेद- ७ आचरण, १९ विषय
• आचरणयुक्त व्यवहारको अनुगमन र सुपरीवेक्षण
• कारवाहीको व्यवस्था
– निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५-
• २१ विषय (Do and Don’ts)
– राष्ट्र सेवकहरूको आचार संहिता, २०६८
– पेशागत मन्त्रालय र निकायका आचारसंहिता –
– भ्रष्टाचार निवारण ऐन, नियमावली, रणनीति
– अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र नियमावली YA
– सुशासन (व्यवस्थापन तथा सञ्चालन ऐन)
• मन्त्री, मुख्य सचिव, सचिव, पदाधिकारी, प्रमुखका जिम्मेवारी
• पारदर्शीता, स्वार्थको बज्ञान (Conflict of Interest) को विषय
– सार्वजनिक खरीद ऐन र नियमावली र खरीमा संलग्न हुने कर्मचारीको लागि आचारसंहिता
संस्थागत प्रवन्ध
– अदुअआ
– राष्ट्रिय सतर्कता केन्द्र,
– प्रममपका (OPMCM)
– विभागीय प्रमुख, कार्यालय प्रमुख र सुपरीवेक्षक
ख. विद्यमान व्यवस्थाको प्रभावकारीता
– कार्यान्वयनको फितलो अवस्था
– भ्रष्टाचारमा कार्वाही हुने गरेको तर आचरण सम्बन्धमा भएको छैन
– बढी नियन्त्रणमुखी छ
– स्वार्थको द्वन्द्वको विषयमा निर्णय नगर्ने हैन निर्णय गर्ने प्रचलन छ
– हालसम्म स्वार्थको इन्द्रमा रहेर काम गरेकोमा कार्वाही भएको छैन
– अव्यवहारीक विषय भएकोले कार्यान्वयनमा कमजोरी
– आचारसंहिता अनुगमन प्रभावकारी छैन
– सूचनाको हक र निजामती सेवा ऐनको व्यवस्थामा विरोधाभाष
– सूचना वर्गीकरणको अभ्यास छैन, यसकार कारण गोपनियताका नाममा सूचना लुकाउने गरिएको छ
– कमजोर कार्यान्वयन- सरुवा गर्ने
ग. सुधारका सुझाव
नीतिगत र काननी
– सबै प्रकारका राज्य र गैरराज्य पक्षहरुलाइ समेट्ने गरी राष्ट्रिय सदाचार नीति जारी गरी कार्यान्वयन गर्ने ।
– आचारसंहिता व्यवहारीक बनाउने
– बाझिएका व्यवस्थाहरू हटाउने, सच्च्याउने
संस्थागत तथा संरचना
– पूर्वाधार तयार गर्नेः ethical guidance, code of conduct, ethical autonomy, ethical decision making. Leadership by example, ethical culture development, values in service, development of spiritualism, creating ethical organizations
– conflict of interest mapping गर्ने,
कार्यान्वयन र अनुगमन
– अनुकरणीय नेतृत्वको विकास गर्ने
– सार्वजनिक सेवाका मार्गदर्शक सिध्दान्त र मूल्यहरु तय गर्ने मापनयोग्य बनाउने
– कर्मचारीको Integrity Test गर्ने, Profiling गर्ने
– पाठ्यक्रम समावेश र शिक्षा
– सुचना, तालिम एवं प्रशिक्षण गर्ने ।
– conflict of interest policy र code of ethics को कार्यान्वयनमा बहुसरोकार समन्वय गर्ने
– अनुगमन तथा मूल्याङ्कन गर्ने, दण्ड पुरस्कार प्रणाली
– नागरिक तथा ओभरसाइटबाट conflict of interest को अवस्थासम्बन्धी अडिट गराउने
– कर्मचारीको राजनीतिक सहभागितालाई अनुगमन गर्ने र नियन्त्रण गर्ने
घ. कार्ययोजना
– समय सीमा,
– जिम्मेवारी
– श्रोत
– अनुगमन
– जोखिम विश्लेषण
निष्कर्ष:
– विद्यमान विधि पद्दतिमा सुधार
– नेतृत्वको भूमिका
– लक्ष्यमा पुग्न सकिने
प्रश्न नं.२. राजनीतिक नेतृत्वले प्रशासनलाई “अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या सोचमा सकारात्मक परिबर्तनको अभाव, निजामती प्रशासन अझैसम्म झिंगे टसाइ सोचबाट मुक्त हुन सकेको छैन” भन्ने आरोप लगाएको देखिन्छ भने अकॉतर्फ नीतिगत निर्णय गर्ने, कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने र समग्र मन्त्रालय तथा निकायको काम कार्वाहीको अनुगमन गर्नुपर्ने महानिर्देशक, मन्त्रालयका सचिव तथा कार्यालय प्रमुखहरू छिटो छिटो सरुवा हुने कारणले गर्दा काममा थप बाधा पुगेको र योजनामुताबिक काम गर्न नसकेको भनी कर्मचारी तहबाट गुनासो हुने गरेको छ। विगतका प्रशासन सुधार आयोग तथा समितिहरूले दिएका सुझावहरूको कार्यान्वयन गर्न प्रतिवद्धता र ईच्छाशक्ति अभाव छ । प्रशासनतन्त्रका विज्ञहरू “कर्मचारीका आफ्नै कमजोरीहरू छन् तर त्यसको