रौतहट– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रौतहट जाँने भएका छन्।
सो पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका नविन प्रसाद चौरसियाको घरदैलोमा सहभागी हुन भोली लामिछाने रौतहट जाँन लागेका हुन्।
उम्मेदवार चौरसियाका अनुसार लामिछाने सहित केन्द्रिय तथा स्थानीय नेता कार्यकर्ताहरुको घरदैलो तथा रोड सो २२ गते दिउँसो तामागढी गेटबाट विजयपुर हुँदै सुरु हुनेछ। विजयपुरबाट मौलापुर, मौलापुरबाट देवाही गोनाही हुँदै गरुडा, गरुडाबाट कटहरिया, कटहरियाबाट कटानी हुँदै चपुर पुगेर कार्यक्रम सकिने उनले जनाए।
सो क्षेत्रका स्थानीयसँग लामिछानेले उम्मेदवार चौरसिया र आफ्नो पार्टीको पक्षमा मतदान गर्न आवहन गर्ने बुझिएको छ।
रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा ९एमाले०को टिकट परित्याग गर्दै स्वतन्त्रबाट उम्मेदवार बनेका पूर्व मन्त्री प्रभु साह चुनावी मैदानमा छन्। उनलाई केन्द्रिय रुपमा सत्ता गठबन्धनले आफ्नो आधिकारिक उम्मेदवार बनाएको छ। तर केन्द्रिय निर्णयलाई भने स्थानीय सत्ता गठबन्धनले भने अवज्ञा गर्दै अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकास जयसवाललाई समर्थन गर्दै संयुक्त रुपमा घरदैलो गरिरहेका छन्। त्यसैगरी सुरुमा सत्ता गठबन्धनको आधिकारिक उम्मेदवारको रुपमा मनोनयन दर्ता गरेका माओवादी केन्द्रका नेता धिरज पटेलले पनि पार्टी केन्द्रिय निर्देशन नमान्ने भन्दै आफ्नो उम्मेदवारी कायम राख्दै घरदैलो गरिरहेका छन्।
उनलाई पार्टी केन्द्रिय नेतृत्वले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर प्रभु साहलाई समर्थन गर्न निर्देशन दिएपनि साहको कटु आलोचना गर्दै आक्रमक ढंलले चुनावी अभियानमा लागेका छन्। यसरी ठुला राजनिति दलहरुमा कुर्सी र चुनाव जित्नकै लागि अपवित्र गठबन्धन गरेकाले जनता वाक्कदिक्क भएकाले आफुलाई मत दिने विश्वास रास्वपाका उम्मेदवार चौरसियाको रहेको छ।
उनले अरु उम्मेदवार सत्ता प्राप्तिको लागि फोहोरी खेलमा लागेको र आफुहरु इमान्दारिताका साथ जनताको लागि उभिएकाले जनमत आफ्नो पक्षमा रहेको दावी गरे।
उक्त क्षेत्रमा पार्टीका सभापति लामिछानेका शुभचिन्तकहरुको संख्या ठुलो रहेको र उनको आगमनले चुनावी माहोल आफ्नो पक्षमा अझ बढ्ने उनको विश्वास छ।