छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कायम भएको छ ।
पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार सोमबार तेजाबी सुनको मूल्य स्थिर रहेर प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँ कायम छ ।
त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय ६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।