भारत र पाकिस्तानसँग खेल्न तयार छुः सन्दीप - Chaitanya News
  • 2026-06-06
  • 22:51:16
  • शनिबार,जेठ २३, २०८३
  • भारत र पाकिस्तानसँग खेल्न तयार छुः सन्दीप

    भारत र पाकिस्तानसँग खेल्न तयार छुः सन्दीप

    काठमाडौं । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् ।

    लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको विश्वास छ ।

    सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सन्दीपले एसिया कप खेलका लागि आफू फिट रहेको बताए । जीवनको कठिन समय भएपनि आफूले सकेको अभ्यास गरेको भन्दै उनले भने, ‘खेल्नका लागि म तयार छु । आशा छ, एसिया कममा राम्रो गर्ने छौं ।’

    टिमसँग घुलमिल हुन समय नलाग्ने भन्दै उनले एसिया कपमा राम्रो गर्ने विश्वास व्यक्त गरे ।