काठमाडौं- एक अञ्जुली मायाको उपहार छरिदेउ त्यो मुटुको सन्दुकको हीरा फोरिदेउ शब्दको मीठो गीत आन्द कार्कीको स्वरमा गुन्जीरहेको थियो। गोदावरी र टोखाको जंगलमा सोनी ढुंगाना र आरुस केसी अर्थात दिपेन्द्र खत्रीको सुन्दर अभिनय मनमोहक थियो, गीतमा अनन्द कार्की पनि नाचिरहेका छन्।
सन्दर्भ हो कुशल प्रशासक, लेखक तथा गीतकार डा. दामोदर रेग्मीको गीतको भिडियो। रक्षा बन्धनको अवसर पारेर आर आर स्टुडियोले यू ट्यूवमार्फत उक्त भिडियो रिलिज गरेको छ।
वैशाख १ गते अडियो रिलिज भएको उक्त गीतको भिडियो रिलिज भएको छ। डा. दामोदर रेग्मीको शब्द रचना रहेको उक्त गीतमा किरण कडेलले सुमधुर संगीत भरेका छन् र स्वर रहेको छ सदावहार गायक आनन्द कार्कीको। शम्भु कुमार तन्डुकारले मिक्सिंग गरेका छन्।
सियोन श्रेष्ठले निर्देशन गरेको उकत भिडियो मा सोनी ढुंगाना र दिपेन्द्र खत्रीको मूल अभिनय तथा गायक आनन्द कार्की र गीतकार समेतको अभिनय रहेको छ। चक्र बहादुर बराल सिनेमाटोग्राफर रहेका छन् भने भिजुअल सम्पादन शिलन लम्साल र श्रृंगार सीता थापाको रहेको छ।
कुशल प्रशासक तथा गीतकार डा. दामोदर रेग्मीको मन छुने शब्दमा गीत गाउन पाउदा खुशी लागेको र उनीसँग आगामी दिनमा थप सहकार्य हुने कुरा गायक आनन्द कार्कीले बताए। गीतकार डा. दामोदर रेग्मीको मन छुने शब्द र सदावहार गायक आनन्द कार्कीको स्वरले गीत कर्णप्रिय बनेको संगीतकार किरण कडेलले बताए।
मोडल दिपेन्द्र खत्रीले आनन्द कार्की र डा. दामोदर रेग्मी लगायत यति राम्रो टिमसँग काम गर्न पाउदा साह्रै गर्व लागेको बताएका छन्। मोडल सोनी ढुंगानाले गीतकारका हरेक शब्द, संगीत र स्वर मनमोहक छन् यति राम्रो गीतमा अभिनय गर्न पाउनु गर्वको कुरा रहेको वताइन।भिडियो निर्देशक सियोन श्रेष्ठले यो गीतमा सवै पक्षको उचित संयोजन भएकाले गीत र भिडियो दुवै राम्रो बन्न पुगेको बताए।
उनले भने, ‘दामोदर रेग्मीको शब्द रहेको अर्को गीतको पनि भिडियो निर्माण गर्न पाउदा खुशी लागेको छ।’ भिडियो व्यवस्थापन समूहका रामहरि खड्काले जादुयी स्वरका धनि आनन्द कार्कीको स्वर उत्कृष्ट गीतकार दामोदर रेग्मी र संगीतकार किरण कडेलको गीतलाई भिडियोमा रुपान्तरण गर्न पाउनु आफ्नो लागि खुशीको कुरा भएको बताए। उनले थपे ‘दामोदर रेग्मीको शब्द डि वि लामाको संगीत प्रताप दास र अनु चौधरीको स्वर रहेको अर्को अतिनै कर्णप्रिय गीतको भिडियोको काम पनि अन्तिम चरणमा पुगेको र चाडै सो भिडियो पनि रिलिज गरिने छ।’
आफ्नो शब्दमा मुरलीधरको स्वर संगीत रहेको सिरेटोले छुदै छुन्न गीतको अडियो रिलिज भैसकेको र केही समय पछि भिडियो निकालिने गीतकार डा. दामोदर रेग्मीले बताए। उनले भने चर्चित गायक गायिका र संगीतकारहरुको साथमा अन्य गीत ल्याउने तयारीसमेत भैरहेको छ। एक अञ्जुली माया शीर्षक रहेको भिडियो मा संलग्न सवैको लगनशीलताले राम्रो भिडियो बनेको उनले बताए।