सुधारको मियो राजनीतिकसँग मात्रै छ। कानुन निर्माण गर्दा होस् या त्यसपछिको कार्यान्वयनका क्रममा होस् कर्मचारीतन्त्रलाई बुझ्न नसकेकै कारण अहिलेको परिणाम आएको भन्दा अत्युक्ति हुँदैन छैन” पनि भन्छन्। राजनीतिक नेतृत्वले भनेजस्तो कर्मचारीतन्त्रमा सकारात्मक सोचको विकास गर्न र त्यसका आधारमा व्यवहार परिवर्तन गर्न प्रवृत्ति (Attitude) को कस्तो भुमिका देख्नुहुन्छ? नैतिक तथा राजनितिक प्रवृत्ति (Moral and Political Attitude) बीच के फरक छ? के नेपालको कर्मचारीतन्त्रमा वास्तवमै सकारात्मक सोचको अभाव रहेको हो? कर्मचारीतन्त्रको सकारात्मक प्रवृत्ति विकास (Attitude Development) गर्न सामाजिक प्रभाव र प्रोत्साहन (Social Influence and Persuasion) लाई कसरी प्रयोग गर्न सकिएला, व्यवहारीक सुझाब दिनुहोस्। २५
परिचयः
कर्मचारी तन्त्रमा प्रवृत्ति विकासः सकारात्मक सोच र व्यवहार परिवर्तनको उपाय (It’s your attitude, not your aptitude, that determines your altitude)
– कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवाप्रतिको धारणा परिवर्तन गर्न सकिने
– सोच र व्यवहार परिवर्तनमा Attitude को भुमिका रहने
– सामाजिक प्रभाव र प्रोत्साहनले प्रवृत्ति विकासमा सहयोग गर्ने पूर्वीय दर्शन
सकारात्मक सोच र व्यवहारको विकासमा प्रवृत्ति (Attitude) कस्तो भूमिका खेल्छ?
– Cognitive, Affective and Behavioral प्रभाव पार्दछ ।
– Attitude determines why a person thinks and behaves in a certain manner
– Attitude-Thinking-Speech-Behaviour
– सकारात्मक प्रवृत्ति सकारात्मक सोच सकारात्मक व्यवहार
– Knowledge (ज्ञान) प्राप्त गर्न र वातावरण बुझ्न सहयोग गर्छ।
– व्यक्तित्व विकास गर्छ
– घमण्ड त्याग्न सिकाउँछ
– सहनशीलता र आचरण विकास गराउँछ
– अरूको अस्तित्व र आफ्नो कमजोरी स्वीकार गर्न
– अरुको प्रसंशा, सम्मान गर्न सिकाउँछ
– तनाव, चिन्ता, संकट आदिमा तर्क र विवेकको प्रयोग गर्न प्रोतसाहन गर्छ
– सोचाई, बोलाई र गराईमा सामजस्यता
– निराशा, समस्या र चुनौतीलाई सामान्यीकरण गरिदिन्छ
– जीवनका उद्देश्य निर्धारण गर्ने आधार तयार गर्छ
नैतिक तथा राजनितिक प्रवृत्ति (Moral and Political Attitude) बीच फरक
नैतिक प्रवृत्तिः
– विषय, वातावरण वा समस्यालाई नैतिक र आचरणको दृष्टिकोणबाट हेरिन्छ
– श्रद्धा, विश्वास, जिम्मेवारी, बफादारीता, निष्ठा, सत्यता जस्ता मूल्यद्वारा निर्देशित हुन्छ
– सबैप्रति समान दृष्टिकोण रहन्छ
– कर्तव्यप्रति सजग हुन्छ, दया, करूणा आदि
– मानवतावादी हुन्छ
राजनीतिक प्रवृत्तिः
– अधिकारमुखी हुन्छ
– उदार वा अनुदार, लोकप्रेम, बृहत्तर जिम्मेवारीचोध
– पहिचान, समुदाय आदिप्रति सजग रहन्छ
– राष्ट्रियता, प्रजातन्त्र जस्ता मान्यताबाट निर्देशित रहन्छ
– समस्याको राजनीतिक समाधान खोजिन्छ
सकारात्मक सोचको विकासमा सामाजिक प्रभाव र प्रोत्साहनको (Influence] प्रयोग कसरी गर्ने
– सामाजिक अन्तरक्रिया र सोच परिवर्तन- Social Interaction
– सामाजिकीकरण गर्ने – Socialization and internalization
– परिवार, समाज र विद्यालयहरूमा प्रवृत्ति विकास – Education
– सामाजिक मूल्य मान्यता र निर्देशन- Values and Directions
– सांस्कृतिक र popular Culture को माध्यम- Cultural internalization
– परिपालना, आज्ञापालन, सहमति Obedience and Compliance and Conformity
– विज्ञापन, प्रचार प्रसार र चेतना Advertisement and awareness
– बन्द प्रशिक्षण- Organizational Culture and Close Training
निष्कर्षः
– व्यवहार र संस्कार परिवर्तन लामो प्रकृया
– सामाजिक र संस्थागत प्रयासहरू आवश्यक छ
– प्रवृत्तिका माध्यमबाट सोच र व्यवहार परिवर्तन गरेर सार्वजनिक प्रशासनलाई Committed Neutrality को बाटोमा हिडाउन सकिन्छ
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100